कीवर्डहरू -

अपडेट

होन्डाले ल्यायो चाडपर्व लक्षित ‘यो दसैं, आशाको सुरुवात’ योजना

काठमाडौं । ठूला चाडहरू दसैं, तिहार तथा छठ पर्वका अवसर पारेर नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्म ज्योति ग्रुप) ले आफ्ना ग्राहकका लागि ‘यो दसैं, आशाको सुरुवात’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ ।

चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यसाथ ल्याइएको यस योजना अन्तर्गत ग्राहकले होन्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपन मार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

यस योजनाको सबैभन्दा विशेष र महत्त्वपूर्ण पक्ष ‘सहयोगको संकल्प’ रहेको छ । कम्पनीले ‘होन्डा छ साथसाथ’ अफर मार्फत हरेक साता ७ वटै प्रदेशबाट १/१ जना गरी ७ भाग्यशाली विजेता छनोट गर्ने छ, जसमा उनीहरूले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन् ।

यस अन्तर्गत विजेता आफूले जितेको रकम प्राप्त गर्नेछन् भने होन्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने छ ।
यसरी यस अफरले ग्राहकलाई पुरस्कार जित्ने अवसरका साथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष जोडिने अवसर समेत प्रदान गरेको छ ।

यसका साथै ग्राहकको थप सुविधा र सन्तुष्टि ध्यानमा राख्दै कम्पनीले अतिरिक्त योजना पनि व्यवस्था गरेको छ, जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसार तीन विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् ।

यस अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन वा ७ वर्षका लागि नि:शुल्क सर्भिसिङ वा ५ वर्षका लागि वार्षिक मर्मत सम्झौतामध्ये कुनै एक उत्कृष्ट सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन् ।

नयाँ बाइक तथा स्कुटर खरिदलाई आर्थिक रूपले थप सहज र पहुँचयोग्य बनाउन यस अफरमा फाइनान्स पार्टनरका रूपमा रहेको स्याकार हायर पर्चेज प्रालिमार्फत निकै सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइएको छ ।

चाडपर्वको खुसीसँगै समाज र देशप्रतिको उत्तरदायित्व पनि बहन गर्दै ल्याइएको ‘यो दसैं, आशाको सुरुवात’ योजनाले ग्राहकको जीवनमा सकारात्मक ऊर्जा थप्ने विश्वास कम्पनीले लिएको छ । यस योजना अन्तर्गत होन्डा टु-ह्विलर खरिद गर्दा नियम तथा सर्त लागु हुनेछन् ।

अपडेट

विद्यार्थीमा उद्यमशील सोच विकास गर्न ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको आयोजनामा सञ्चालित चारदिने &l…

एआईको गलत प्रयोगले अकल्पनीय क्षति निम्त्याउन सक्छ : बिल गेट्स

काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) को गलत प्रयोगले मानव समाजमा गम्भीर ज…

नासाको क्रु-१४ अभियानमा अमेरिका, जापान र रुसका चार अन्तरिक्ष यात्री

काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) का लागि सञ्चालन हुन…

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच SmartPay IBFT (Inter Ban…

स्याक्म्यानका 'एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प-ट्रक' नेपाल आउँदै

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारी साधन निर्माता स्याक्म्यानका एक्स–५०…

चाडपर्व लक्षित यातायात व्यवस्थापन : अनलाइन टिकटदेखि दुई चालकसम्म

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुर…

ईसेवाको नयाँ सीईओमा निरज शर्मा नियुक्त

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भए…

एआई कम्पनीदेखि स्पेसएक्ससम्म, ट्रम्पको लगानीमा व्यापक सेयर कारोबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित लगानी पोर्टफोलियोबाट जुलाई महिनामा माइक्रोसफ्ट, एनभिडि…

होण्डाले ल्यायो ‘फेस्टिभ अफर होण्डाको सफर’, नगद छुटदेखि नि:शुल्क बीमासम्म

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं, तिहार तथा छठ पर्वल…

नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थाल…

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

म हिमालयमा अवस्थित एउटा दूरदराजको देश नेपालबाट आएको छु र म यहाँ मानवताका लागि निकट भविष्यको एउटा गम्भीर चेतावनी लिएर आएको …

एआईको तीव्र विकासप्रति बढ्दो चिन्ता, संयुक्त राष्ट्रसंघमा नियमनको बहस

काठमाडौं । प्रविधि क्षेत्रका विज्ञ तथा एआई अनुसन्धानकर्ताहरूबाट आएका चेतावनीपछि न्युयोर्कमा जारी संयुक्त राष्ट्रस…

पठाओमा कमिसनको सट्टा 'सब्स्क्रिप्सन' प्याकेज, २४ घन्टाको ४९ रुपैयाँ

काठमाडौं । पठाओले राइडर तथा ड्राइभरहरूका लागि नयाँ मोडल ल्याएको छ । पठाओ नेपालले असोज ७ गतेदेखि लागु हुन…

सामसङ नेपालको दसैं-तिहार अफर, दैनिक र साप्ताहिक उपहार जित्ने मौका

काठमाडौं । सामसङ नेपालले दसैं–तिहारको अवसरमा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’…

अस्ट्रेलियाको सरकारी पोर्टलमा एआईको अनधिकृत पहुँच, छानबिन सुरु

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको एक एआई एजेन्टले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा…