अपडेट
कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सजिलो बन्दै
काठमाडौं । नेपालको जब पोर्टल तथा एचआर सेवा प्रदान गर्ने कम्पनी कुमारी जबले आफ्नो एआई प्रविधिमा आधारित एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (Applicant Tracking System–ATS) लाई लिंक्डइन (LinkedIn) सँग जोडेको छ । यसले नेपालमा रोजगारी दिने र लिने प्रक्रियालाई अझ सहज, छिटो र व्यवस्थित बनाउने कम्पनीले जनाएको छ ।
कुमारी जबमा हाल १० लाखभन्दा बढी जबसिकर (jobseeker) दर्ता भएका छन् भने नेपालमा लिंक्डइन प्रयोग गर्ने झन्डै २७ लाख प्रयोगकर्ता छन् । यी दुवैलाई जोड्दा रोजगारदाताले ३७ लाखभन्दा बढी जबसिकरसम्म पहुँच पु¥याउन सक्नेछन् । यसले रोजगारदातालाई आवश्यक सीप र अनुभव भएका मानिस खोज्न र उनीहरूसँग सम्पर्क गर्न झन् सजिलो हुने कम्पनीको भनाइ छ ।
कुमारी जबको एटीएसबाट रोजगारदाताले जबसिकर खोज्ने, आवेदन हेर्ने, एआईले प्रारम्भिक छनोट गर्ने, उपयुक्त उम्मेदवारको सूची बनाउने, अन्तर्वार्ता मिलाउने र अन्तिम छनोट गरी रोजगारी दिनेसम्मको सबै काम एउटै ठाउँबाट गर्न सक्छन् । यसले धेरैजसो म्यानुअल काम घटाएर एचआर टिमलाई छिटो र सही निर्णय लिन सहयोग गर्ने कम्पनीले बताएको छ ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीका अनुसार रोजगारी दिने क्षेत्रमा प्रविधिको प्रयोग द्रुत गतिमा बढिरहेको छ । “कम्पनीहरूले उपयुक्त मानिस खोज्ने र छनोट गर्ने तरिका छिटो–छिटो फेरिँदै छ । सही मानिस भेट्टाउन र रोजगारी दिन प्रविधिको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ,“ उनले भने, “लिंक्डइनसँगको यो सहकार्य नेपालका व्यवसायलाई रोजगारी दिने प्रक्रिया अझ सहज र प्रभावकारी बनाउने दिशामा ठूलो कदम हो ।
“उनले थप भने, “हामी कुमारी जब एटीएसलाई खाली जागिरको सूचना राख्ने ठाउँमा मात्र सीमित राख्न चाहँदैनौं । जागिर सूचना राखेर आवेदन कुर्नुभन्दा रोजगारदाता आफैंले आवश्यक जबसिकर खोज्न सकून् भन्ने हाम्रो उद्देश्य हो । एआईमा आधारित रिजुम खोजी र एटीएसबाट जबसिकर खोज्ने, स्क्रिनिङ गर्ने, सूची बनाउने, ट्र्याक गर्ने र व्यवस्थापन गर्ने काम अझै छिटो र सजिलो बनाउन सकिन्छ ।“
जबसिकर छिटो भेट्टाउन एआईमा आधारित रिजुम तथा सी भी (CV) खोजी
कुमारी जबको एआईमा आधारित रिजुम वा सी भी (CV) खोजी सुविधाले रोजगारदातालाई की–वर्ड, सीप, पद, अनुभव, शैक्षिक योग्यता र ठेगानाका आधारमा आफ्नो डाटाबेसबाट उपयुक्त जबसिकर खोज्न मद्दत गर्छ ।
रोजगारदाताले आफूलाई कस्तो मानिस चाहिएको हो भन्ने कुरा सामान्य भाषामा लेखेर पनि खोज्न सक्छन्, र त्यसपछि एआईले सोही आवश्यकता अनुसार डाटाबेसमा भएका मिल्दो रिजुम पत्ता लगाउन मद्दत गर्छ ।
पहिले रोजगारदाताले जागिर सूचना राखेर आवेदन आउने पर्खनुपथ्र्यो, तर अब यो सुविधाले त्यो झन्झट हटाउँदै आफूलाई चाहिएको मानिस सिधै खोज्ने, सूची बनाउने, अन्तर्वार्ता लिने र रोजगारी दिने प्रक्रिया तुरुन्तै अघि बढाउने मौका दिन्छ ।
एआई–सञ्चालित एटीएसः स्क्रिनिङदेखि रोजगारीसम्म
कुमारी जबले आफ्नो एटीएसमा ओपनएआई (OpenAI) र गुगल जेमिनाई (Google Gemini) जस्ता एआई प्रविधि पनि जोडेको छ, जसले रोजगारदातालाई रोजगारी दिने प्रक्रियाका विभिन्न चरणमा सहयोग गर्छ ।
यो प्रणालीले जबसिकरको प्रोफाइललाई सम्बन्धित जागिरको विवरण (जब डिस्क्रिप्सन) सँग तुलना गरेर सुरुमै छनोट गर्न सक्छ । साथै, जबसिकरको सीप, योग्यता, अनुभव र सम्बन्धित पदका लागि कत्तिको उपयुक्त छ भन्ने छोटो विवरण पनि एआईले नै तयार गरिदिन्छ । यसले हरेक सीभी हातैले हेर्नुपर्ने झन्झट घटाउँदै छिटो छनोट गर्न सहयोग गर्छ ।
अपडेट
एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई नि:शुल्क चिकित्सक परामर्श सेवा
काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ ए…
अब भ्याट विवरणमा गल्ती भए कर कार्यालय धाउनु नपर्ने, सात दिनभित्र अनलाइनबाटै सच्याउन सकिने
काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा सामान्य गल्ती हुँदा सच्याउन कर कार्यालय पुग्नुपर्ने पुरानो झन्झट ह…
ईभीदेखि विद्युतीय चुलोसम्म प्रोत्साहन गर्नुपर्नेमा भ्याट लगाउनु गलत : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी नी…
अवसरलाई आर्थिक मूल्यमा बदल्न उद्यमशील क्षमता आवश्यक : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यमशीलतालाई व्यवसाय सुरु गर्ने क्षमतामा मात्र सीमित नगरी अवसर पहिचान, स्रोत …
अर्थमन्त्री वाग्ले भन्छन्- ‘आईटीलाई नेपालको आर्थिक विकासको नयाँ इन्जिन बनाउँछौँ’
काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने तय…
निर्वाचनमा आधुनिक प्रविधि प्रयोगबारे विज्ञसँग छलफल
काठमाडौं । निर्वाचन आयोग, नेपालले विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मत…
एनच्याटले ल्यायो एआई बिल्डर, कोडिङबिनै डिजिटल एप बनाउन सकिने
काठमाडौं । नेपाली प्रविधि कम्पनी एनच्याटले कोडिङ वा प्राविधिक ज्ञानबिना आफ्नै डिजिटल एप तथा मिनी एप निर्माण ग…
ग्लोबल फिनटेक अवार्ड्स २०२६ मा नेपालका पाँच कम्पनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा
काठमाडौं । नेपालको तीव्र रूपमा विकसित हुँदै गएको फिनटेक तथा डिजिटल भुक्तानी क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा थप…
बालबालिकाको सुरक्षाका लागि न्युजिल्यान्डको कडा कदम, १६ वर्षमुनिलाई सामाजिक सञ्जाल निषेध
काठमाडौं । न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याटलगायत सामा…
मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवार्डस् एसिया २०२६ मा चार प्रमुख सम्मान
काठमाडौं । नेपाल डिस्टिलरिज प्रा. लि. (एनडीपीएल) ले नेपाली ब्रान्ड निर्माण र सिर्जनशीलताको यात्रामा महत्वपूर्ण …
टेस्लाले ल्याउँदैछ चालकविहीन साइबरक्याब, यस्तो हुनेछ रोबोट्याक्सी
काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले आफ्नो बहुप्रतीक्षित ‘साइबरक्याब’ रोबोट्याक्सी …
AI4PEN अन्तर्गत शिक्षकहरूका लागि AI साक्षरता तालिमको शुभारम्भ
ललितपुर । सार्वजनिक विद्यालयका शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI) सम्बन्धी ज्ञ…
विन्डोजलाई बाइबाइ गर्दै चीन, सरकारी निकायमा लिनक्स प्रयोग गर्न निर्देशन
काठमाडौं । विदेशी प्रविधिमाथिको निर्भरता घटाउँदै डिजिटल आत्मनिर्भरता बढाउने प्रयासस्वरूप चीनले केही सरकारी न…
चिनियाँ रोबोटले उछिन्यो उसेन बोल्टको रेकर्ड, १०० मिटर दौडमा बनायो नयाँ कीर्तिमान
काठमाडौं । दोस्रो विश्व मानवोइड रोबोट खेल शनिबार साँझ चीनको राजधानी बेइजिङमा सुरु भएको छ । प्रतियोगितामा …
बालबालिकाको डाटा संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
काठमाडौं । बालबालिकाको गोपनीयताको अधिकार उल्लंघन गरेको आरोपमा दायर मुद्दा टुंग्याउन टिकटकले अमेरिकी सरकार…