अपडेट
एलन मस्कले घोषणा गरे ‘ग्रोकीपेडिया’, विकिपेडियालाई चुनौती दिने तयारी
अमेरिकी अर्बपति एलन मस्कले आफ्नो एआई कम्पनी एक्सएआईमार्फत विकिपेडियालाई टक्कर दिने नयाँ परियोजना सुरु गर्ने घोषणा गरेका छन्।
मस्कका अनुसार ग्रोक च्याटबटद्वारा सञ्चालित यो नयाँ प्लेटफर्मलाई ग्रोकीपेडिया (Grokipedia) नाम दिइनेछ।
मस्कले एक्स (पहिलेको ट्विटर) मा लेख्दै भनेका छन्, ‘हामी एक्सएआईमार्फत ग्रोकीपेडिया निर्माण गर्दैछौं। यो विकिपेडियाभन्दा धेरै ठूलो सुधार हुनेछ। वास्तवमा, यो ब्रह्माण्ड बुझ्ने हाम्रो यात्रामा आवश्यक कदम हो।’
विकिपेडियाप्रति मस्कको असन्तुष्टि
मस्कले विगत केही वर्षदेखि विकिपेडिया र त्यसको प्रबन्धक संस्था विकिमेडिया फाउन्डेशनको आलोचना गर्दै आएका छन्।
उनले विकिपेडियालाई ‘पाखण्डपूर्ण, वामपन्थी झुकाव भएको’ बताउँदै आर्थिक पारदर्शिता सम्बन्धी प्रश्न समेत उठाएका छन्।
सन् २०२३ मा उनले व्यङ्ग्य गर्दै, विकिपेडियाले आफ्नो नाम परिवर्तन गरी ‘डिकिपेडिया’ राखेमा १ अर्ब डलर सहयोग गर्ने प्रस्ताव गरेका थिए।
ग्रोकको विवादित इतिहास
मस्कको महत्वाकांक्षी प्रोजेक्ट ग्रोक एआईले विगतमा स्वयं मस्कविरुद्धै बोल्ने घटनाहरू पनि देखिएका छन्।
यस वर्ष फेब्रुअरीमा ग्रोकले ‘अमेरिकालाई सबैभन्दा धेरै हानी पुर्याइरहेका तीन व्यक्ति’ को प्रश्नमा मस्कसहित तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको नाम उल्लेख गरेको थियो।
त्यस्तै, ग्रोक ४ अपडेट पछिल्लो चरणमा च्याटबटले एडोल्फ हिटलरप्रति प्रशंसा व्यक्त गर्ने किसिमका प्रतिक्रियाहरू पनि दिएको थियो, जसका कारण ठूलो विवाद उत्पन्न भएको थियो।
ग्रोकलाई एक्समा प्रयोग गर्ने योजना
मस्कले ग्रोकलाई एक्सको रेकमेन्डेसन एल्गोरिदममा प्रयोग गर्ने योजना पनि अघि सारेका छन्। उनले सन् २०२५ को अन्त्यसम्ममा प्रयोगकर्ताको फिड (Feed) पूर्णरूपमा ग्रोक एआईद्वारा नियन्त्रित हुने लक्ष्य राखेका छन्।
यसरी, प्रयोगकर्ताले आफ्ना फिडहरूलाई सीधै च्याटबोटसँग आदेश दिँदै अनुकूलन गर्न सक्नेछन्।
हालै ग्रोकलाई हल्का संस्करणमा एक्समा एकीकृत गरिएको छ, जसले पुनरावृत्ति हुने पोस्टहरू घटाउने र प्रयोगकर्तालाई अझ सान्दर्भिक सामग्री प्रदान गर्ने काम गरिरहेको छ।
अपडेट
भाटभटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा टीभीएस स्कुटरदेखि टाटा पञ्च ईभीसम्म जित्न सकिने
भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपालपे क्युआरको सहकार्यमा नेपालीहरुको महान पर्वको अवसरमा “डिजिटल दशैं&r…
स्मार्ट क्यूआरबाट पैसा तिर्दा बिगमार्टमा १० प्रतिशत छुट
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालमा १२० बढी शाखा रहेको सुपरमार्केट बिगमार्ट प्रा. लि. ले यसपालि दशैंको उपलक्ष्…
काठमाण्डौ महानगरपालिकाले सीपमूलक तथा व्यवसायिक तालिम दिदै, यसरी दिनुहोस् अनलाइन आवेदन
काठमाण्डौ महानगरपालिकाले विभिन्न सीपमूलक तथा व्यवसायिक तालिममा सहभागी हुन चाहने महानगरवासीलाई आवेदन खुला गरेको छ।
<…स्न्यापच्याटमा मेमोरिजका लागि अब ५ जीबी स्टोरेज मात्रै निःशुल्क पाइने, थप चाहिएमा पैसा तिर्नुपर्ने
सामाजिक सञ्जाल कम्पनी स्न्यापले आफ्नो स्न्यापच्याट मेमोरिज फिचरमा नयाँ भण्डारण सीमा तोकेको छ।
ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना
ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ…
युट्युबले सुरु गर्यो ‘युट्युब ल्याब्स’, एआई होस्ट परीक्षणमा
युट्युबले आफ्ना प्रयोगात्मक एआई उपकरण परीक्षणका लागि नयाँ प्लेटफर्म ‘युट्युब ल्यास’ सुरु गरेको घोषणा गरेको छ। यसलाई …
टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता
बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।
कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई पानी प्युरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २…
नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै नयाँ सफ्टवेयर ‘मबिल’ सार्वजनिक
नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै रेष्टुरेन्ट बिलिङ म्यानेजमेन्ट सिस्टम ‘मबिल’ (maBill) सार्वजनिक भएको छ। नेपाल…
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक, के के छन् सुविधा ?
नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले…
नागरिक एपको सहायता केन्द्र अस्थायी रूपमा बन्द, यस्तो छ ड्राइभिङ लाइसेन्स सम्बन्धि सेवा हट्नुको कारण
नागरिक एपको सहायता केन्द्र तत्काललाई स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरवारस्थित नागरिक एप सहायता केन्द्रमा…
अर्थ मन्त्रालयमा अब टिप्पणीहरू डिजिटल माध्यमबाट स्वीकृति हुने
अर्थ मन्त्रालयले शुक्रबारदेखि सबै टिप्पणी डिजिटल माध्यममार्फत स्वीकृति दिन सुरू गरेको छ ।
काठमाडौं महानगरले माग्यो डेभलपरदेखि सिस्टम एनालिष्ट सिस्टम, कसरी दिने आवेदन ?
काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन केन्द्र (SDOC) का लागि सेवा करारमार्फत प्राविधिक जनशक्ति भर्ना गर्ने भएको…
गुगलले घोषणा गर्यो 'एन्ड्रोइड पीसी': मोबाइलको अनुभव अब सिधै कम्प्युटरमा
गुगलले एन्ड्रोइडमा चल्ने पीसी कम्प्युटर बनाउँदैछ। यसको अर्थ, अब तपाईंको मोबाइल अनुभव सिधै तपाईंको कम्प्युटर वा ल्यापटपमा प…
अमेरिकामा हाम्रो पात्रो रेमिटको सेवा पुन: सुरू
मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा 'हाम्रो पात्रो रेमिट' पुनः सुरु गरेको छ। यससँगै अब अमेर…