अपडेट
सामसङ इन्टरनेट ब्राउजर विन्डोजमा उपलब्ध
सामसङले विन्डोजका लागि आफ्नो वेब ब्राउजर ‘सामसङ इन्टरनेट’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई केवल ब्राउजर नभई एकीकृत एआई प्लेटफर्मका रूपमा वर्णन गरेको छ ।
यसले स्पष्ट गर्छ — सामसङको यो नयाँ पहल एआई (कृत्रिम बुद्धिमत्ता) मा केन्द्रित छ । विन्डोजका लागि उपलब्ध नयाँ संस्करणमा प्रयोगकर्ताले मोबाइल र पीसीबीच बुकमार्क, ब्राउजिङ इतिहास, र अटोफिल डेटा सहजै सिङ्क गर्न सक्नेछन् ।
साथै, यसमा ट्र्याकर ब्लकिङ, प्राइभेसी ड्यासबोर्ड लगायतका सुरक्षा र गोपनीयतामुखी सुविधा पनि प्रदान गरिएको छ । तर विशेषज्ञहरूका अनुसार, यी सामान्य सुविधाहरू मात्रै सामसङको मुख्य उद्देश्य होइनन् ।
कम्पनीले यस कदममार्फत तीव्र गतिमा विस्तार भइरहेको एआई ब्राउजर बजारमा आफ्नो स्थान सुदृढ गर्न खोजेको देखिन्छ । सामसङले सन् २०२४ मा पनि छोटो समयका लागि विन्डोज संस्करण जारी गरेको थियो, तर पछि माइक्रोसफ्ट स्टोरबाट हटाएको थियो ।
हालका दिनहरूमा एआई ब्राउजरहरूको लोकप्रियता बढ्दै गएको छ । सामसङको यो कदम ओपनएआईको च्याटजीपीटी एटलस, माइक्रोसफ्टको एज कोपाइलट मोड, ओपेराको नियोन र परप्लेक्सिटीको कोनेट ब्राउजर जस्ता एआई ब्राउजरहरूको आगमनपछि आएको हो ।
सामसङका अनुसार, यसको नयाँ ब्राउजरले कम्पनीको ‘Ambient AI’ दृष्टिकोणलाई अघि बढाउनेछ — जसले प्रयोगकर्ताको आवश्यकता पहिचान गरी व्यक्तिगत र बुद्धिमान सहयोग प्रदान गर्नेछ ।
हाल सामसङ इन्टरनेटको डेस्कटप संस्करण विन्डोज ११ र विन्डोज १० (भर्सन 1809 वा माथि) का प्रयोगकर्ताका लागि बेटा संस्करणमा उपलब्ध छ। इच्छुक प्रयोगकर्ताले सामसङको प्रडक्ट पेजमा गई साइन अप गर्न सक्नेछन् । 
 
अपडेट
१३ वर्षको प्रतीक्षापछि ‘रुटिन’ गेम डिसेम्बर ४ मा रिलिज हुने
एक दशकभन्दा बढीको प्रतीक्षापछि लुनार सफ्टवेयर र रअ फुरीले विकसित गरेको साइ-फाइ डर खेल ‘रूटिन’ अब अन्ततः रिलीज हु…
थ्रेड्सका दैनिक प्रयोगकर्ता १५ करोड पुगे
मेटाको सामाजिक सञ्जाल थ्रेड्सले दैनिक रूपमा १५ करोड सक्रिय प्रयोगकर्ताको नयाँ कीर्तिमान बनाएको छ । यो तथ्यांक मेटाका प्रमुख कार्य…
एनपीएलको लाइभ फिड उत्पादन गर्न बोलपत्र आह्वान
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग २०२५ का लागि लाइभ फिड उत्पादन गर्नका लागि बोलपत्र आह्वान गरेको छ ।
…एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरुमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकहरु…
अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनन्: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने बताएका छन् ।
ओपनएआईको गम्भीर खुलासा: हरेक हप्ता करिब १० लाखले च्याटजीपीटीमा गर्छन् आत्महत्या र मानसिक स्वास्थ्यका कुरा
ओपनएआईले आफ्नो नयाँ रिपोर्टमा एउटा गम्भीर र चकित पार्ने खुलासा गरेको छ। कम्पनीका अनुसार हरेक हप्ता करिब १० लाखभन्दा बढी मानिसह…
एचटीटीएस अनिवार्य गर्दै गूगल क्रोम, कहिलेदेखि हुन्छ लागु ?
गुगलले आफ्नो क्रोम ब्राउजरमा अझ सुरक्षित एचटीटीपीएस (HTTPS) प्रोटोकलको प्रयोगलाई अनिवार्य बनाउने तयारी गरेको छ। कम्पनीका अनुसार…
डल्लेका सम्पूर्ण आउटलेटमा डिशहोमका ग्राहकलाई छुट
डीटीएच सेवा प्रदायक तथा डिजिटल कम्पनी डिशहोमले नेपालको लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोष…
जूमका सिइओ एरिक युआन भन्छन्: एआईले घटाउनेछ हप्ताको कार्यदिन
जूमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एरिक युआनले कृत्रिम बुद्धिमत्ता (एआई) सहायकहरूका कारण भविष्यमा मानिसहरूले हप्तामा कम…
हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध
हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउनका लागि पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह…
अल्बानियाकी एआई मन्त्री ‘डिएला’ गर्भवती, जन्मिँदैछन् ८३ ‘सन्तान’
अल्बानियाका प्रधानमन्त्री एडी रामाले देशकी कृत्रिम बौद्धिकता (एआई) मन्त्री डिएला ‘गर्भवती’ भएको बताएका छन् । बर्लिनमा …
अमेरिका–चीनबीच टिकटक सम्झौतामा अन्तिम सहमति
संयुक्त राज्य अमेरिका र चीनले टिकटक सम्झौतामा अगाडि बढ्ने तयारी गरेका छन्। अमेरिकी राजस्व सचिव स्कट बिसेन्टका अनुसार दुई देशबीच…
एप्पल म्याप्समा पनि अब देखिनेछ विज्ञापन
एप्पलको म्याप्स एप अब केवल दिशानिर्देशका लागि मात्र सीमित नहुने भएको छ। ब्लूमबर्गका पत्रकार मार्क गुरमनका अनुसार, एप्पलले आगामी व…
शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत
सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ सार्वजनिक गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उ…