कीवर्डहरू -

अपडेट

ईडीएलभीआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ लाइसेन्स तयार

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियालाई व्यवस्थित र छिटो बनाउन नयाँ विद्युतीय प्रणाली ईडीएलभीआरएस (EDLVRS) कार्यान्वयनमा ल्याएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइ तथा वितरणमा हुने ढिलाइ कम गर्न नयाँ प्रणाली सुरु गरेको हो ।

नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरिएको विभागले जनाएको छ । छपाइ सम्पन्न भएका लाइसेन्स सम्बन्धित सेवाग्राहीलाई वितरणका लागि हुलाकमार्फत यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।

ईडीएलभीआरएसमा सेवाग्राहीको विवरण विद्युतीय रूपमा प्रविष्ट भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ । प्रणालीमा प्राप्त विवरणका आधारमा सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ ।

विभागका अनुसार नयाँ प्रणालीले लाइसेन्स छपाइदेखि सम्बन्धित कार्यालयमा पठाउनेसम्मको प्रक्रियालाई थप व्यवस्थित बनाउनेछ । यसबाट नयाँ लाइसेन्स लिनेदेखि पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीले समेत छिटो सेवा पाउने अपेक्षा गरिएको छ ।

यसअघि लाइसेन्स छपाइ तथा वितरणमा लामो समय लाग्दा सेवाग्राहीले महिनौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको थियो । नयाँ प्रणाली कार्यान्वयनसँगै छपाइ र वितरणमा देखिँदै आएको ढिलाइ घट्ने तथा सेवा प्रवाह थप प्रभावकारी हुने विभागको विश्वास छ ।

अपडेट

रोबोटिक्स, कोडिङ र एआईमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि नेपाली विद्यार्थी छनोट सुरु

काठमाडौं । नेपालका तर्फबाट ‘कोडेभर अन्तर्राष्ट्रिय’ रोबोटिक्स, कोडिङ तथा एआई प्रतिस्पर्धामा सहभागी …

घुमफिरलाई थप रोमाञ्चक बनाउँदै ‘पार्टी बस नेपाल’ पुनः सुरु, काराभान क्याम्पर भ्यान थपिने

काठमाडौं । पर्यटकलाई घुमाउँदै बसमै पार्टीको मनोरञ्जन दिने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन: सञ्चा…

डिजिटल अधिकार र मिडिया साक्षरतासम्बन्धी तालिमका लागि आवेदन खुला

काठमाडौं । डिजिटल अधिकार, अनलाइन सुरक्षा र मिडिया साक्षरताका विषयमा रुचि राख्ने कोशी र मधेश प्रदेशका युवाक…

सरकारी कार्यालयमा स्मार्ट चस्मामाथि रोक लगाउने तयारीमा अस्ट्रेलिया

काठमाडौं । क्यामेरासहितका स्मार्ट चस्माबाट सरकारी सूचना तथा व्यक्तिको गोपनीयता जोखिममा पर्न सक्ने चिन्ताबीच अस्ट्…

साझा यातायातमा अब नगदरहित कारोबार, क्यूआर र बैंक कार्डबाट भाडा भुक्तानी गर्न सकिने

काठमाडौं । साझा यातायातले दैनिक सञ्चालन, टिकटिङ तथा भाडा भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाएको छ ।…

एआईको सुरक्षित विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य : राष्ट्रसङ्घका महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को सुरक्षित, जिम्मेवार र प…

नवप्रवर्तन केन्द्र स्थापना गर्न १३ विश्वविद्यालयसँग मन्त्रालयले माग्यो प्रस्ताव

काठमाडौं । सरकारले १३ वटा विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको छ । विज्ञान, प्रविधि…

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको सीईओका लागि ६ जना सर्टलिस्ट

काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवार सर्टल…

नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधा…

सुरक्षण मुद्रणलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सकिन्छ : मन्त्री डा. तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणको क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै…

इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत १,५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे तालिम

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अन…

बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा राहत सामाग्री ढुवानीमा याङ्गोको सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय प्रविधि कम्पनी याङ्गोले भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि राहत सामाग्री ढुवानी…

सडकका समस्या अब मोबाइलबाटै रिपोर्ट गर्न मिल्ने, आयो ‘सडक सुझाव’ एप

काठमाडौं । सडकमा देखिएका खाल्डाखुल्डी, क्षति तथा अन्य समस्याबारे सर्वसाधारणले तत्काल जानकारी गराउन सक्ने गरी स…

विद्युतीय खरिद प्रणाली पुन: सञ्चालन नहुँदासम्म हुलाकबाटै बोलपत्र बुझाउन सकिने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएकाले केही समयको…

विपद्मा एआईदेखि भारी क्षमताका ड्रोन उत्पादनसम्मको तयारी गर्दैछौँ : मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनलाई प्रभाव…