अपडेट
माइक्रोसफ्टको गेमिङ कोपाइलट अब विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा
माइक्रोसफ्टले आफ्नो गेमिङ एआई असिस्टेन्ट गेमिङ कोपाइलट औपचारिक रूपमा विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा ल्याउने घोषणा गरेको छ। यसअघि यो सेवा एक्सबक्स इन्साइडर्समार्फत परीक्षण गरिएको थियो।
कम्पनीका अनुसार गेमिङ कोपाइलट १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले पीसी गेम बारमार्फत प्रयोग गर्न सक्नेछन्। मोबाइल संस्करण भने आगामी अक्टोबरदेखि एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध हुने बताइएको छ। हालसम्म यसअघि मोबाइलमा यसको बीटा परीक्षण सम्पन्न भएको थियो। तर यो सेवा चीन बाहेक विश्वभर उपलब्ध हुनेछ।
गेमिङ कोपाइलटलाई पुराना ‘निन्टेन्डो हेल्प फोन लाइन’ को आधुनिक एआई संस्करणका रूपमा हेरिएको छ। खेल्दा स्क्रिनमा देखिने च्याट बक्समार्फत प्रयोगकर्ताले प्रश्न सोध्न वा टिप्स लिन सक्नेछन्। यो प्रणालीले प्रयोगकर्ताको गेमिङ गतिविधि बुझ्ने र खेलसँग सम्बन्धित स्क्रिनसटको आधारमा सहायतासमेत गर्नेछ। साथै, एक्सबक्स खातासम्बन्धी जानकारी दिने तथा खेल वा अन्य सामग्रीको सिफारिस गर्ने सुविधा पनि यसमा समावेश छ।
नयाँ संस्करणमा भ्वाइस च्याट सुविधा थपिएको छ जसले प्रयोगकर्ताले बोलेरै प्रश्न सोध्न सक्छन्। पीसीमा ‘पुष टु टक’ हटकिजमार्फत यो सुविधा सक्रिय गर्न सकिन्छ भने एपमा माइक्रोफोन बटन राखिएको छ। लामो संवादका लागि पीसीमा विजेटलाई स्क्रिनमा मनपर्ने ठाउँमा राख्न सकिने सुविधा पनि दिइएको छ।
माइक्रोसफ्टले हालै घोषणा गरेको आफ्नो पोर्टेबल ‘एक्सबक्स एली’ ह्यान्डहेल्ड गेमिङ मेसिनमा पनि यो सेवा आउने सम्भावना छ। सो कन्सोल आगामी अक्टोबर १६ मा बजारमा आउनेछ र त्यसपछि कोपाइलटको आधिकारिक अपडेट त्यहाँ पनि उपलब्ध गराइने अनुमान गरिएको छ।
कम्पनीले प्रयोगकर्ताबाट निरन्तर प्रतिक्रिया लिन आग्रह गरेको छ र गेमिङ कोपाइलटलाई अझ उपयोगी र खेलाडीहरूको आवश्यकताअनुसार बनाउन काम भइरहेको जनाएको छ।
अपडेट
‘अप्टिकल फाइबर’ तार चोरेर भारततर्फ लैजाँदै गर्दा पाँच जना पक्राउ
झापाको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थ…
एनभिडियाको नयाँ एआई चिप खरिदमा चीनको प्रतिबन्ध
चीनको साइबरस्पेस प्रशासन (सीएसी) ले देशका प्रविधि कम्पनीहरूलाई एनभिडियाको नयाँ एआई चिप RTX Pro 6000D खरिद तथा परीक्षण नगर्न न…
गुगलको डिस्कभरमा अब सोसल मिडिया पोस्ट र युट्युब शर्ट्स पनि देखिने
गुगलको डिस्कभर कन्टेन्ट फिडमा नयाँ सुविधाहरू थपिँदैछन्। अब यसमा वेबमा प्रकाशित लेख मात्र नभई सोसल मिडिया पोस्टहरू (जस्तै इन्स्टाग्…
बससेवाबाट दशैंका लागि बसको टिकट बुकिङ गर्दा ५ जनालाई खसी उपहार, सय जनालाई निःशुल्क टिकट
बससेवाले दशैंका लागि टिकट बुकिङ खुलाएको छ। बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाक…
नेपाल टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डाटा
नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा नेपाल टेलिकमले संविधान दिवस अफर २०८२ सार्वजनिक गरेको छ।
बच्चाको च्याटजीपीटी चलाउने सीमा अब अभिभावकले निर्धारण गर्न सक्ने
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम आल्टम्यानले मंगलबार १८ वर्षमुनिका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै च्याटजीपीटीको प्रयोग…
बससेवाबाट हवाई टिकट काट्ने यात्रुलाई हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक
बससेवाबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन् । नेपालीको महत्वपूर्ण चाड दशैँ त…
अमेरिकामा टिकटक: ८० प्रतिशत स्वामित्व अमेरिकी लगानीकर्ताले लिने, नयाँ एप परीक्षणमा
अमेरिकामा टिकटक ‘बचाउने’ योजना अन्ततः स्पष्ट हुँदै गएको छ। मंगलबार द वाल स्ट्रीट जर्नलले यसबारे थप विवरण सार्वजनिक…
स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताले पनि अब आफूले चाहेको गीत सर्च गरेर प्ले गर्न सक्ने
स्पोटिफाइले आफ्नो लसलेस स्ट्रिमिङ सेवा पेड सब्सक्राइबरका लागि सार्वजनिक गरेपछि अब निःशुल्क प्रयोगकर्ताहरूका लागि पनि नयाँ सुविधा …
ओपनएआईले सार्वजनिक गर्यो नयाँ जीपीटी ५ कोडेक्स
ओपनएआईले सोमबार आफ्ना एआई कोडिङ एजेन्ट कोडेक्सका लागि नयाँ संस्करण जीपीटी ५ कोडेक्स सार्वजनिक गरेको छ। यो मोडेलले अघिल्ला संस्क…
उद्योग विभागमा आगजनी हुँदा ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट
उद्योग विभाग अन्तर्गतको ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट भएका छन् ।
आन्तरिक मेमोरी कि एसडी कार्ड ? फोन स्टोरेज बढाउन कुन प्रयोग गर्ने ?
आजको समयमा स्मार्टफोन केवल कल गर्ने उपकरण मात्रै होइनन्, बरु हाम्रो डिजिटल जीवनको एक महत्वपूर्ण हिस्सा बन्न पुगेका छन्।
स्न्यापले आफ्नो एआई चश्माका लागि सार्वजनिक गर्यो स्न्याप ओएस २.०
सामाजिक सञ्जाल स्न्यापले आफ्नो एआर चश्मा स्न्याप स्प्याक्टिकल्सका लागि नयाँ सफ्टवेयर स्न्याप ओएस २.० सार्वजनिक गरेको छ । यस संस्करणमा न…
आईओएस २६ को बेटा भर्सन सार्वजनिक, अहिलेसम्मकै ठूलो भिजुअल परिवर्तन
एप्पलले लामो प्रतीक्षा गरिएको नयाँ सफ्टवेयर आईओएस २६ को बेटा भर्सन सार्वजनिक गरेको छ। यो संस्करण अहिलेबाटै उपयुक्त आईफोन प्रयोगक…
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी
काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नामम…