कीवर्डहरू -

अपडेट

एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गरेको छ ।  ग्राहकहरूको डिजिटल अनुभूतिलाई अझ गहिरो बनाउने उद्देश्यले सार्वजनिक गरिएको यो अफर अन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन् । यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ । एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड पुष्टि गर्ने एसएमएस सूचना प्राप्त गर्नेछन् । त्यसपछि उनीहरूको एनसेल एपमा रहेको खातामा क्यासब्याक रिवार्ड जम्मा हुन्छ । ग्राहकहरूले उक्त रिवार्ड २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ ।

त्यसपछि ग्राहकहरूले प्राप्त गरेको लाभ अनुसारको रिवार्ड क्यासब्याक जारी भएको एक साता भित्र प्रयोग गरिसक्नुपर्छ । प्रत्येक प्याक खरिद गर्दा क्यासब्याक रिवार्ड प्राप्त गर्न सकिन्छ । यो अफर ट्रान्सफर गर्न सकिनेछैन र यसलाई नगदमा रूपान्तरण पनि गर्न सकिँदैन । तर प्रत्येक पटक योग्य प्याक वा सिम खरिद गर्दा प्राप्त भएको रिवार्ड ग्राहकहरूले जमा गरेर राख्न र उपभोग गर्न भने सक्नेछन् ।

मनसुन अफर अन्तर्गत रु. ५० देखि रु. ९९ सम्मको प्याक खरिद गर्ने ग्राहकले ५ % क्यासब्याक पाउनेछन्, रु. १०० देखि रु. २०० सम्मको प्याकमा १० %, रु. २०१ देखि रु. ४९९ सम्मको प्याकमा १५ % र रु. ५०० तथा माथिको प्याक याक्टिभेट गर्नेले खरिद मूल्यमा २० % सम्मको क्यासब्याक रिवार्ड पाउनेछन् ।

“ग्राहकहरूलाई सधैँ हृदयमा राख्ने कोर भ्यालु अनुरूप यस क्याम्पेन मार्फत हामीले ग्राहकहरूलाई थप मूल्य उपलब्ध गराएका छौँ । यो क्याम्पेनले तपाईँको ब्यालेन्स र अनुभव दुवैलाई थप रोमाञ्चक बनाउने छ,” एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने ।

“प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाएर हामी हाम्रा ग्राहकहरूले एनसेल एपको असीमित सम्भावना अनुभव गरुन् भन्ने चाहन्छौँ । हिमालयन जाभाको पेय पदार्थ होस् वा ट्रिप टर्बोमार्फत अविस्मरणीय यात्रा योजना र अल्टिमाबाट प्रिमियम लाइफस्टाइल उत्पादनहरू खरिद, हाम्रो एप नै एनसेलले उपलब्ध गराउने वा गराइरहेको विशेष लाभ प्राप्तिको प्रवेशद्वार हो । हामी हाम्रा ग्राहकहरूले मनसुनको मजा वर्षामा मात्रै होइन, प्रत्येक रिचार्ज मा पाउने रिवार्डमार्फत पनि महसुस गरून् भन्ने चाहन्छौँ ।” 

यो मनसुन अफर एनसेलको कल र डेटाभन्दा बाहिर जीवन्त डिजिटल इकोसिस्टम निर्माण गर्ने व्यापक प्रतिबद्धताको एक महत्त्वपूर्ण पाटो हो । एप प्रयोगलाई प्रोत्साहन गरेर एनसेलले ग्राहकहरूलाई सहज सेवा, रोमाञ्चक साझेदारी र दैनिक जीवनलाई समृद्ध बनाउने विभिन्न योजनाहरूसँग जोड्ने लक्ष्य राखेको छ । यो सीमित अवधिको अफर एनसेलका प्रिपेड ग्राहकहरूका लागि मात्र उपलब्ध छ ।

अपडेट

प्रिमियम फेसनदेखि होम डेकोरसम्म, ‘ईयुमा डट कम’ले सुरु गर्दै डिजिटल शपिङ सेवा

काठमाडौं । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफस्टाइल सामाग्री नेपाली उपभोक्ताम…

नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र 'लस्ट इन मण्डला' विश्व बजार लक्षित गर्दै प्रदर्शनमा आउने

काठमाडौं । हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, मिथक तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित एनिमेटेड फ्यान्टेसी–…

याडिया नेपालद्वारा तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने घोषणा

काठमाडौं । विश्वकै नम्बर १ विद्युतीय दुईपांग्रे सवारी साधन ब्रान्ड याडिया (YADEA) को नेपालका लागि आधिकारिक व…

आईटी क्षेत्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार अपरिहार्य : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरण…

यसै वर्ष देशभर गुणस्तरीय फोरजी र फाइभजी सेवा विस्तार हुन्छ : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्ष…

आन्तरिक राजस्व विभागले ल्यायो बिल अपलोड पोर्टल, दैनिक १ लाख जित्ने अवसर

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आफ्नो खरिदको सक्कल…

मोदीका आलोचनात्मक भिडियो धेरै देखाएको आरोपमा फेसबुक इन्डिया प्रमुखविरुद्ध मुद्दा

काठमाडौं । भारतको हैदरावाद प्रहरीले मेटा इन्डियाका प्रमुखविरुद्ध मुद्दा दर्ता गरेको छ । फेसबुकमा प्रधानमन्त्री …

विश्वकै सबैभन्दा ठूलो सुपरकन्डक्टिङ फ्युजन चुम्बक परीक्षणमा चीन सफल, ऊर्जा प्रविधिमा नयाँ कीर्तिमान

काठमाडौं । चीनले आफ्नो आणविक फ्युजन परियोजनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । चीनले ५८२ टन तौल भएको वि…

डिजिटल युगमा नेपाली युवा कति तयार ? राष्ट्रव्यापी सर्वेक्षण सुरु

काठमाडौं । युवाहरुमाझ डिजिटल प्रविधिसँग जोडिएका चुनौतीबारे राष्ट्रव्यापी सर्वेक्षण सुरु भएको छ । युवा र प्रवि…

‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’को घोषणा

काठमाडौं । नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इ…

साउनदेखि लागू गर्ने भनिएको नयाँ ड्राइभिङ लाइसेन्स प्रणाली प्रभावहीन, सेवाग्राही मर्कामा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरणलाई थप डिजिटल र सहज बनाउने उद्देश्यले यातायात व्यव…

उद्योग विभागका अधिकांश सेवा अब अनलाइनबाटै, कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

काठमाडौं । उद्योग विभागले उद्योग प्रशासनसँग सम्बन्धित अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउ…

ईपीएस कोरियाको अनलाइन आवेदन स्थगित

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले अनलाइन आवेदन प्रणालीमा आएको प्राविधिक समस्याक…

भारतमा खुल्ने जिम्बु थकालीको व्यवस्थापन नेपाली सफ्टवेयर आईएमएसबाट

काठमाडौं । नेपाली खानाको ब्रान्ड जिम्बु थकालीले भारतमा सञ्चालन गर्न लागेको पहिलो अन्तर्राष्ट्रिय शाखाको व्यवस्थाप…

भाडाको झन्झट अन्त्य गर्ने ‘भाडासेवा’ बजारमा, घरधनी भाडावालालाई डिजिटल सुविधा

काठमाडौं । एजिनेक्स क्लाउडले नेपाली बजारमा आफ्नो नयाँ क्लाउड–आधारित प्रडक्ट ‘भाडासेवा’ सार्…