अपडेट
नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नाइमाले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस विपदको घडीमा आफ्ना सदस्य संस्थाहरुले गरेको सहयोगको पनि नाइमाले प्रशंसा गरेको छ ।
विपद्को सुरुवातदेखि नै नाइमाका सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएका छन् । नाइमाले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् ।
“यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो । यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुन:स्थापनालाई प्रभावकारी बनाउन सक्छ,” उनले भनिन् ।
खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा संघ संस्थाप्रति उच्च सम्मान व्यक्त गर्दै नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ ।
अपडेट
भोटेकोशी बाढीले अवरुद्ध एनसेलको सञ्चार सेवा पुन: लयमा, २४ साइट सञ्चालनमा
काठमाडौं । रसुवा भोटेकोशी बाढीले अवरुद्ध भएका एनसेलका २७ मोबाइल साइटमध्ये २४ वटा पुन: सञ्चालनमा आएका छन् ।…
विश्वकै लोकप्रिय स्मार्टफोनमा फेरि एप्पलको दबदबा, शीर्ष स्थानमा आईफोन १७
काठमाडौं । एप्पलको आईफोनले विश्वका सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचीमा आफ्नो दबदबा कायम राखेको छ । काउन्टरपो…
बाढी प्रभावितका लागि नेपाल टेलिकमको राहत : नि:शुल्क डेटा, कल र एसएमएस सेवा निरन्तर
काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्…
रसुवा उद्धारमा सञ्चार चुनौती : स्याटलाइट फोन उपलब्ध गराउन मन्त्री पुनको अपिल
काठमाडौं । रसुवामा बाढी र पहिरोले सञ्चार संरचना समेत प्रभावित हुन थालेपछि उद्धार तथा राहत टोलीबीच सम्पर्क क…
नेपालमै डिजाइन, निर्माण र प्रक्षेपण : पहिलो स्वदेशी हाइब्रिड रकेटको सफल उडान
काठमाडौं । नेपालको एयरोस्पेस क्षेत्रमा नयाँ उपलब्धि थपिएको छ । नेपाली इन्जिनियरहरूको टोलीले नेपालमै डिजाइन,…
बाढीपछिको ‘डिजिटल सर्वे’ : तस्बिर, भिडियो र क्षति विवरण एउटै प्रणालीमा, बनाइँदैछ एकीकृत डिजिटल नक्सा
काठमाडौं । बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे एकीकृत सूचना तयार गर्न विभिन्न निकाय त…
बाढी पीडितलाई एनसेलको साथ, नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन थप
काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध ग…
बाढी प्रभावित क्षेत्रमा समाचार संकलनका लागि सार्वजनिक बिदामा पनि प्रेस प्रतिनिधि प्रमाणपत्र दिइने
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा समाचार संकलन गर्न जाने सञ्चारकर्मीलाई सह…
बाढी पीडितका लागि रकम दिँदा आधिकारिक क्यूआर र खाता मात्र प्रयोग गर्न आग्रह
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग उपलब्ध गराउँदा आधिकारिक माध्यमको प्…
बालबालिकाको सुरक्षाका लागि मेटाको १८ अर्ब डलरको सम्झौता
काठमाडौं । बालबालिका तथा किशोरकिशोरीलाई सामाजिक सञ्जालको सम्भावित हानिबाट जोगाउन अमेरिकी राज्यहरूसँगको का…
विपद्का बेला अपुष्ट सूचना र हृदयविदारक सामाग्री नफैलाउन सरकारको आग्रह
काठमाडौं । रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा आएको प्राकृतिक विपद्का घटनासम्बन्धी सूचना तथा दृश्य सामग्री …
बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिशहोम इन्टरनेटको नि:शुल्क सेवा
काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहकलाई सहयोग गर्दै डिसहोमले प्रभावित क्षेत्रमा १५ दिनसम्म …
भोटेकोशी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुन:स्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु १ करोड सहयोग
काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुन:स्थापनाका ल…
नेपाली स्टार्टअपलाई भारतको बजार, पूँजी र नेटवर्कसँग जोड्दैछौं : भारतीय राजदूत श्रीवास्तव
काठमाडौं । नेपालका स्टार्टअप तथा युवा उद्यमीलाई भारतीय बजारमा प्रवेश गर्न सहज वातावरण बनाउने तयारी भइरहेको …