अपडेट
नेपाल टेलिकमको अनलाइन केवाईसी अपडेट परीक्षण सुरू
नेपाल टेलिकमले अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ गरेको छ । जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको कम्पनीमा रहेको ग्राहक विवरण क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्यको मंगलबार परीक्षण शुभारम्भ गरिएको हो ।
दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको हो । सो सम्बन्धी परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा गरे ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत मातन्छेले नेपाल टेलिकमको सेवालाई ग्राहकमैत्री बनाउनमा यसले भूमिका खेल्ने अपेक्षा गरिन्। यस्तै यादवले थोरै समयमा धेरै कार्य सम्पन्न हुन गई कम्पनीको उत्पादकत्वमा समेत प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रूपान्तरण, पेपरलेस वर्क र डाटा अद्यावधिक कार्य गर्नका लागि यसले सहयोग पुग्ने अपेक्षा गरे ।
टेलिकमका अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा रहेको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्ने छन् । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।
हाल पहिलो चरणको परीक्षणको क्रममा क्युआर कोडबाट स्क्यान गर्न सकिने अवस्था भएको र भविष्यमा नेपाल टेलिकमको वेबसाइट वा एपबाट समेत ग्राहक विवरण भर्न सकिने व्यवस्था हुनेछ ।
पहिलो चरणमा दूरसञ्चार कार्यालय, सुन्धाराबाट परीक्षण प्रारम्भ गरिएको र सो परीक्षणको सफलता पश्चात क्रमशः काठमाडौँ उपत्यकाका अन्य कार्यालय र उपत्यका बाहिरका कार्यालयहरूमा समेत यो सुविधा उपलब्ध हुनेछ ।
अपडेट
ओपनएआईले स्क्रिनरहित एआई डिभाइस ल्याउने तयारी, आइफोनको विकल्प बन्ने दाबी
मोबाइल फोनको दुनियाँमा ठूलो परिवर्तन हुनसक्ने सम्भावना छ। एआईको दिग्गज कम्पनी ओपनएआई ओहिले सफ्टवेयरपछि हार्डवेयर दुनियाँमा पाइला चाल्ने तयारीमा छ।
…ब्राउजर फिङ्गरप्रिन्टिङले अनलाइन गोपनीयता जोखिममा, यसरी जोगिनुहोस्
जब तपाईं इन्टरनेटमा केही हेर्नुहुन्छ, तब तपाईंको ब्राउजर केही जानकारी वेबसाइटको सर्भरमा पठाउँछ। यस जानकारीमा तपाईंको आईपी एड्रेस, ब्राउजरको नाम, यसको भर्ज…
प्लाउडको नयाँ एआई नोटटेकर ‘नोटपिन एस’ सार्वजनिक
हार्डवेयर निर्माता प्लाउडले उपभोक्ता इलेक्ट्रोनिक्स शो (CES) २०२६ अघि नयाँ एआई नोटटेकर प्लाउड नोटपीन एस र डिजिटल मिटिङका लागि ड…
आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चारमन्त्री जगदीश खरेलको अन्तर्क्रिया
इन्ड्राइभ आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अन्तर्क्रिया गरेका छन्। आइतबार सञ्चार तथ…
ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता
नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ख…
खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटीएमबाट रकम निकाल्न पाउने
खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटीएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र ख…
भेनेजुएलाका नागरिकलाई स्टारलिंकको निःशुल्क इन्टरनेट सेवा
स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले भेनेजुएलाका नागरिकलाई फेब्रुअरी ३ सम्म निःशुल्क ब्रडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन…
साइबर आक्रमणमार्फत विद्युत् आपूर्ति बन्द गराएर अमेरिकाले थालेको थियो भेनेजुएलामा सैन्य कारबाही
अमेरिकाले भेनेजुएलाको राजधानी काराकासमा सैन्य कारबाही गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको छ।
स्टारलिंकले ४४ सय उपग्रहको कक्ष तल झार्दै, टक्करको जोखिम घटाउने
स्टारलिंकले यस वर्ष करिब ४ हजार ४०० उपग्रहको कक्ष तल झार्ने घोषणा गरेको छ । कम्पनीका इन्जिनियरिङ उपाध्यक्ष माइकल निकोल्सका अनुसार…
प्रतिबन्ध हुँदा समेत रोकिएन क्रिप्टो कारोबार, खरिदका लागि डलर कार्ड पनि प्रयोग
नेपालमा क्रिप्टोकरेन्सी तथा भर्चुअल एसेट प्रयोग कानुनी रूपमा प्रतिबन्धित रहे पनि यसको कारोबार रोकिएको छैन। नेपाल राष्ट्र बै…
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विका…
विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु
अध्यागमन विभागले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको डिजिटल माध्यमबाट ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालल…
टिङटिङले सार्वजनिक गर्यो चार एआई प्रडक्ट, बदल्दैछ सञ्चारको परिभाषा
एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङ चारवटा नयाँ प्रडक्ट…
कर्णालीका तीन जिल्लामा ८६ ओटा टेलिकमका टावर विस्तार
ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका…
टिकटकमा नेपालीहरूले सबैभन्दा बढी के खोज्छन् ?
टिकटकले सन् २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची आज सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताह…