कीवर्डहरू -

अपडेट

बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६० प्रतिशतसम्म छुटसँगै उपहार पनि

मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पेनमा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् ।

मोबाइलमाण्डुले यस मेलामा ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्म उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत नयाँ उत्पादनहरूको विशेष लन्च पनि हुनेछ । 

ब्ल्याक शार्कको नयाँ गेमिङ इयरबड ‘Rokas’ पहिलो तीन ग्राहकले मात्र ९९ रुपैयाँमै पाउनेछन् भने ‘Chuwi Hi10X Pro’ ट्याबलेट पहिलो ग्राहकले ९९९ रुपैयाँमै पाउने अवसर पाउनेछन् ।

कम्पनीले असोज १० सम्म ‘दशैं गिभअवे’ कार्यक्रममार्फत तीन विजेतालाई करिब २० हजार रुपैयाँ बराबरका उत्पादनहरू उपहारस्वरूप दिनेछ । साथै, २५०० रुपैयाँभन्दा माथिको खरिदमा नि:शुल्क डेलिभरीको सुविधा, मोबाईल र एप्लायन्समा सजिलो ईएमआई सुविधा र वेबसाइटमार्फत खरिदमा विशेष उपहार उपलब्ध गराइनेछ ।

मोबाइलमाण्डुका अनुसार उपभोक्ताले यो दशैं आफ्नो जीवनशैलीमा नयाँ ग्याजेट थप्दै परिवार र आफन्तलाई उपहार दिन सक्नेछन् । कम्पनीले आफ्ना अफर र गिभअवे अपडेटका लागि आधिकारिक वेबसाइट तथा फेसबुक, इन्स्टाग्राम र टिकटोक पेजमार्फत नियमित जानकारी लिन आग्रह गरेको छ ।
 

अपडेट

वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट, कम्प्युटर, प्रिन्टर्स, हार्डड्राइभ चोर्ने र जलाउने दुवै कार्य

जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ ।

जेनजी प्रदर्शनमा यातायात विभागबाट ल्यापटपदेखि हार्डडिस्कसम्म चोरी, फिर्ता गर्न आग्रह

जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागबाट  सवारी साधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टिभि, छपाइ मेशिन, छपाइ भए…

ड्राइभिङ लाइसेन्स छपाइ र वितरण बन्द, लाखौं ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट जलेर खरानी

यातायात व्यवस्था विभागमा आगजनी, तोडफोड भएपछि ड्राइभिङ लाइसेन्स छपाइ, वितरण लगायतका काम बन्द भएका छन् । 

अल्बानियामा एआईबाट बनाइएकी ‘डिएला’ मन्त्री नियुक्त, भ्रष्टाचार रोक्ने उद्देश्य

अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो नयाँ मन्त्रिपरिषद्मा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएको ‘मन्त्री’ नियु…

अर्थ मन्त्रालयका मुख्य तीनओटा सफ्टवेयरहरू र त्यसका तथ्याङ्क सुरक्षित

जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ। अर्थ मन्त्रालय, भन्सार तथा कर कार्याल…

चल्न थाले जेनजी प्रदर्शनका क्रममा बन्द भएका सरकारी वेबसाइटहरू

सरकारी वेबसाइटहरू चल्न थालेका छन् । जेनजी प्रदर्शनका क्रममा विभिन्न ठाउँमा तोडफोड र आगजनी भएपछि सरकारी वेबसाइटहरू बन्द भएका थि…

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुरू, आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालन हुने अपेक्षा

इन्टरनेट सेवा प्रदायकको भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुरू भएको भएको छ । जेनजी प्रदर्शनका क्रममा सेन्ट्रल बिजनेस प…

जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन प्रहरीको अनुरोध

नेपाल प्रहरीले जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन अनुरोध गरेको छ । 

अहिलेको विषम परिस्थितिमा कताहो एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क

नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालको समूहले ‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क उपलब्ध गराउने घोषणा…

डिजिटल भुक्तानी सुचारू राख्न राष्ट्र बैंकको आग्रह, वेबसाइट र सामाजिक सञ्जालबाट सेवाको जानकारी दिनुपर्ने

नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थालाई अत्यावश्यक…

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मंगलबारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको  समयावधि बढाएको …

डेटा र भ्वाइस सेवा नि:शुल्क दिदै नेपाल टेलिकम, यस्तो छ लिने तरिका

नेपाल टेलिकमले तीन दिनका लागि डेटा र भ्वाइस सेवा नि:शुल्क प्रदान गरेको छ । मंगलबारदेखि टेलिकमले निःशुल्क डेटा र भ्वाइस सेवा …

एनसेलले निःशुल्क दिइरहेको छ कल, एसएमएस र इन्टरनेट

टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारदेखि दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।

सरकारविरूद्ध चर्कियो जेनजीको देशव्यापी आन्दोलन

सरकारको दमनमा १९ जनाको ज्यान जाने गरी घटना भएपछि जेनजीको आन्दोलन झनै चर्किएको छ । ठाउँ ठाउँमा सरकारविरूद्ध प्रदर्शन भइरहेको छ…

सरकारलाई एक्सको जवाफ: नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता हुन सक्दैनौं

सामाजिक सञ्चाल एक्स (ट्विटर)ले नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता नहुने आफ्नो नीति रहेको बताएको छ ।