अपडेट
सीजी इलेक्ट्रोनिक्सको चाडपर्व लक्षित अफर सार्वजनिक
दशैं, तिहार र छठजस्ता नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएको छ। “भित्र्याऔँ खुशी र समृद्धि #Level Up With CG” नारासहित सार्वजनिक गरिएको यो योजनाअन्तर्गत ग्राहकहरूले १ लाख ८१ हजार ९ सयसम्म क्यासब्याक, विशेष उपहार तथा बहुपक्षीय सुविधा पाउनेछन्।
कम्पनीले सार्वजनिक गरेको अफरअनुसार माइक्रोवेभ ओभन खरिदमा निःशुल्क कुकिङ किट, सेमी अटोमेटिक/टप लोड वाशिङ मेसिनमा एरियल ३ केजी, फ्रन्ट लोड वाशिङ मेसिनमा एरियल ६ केजी, डिस्वाशरमा निःशुल्क वाशिङ ट्याब्लेट र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध हुनेछ।
त्यसैगरी, ४३ इन्च वा त्यसभन्दा माथिका सीजी तथा सीजी मेरिडिया टिभीमा ९ महिनाको नेटटिभी सब्सक्रिप्सन निःशुल्क पाउने व्यवस्था गरिएको छ। साथै, पुराना उपकरणहरूलाई उचित मूल्यमा बदल्ने CG X-Elex एक्सचेन्ज सुविधा र नागरिकता भएको ग्राहकका लागि ० प्रतिशत ईएमआई सुविधा पनि उपलब्ध गराइनेछ।
सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, “दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसात गर्दै ‘Level Up With CG’ अभियान सुरु गरिएको हो, जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ।”
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी स्थानमा रहेको सीजी इलेक्ट्रोनिक्सले देशभर २० वटा आधुनिक शोरुम, २५ वटा आफ्नै सेवा केन्द्र तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
सीजीका अनुसार, यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरका सबै शोरुम र अधिकृत विक्रेताहरूमा सीमित अवधिका लागि मात्र लागू हुनेछ।
अपडेट
एससीटीले सुरू गर्यो थ्रीडीएस एक्सेस कन्ट्रोल सर्भर
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले थ्रीडीएस एक्सेस …
फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणको प्रक्रियामा नआए…
भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त ग…
भारतमा ओपनएआई: १ गीगावाटको डाटा सेन्टर बनाउने, ५ लाखलाई निःशुल्क च्याटजीपीटी दिने
च्याटजीपीटी बनाउने अमेरिकी कम्पनी ओपनएआई भारतमा आफ्नो उपस्थितिलाई मजबुत पार्दैछ । ब्लूमबर्गको रिपोर्टअनुसार, कम्पनीले स्थानीय पार्…
एससीटी युनियन पे कार्डबाहकलाई लबिम मलमा प्रति घण्टा १ रूपैयाँमा पार्किङ सेवा
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र ललितपुरको मुटु प…
मेटा, एक्स लगायतका सामाजिक सञ्जाल अहिलेसम्म आएनन दर्ता प्रक्रियामा, सातदिने अल्टिमेटम सकिदै
सरकारले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन दिएको एक हप्ताको समयसिमा आज सकिदै छ ।
विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु हुँदै, पहिलो चरणमा तारे होटलबाट सुरू हुने
सरकारले नेपाल आउने विदेशी नागरिकहरुको अभिलेख राख्ने भएको छ । असोज १ गतेदेखि अध्यागमन विभागले विदेशी नागरिकहरूको अभिलेख रा…
फोनेपे नेटवर्कमा जोडियो सिटीपे
डिजिटल वालेट सिटीपे भुक्तानी प्रणाली सञ्चालक फोनेपेको प्रणालीमा आधिकारिक रूपमा एकीकृत भएको छ। योसँगै सिटीपे फोन…
एआईले खोल्यो करोडौँ वर्ष पुरानो रहस्य: डायनासोरहरू कस्ता देखिन्थे?
तपाईंले धेरै साइन्स-फिक्सन फिल्महरूमा डायनासोर देखाइएका हुन्छन् । धरतीबाट डायनासोर करोडौँ वर्ष पहिले नै विलुप्त भए पनि आज पनि …
एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बन्यो धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिका एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बनेको छ । एआईको युगमा आफ्ना नागरिकसँग सूचना प्रवाह गर्न …
कोरियाली एआई खेलौना ‘ह्योडोल’: वृद्धहरूको एआई नाती बनेर एक्लोपन हटाउँदै
आजकाल संयुक्त परिवार (ज्वाइन्ट फ्यामिली) को ट्रेन्ड अन्त्य हुँदैछ । विशेषगरी विदेशमा मानिसहरू आफ्ना बच्चा र श्रीमती/श्रीमान् सँग छुट्…
पठाओ दशैं महोत्सव २०८२: तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता नि:शुल्क
पठाओ नेपालले विगत वर्षझैँ यस वर्ष पनि “पठाओ दशैं महोत्सव–२०८२” सुरु गरेको छ। कम्पनीका अनुसार महोत्सव भाद्र …
नेपालमा पनि सुरू भयो फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा, अब आम्दानी गर्न सकिने
फेसबुकले नेपालमा पनि कन्टेन्ट क्रियटरलाई मोनिटाइजेसन सुविधा दिन थालेको छ । कन्टेन्ट मोनिटाइजेसनको सूचीमा मेटाले नेपालको नाम …
ट्रिप टर्बोको ट्राभल मेला २०२५ सुरू, यस्ता छन् आकर्षक अफरहरू
ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ । यो स…
एआई विवाद: ग्रोक सम्बन्धी जानकारी चोरीको आरोपले मस्क र ओपनएआईबीच सम्बन्ध अझ तनावपूर्ण
कृत्रिम बौद्धिकताको विषयमा अर्को ठूलो विवाद उठेको छ। एलन मस्कको कम्पनी एक्सएआईले आफ्ना पूर्व इन्जिनियर शुएचेन ली विरुद्ध क्यालिफोर्…