अपडेट
एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, ८ जीबीसम्म बोनस डेटा पाउन सकिने
एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् । ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन् ।
यो अफर बिहीबार (फागुन १५) देखि लागू भएको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैं अन रिन्यूअल प्याक हालैमात्र संचालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो । यो बोनस अफर एष्ट्रिक्स१२३ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूको लागि मात्र मान्य हुनेछ ।
‘म्याजिक रिसोर्सेज’ बोनस अफर अन्तर्गत, सधैं अन रिन्यूअल प्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्छन् ।
उदाहरणका लागि, रु. ७९९ को होम एन्ड अवे रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने २८ दिनको समयावधि भएको मुख्य सेवा ६५ जीबी डेटा बाहेक ८ जीबी डेटा वा २०० मिनेट अन–नेट टक टाइम वा २०० अन–नेट एसएमएस बोनस रूपमा प्राप्त गर्दछन् ।
यस अफरअन्तर्गत समावेश सधैं अन रिन्यूअल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम, वा १० देखि २०० अन–नेट एसएमएस बोनसका रूपमा पाउँछन् ।
त्यसैगरी सात दिन समयसीमा रहेको रु. २०० को कम्बो प्याकमा, ग्राहकहरूले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस वापत २ जीबी डेटा वा ५० मिनेट अन–नेट टक टाइम, वा १० अन–नेट एसएमएस प्राप्त गर्दछन् ।
त्यस्तै, रु. ४९९ को अनलिमिटेड भ्वाइस रिन्यूअल प्याकमा, ग्राहकहरूले ५ जीबी डेटा वा १०० मिनेट अल नेट टक टाइम, वा १०० अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन् । बोनस स्वरुप पाइने यी सेवा, सुविधाहरुले ग्राहकको अनुभव वृद्धि गर्नुका साथै हरेक सेवा खरिदमा ग्राहकहरुलाई थप लाभ मिल्ने एनसेलले जनाएको छ ।
अपडेट
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम …
युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो
युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । जनवरी २०२५ सम्म प्लेटफर्ममा पोडकास्ट सुन्ने मासिक सक्रि…
न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि
तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो। दाजुले तुलसीपुरको न्यायिक समितिमा  …
इन्स्टाग्राममा अप्रत्याशित रूपमा अनावश्यक र हिंसक सामग्री देखिन थालेपछि प्रयोगकर्ताहरू चिन्तित
थुप्रै इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो फिडमा अचानक नट स्यूटेबल फर वर्क (एनएफएसडब्लु अर्थात अनावश्यक सामग्री) र हि…
डिजिटल वालेटबाट नेपाल टेलिकमका प्रयोगकर्ताले अब न्युनतम ५० रूपैयाँ टपअप गर्नुपर्ने
अब डिजिटल वालेटबाट नेपाल टेलिकमको नम्बरमा न्युनतम ५० रूपैयाँ टपअप गर्नुपर्ने भएको छ ।
…
अब राष्ट्रिय परिचयपत्रबाटै नागरिक एपमा अकाउन्ट भेरिफाइ गर्न सकिने
अब राष्ट्रिय परिचयपत्रबाटै नागरिक एपमा अकाउन्ट प्रमाणीकरण गर्न सकिने भएको छ । नयाँ अपडेटमार्फत नागरिक एपले नयाँ व्यवस्था गर…
नबिल बैंकबाट फोन लोन लिएर ७४ जनाले तिरेनन् कर्जा, ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
नबिल बैंकले फोन लोन लिएर कर्जा नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै ३५ दिनभित्र कर्जा तिर्न सम्प…
टेक्नोका फोनमा अब डीपसीक एलएलएम प्रविधि, दैनिक काम छिटो र सरल गराउने
टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम प्रविधि प्रयोग गरेको छ । यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्र…
माइक्रोसफ्टको म्याजोराना १: टोपोलोजिकल सुपरकन्डक्टर प्रविधिमा आधारित अत्याधुनिक क्वान्टम प्रोसेसर
प्रतिष्ठित टेक कम्पनी माइक्रोसफ्टले आफ्नो नवीनतम क्वान्टम प्रोसेसर म्याजोराना १ को घोषणा गरेको छ । यस चिपसेटले प्रविधि क्षेत्रमा ठूल…
‘कृत्रिम बौद्धिकता प्रयोगका लागि स्पष्ट नीति र कार्ययोजना आवश्यक’
सूचना प्रविधि क्षेत्रमा भइरहेका नवीनतम आविष्कार र मुख्यगरी कृत्रिम बौद्धिकता (एआई)को विकास एवम् प्रयोगका लागि नेपालले स्पष्ट नीति,…
फागुन २५ गते एडब्ल्यूएस वुमन समिट हुँदै, कसरी हुने सहभागी ?
एडब्ल्यूएस युज ग्रुप वुमन इन टेक नेपालले एडब्ल्यूएस वुमन समिट नेपाल २०२५ आयोजना गर्ने भएको छ । प्रविधि क्षेत्रका …
एनसेलको सधैं अन रिन्यूअल प्याक, अनलिमिटेड कनेक्टिभिटीको उत्तम अनुभव
एनसेलले आफ्ना ग्राहकहरुलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय …
चीनमाथि ओपनएआईको कारबाही, सामाजिक सञ्जाल निगरानीमा संलग्न अकाउन्टहरूमा प्रतिबन्ध
चिनियाँ एआई च्याटबोट डीपसीकले अमेरिकामा मच्चाएको हलचलपछि, चीनमाथि अमेरिकी कम्पनीहरूको कडाइ रोकिने छाँटकाँट देखिएको छैन् ।…
एन्ड्रोइड १६: मे २०२५ पछि सार्वजनिक हुने, यी स्मार्टफोनहरूले पहिलो अपडेट पाउनेछन्
गूगलले आफ्नो वार्षिक डेभलपर कार्यक्रम गूगल आई/ओ २०२५ को घोषणा गरिसकेको छ । यस अन्तरालमा कम्पनीले आफ्नो मोबाइल सञ्चालन प्रणाली (अ…
एप्पलले चाँडै नै ल्याउँदै छ आफ्नो पहिलो फोल्डेबल आईफोन, के के हुन सक्छन् फिचर ?
एप्पलले चाँडै नै आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गर्न सक्ने भएको छ । कम्पनीले यसका लागि आफ्नो तयारी पूरा गरिसकेको छ ।…