कीवर्डहरू -

अपडेट

सेयर कर्जाका लागि ग्लोबल आईएमईले ल्यायो नयाँ प्लेटफर्म, अनलाइनबाटै आवेदन दिन मिल्ने

ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्टसेयर' प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । 

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाटै सेयर धितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो प्लेटफर्म प्रयोग गरी ग्राहकले कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । ग्राहकहरूले कर्जा स्वीकृति अवधिसम्ममा एक पटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भएर आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ । 

यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म तोकिएको छ । 

यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयमको हुनु पर्नेछ । निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रूपमा स्वीकार नगरिने बैंकले जनाएको छ ।

यो सुविधा बैंकका ३१ वटा शाखा कार्यालयबाट उपलब्ध हुने बैंकले जनाएको छ । तसर्थ, कर्जा लिन अनलाइन आवेदन दिँदा आफूलाई पायक पर्ने शाखा कार्यालय छनौट गरी स्वीकृतिपछि गएर सहीछाप गरिसकेपछि कर्जा दिइने जनाइएको छ ।  

यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।

अपडेट

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड: क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजि…

वायुदृष्टिलाई जुरी मेन्सन आइसिटी अवार्ड २०२५ प्रदान

जुरी मेन्सन आइसिटी अवार्ड २०२५ वायुदृष्टिलाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ …

ट्रिप टर्बोले जित्यो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५

ट्रिप टर्बो प्रालिले हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ ।

शु…

क्विकसीसीएले जित्यो प्रडक्ट आइसिटी अवार्ड २०२५

क्विकसीसीएले प्रडक्ट आइसिटी अवार्ड २०२५ जितेको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड…

आर्कबो टेक्नोलोजीजले जित्यो इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२५

आर्कबो टेक्नोलोजीज प्रालिलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२५ प्रदान गरिएको छ ।

शुक्रब…

कताहोले जित्यो सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५

सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५ कताहोलाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आ…

माइन्डब्रिजलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ प्रदान

माइन्डब्रिजलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ प्रदान गरिएको छ ।

शुक्रबार द प्ला…

बंगलादेशको स्टार्टअप कम्पनी प्रियोशपले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२५

बंगलादेशको स्टार्टअप कम्पनी प्रियोशपले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२५ जितेको छ ।

सामाजिक सुरक्षा कोषले पायो डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२५

सामाजिक सुरक्षा कोषले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भए…

एनएमबि बैंकले पायो इन्टरप्राइजतर्फको डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५ (इन्टरप्राइज सेक्टर) एनएमबि बैंकले प्राप्त गरेको छ ।

श…

एम्बिसन गुरूलाई नियोतर्फको डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५

एम्बिसन गुरूलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५ (नियो सेक्टर) प्रदान गरिएको छ । 
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्…

सुर्खेतको कोपिला भ्याली स्कुलले पायो प्राइभेट तर्फको डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५

सुर्खेतको कोपिला भ्याली स्कुलले डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५ (प्राइभेट सेक्टर) प्राप्त गरेको छ । 

चितवनको नारायणी मावीलाई पब्लिक तर्फको डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५ प्रदान

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२५ (पब्लिक सेक्टर) चितवनको नारायणी माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ ।

माइक्रोसफ्टका प्रडक्ट नेपालीकरण गर्ने एलेन तुलाधरलाई पायोनियर आइसिटी अवार्ड प्रदान

माइक्रोसफ्टका प्रडक्ट नेपालीकरण गर्ने डा. एलेन बैलोचन तुलाधरले पायोनियर आइसिटी अवार्ड २०२५ पाएका छन् । 

वुमन आइकन आइसिटी अवार्ड २०२५ बाट मुन्नी राजभण्डारी सम्मानित

वुमन आइकन आइसिटी अवार्ड २०२५ नेपालको फिनटेक क्षेत्रमा डेढ दशकदेखि कार्यरत मुन्नी राजभन्डारीलाई प्रदान गरिएको छ ।