अपडेट
एआईको विस्तारसँगै बाल अनलाइन सुरक्षामा चुनौती बढ्दो
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै बालबालिका तथा युवा वर्गको अनलाइन सुरक्षामा चुनौती थपिँदै गएको सरोकारवालाहरूले औंल्याएका छन्। यही सन्देशका साथ आज २०८२ माघ २७ गते (१० फेब्रुअरी २०२६) विश्वभर ‘स्मार्ट प्रविधि, सुरक्षित छनोटहरू – एआईको सुरक्षित र जिम्मेवार प्रयोगको खोज’ भन्ने मूल नारामा सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ।
सुरक्षित इन्टरनेट दिवस हरेक वर्ष फेब्रुअरी महिनामा मनाइने अन्तर्राष्ट्रिय अभियान हो, जसले बालबालिका तथा युवालाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र सकारात्मक प्रयोगतर्फ प्रेरित गर्दै अनलाइन सुरक्षाबारे व्यापक संवाद अघि बढाउने उद्देश्य राख्दछ। यस अवसरमा युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, कानुन कार्यान्वयन निकाय, निजी क्षेत्र र नीतिनिर्माताबीच सुरक्षित इन्टरनेट निर्माणका लागि सहकार्यको आवश्यकता औंल्याइन्छ।
नेपालमा बाल अनलाइन सुरक्षा क्षेत्रमा कार्यरत संस्था चाइल्डसेफनेटले सुरक्षित इन्टरनेट दिवसको राष्ट्रिय सचिवालयको भूमिका निर्वाह गर्दै आएको छ। चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीका अनुसार एआई प्रविधि बालबालिकाको दैनिकीको हिस्सा बन्दै जाँदा सुरक्षालाई प्राथमिकतामा राख्नु अनिवार्य भइसकेको छ।
“एआईले बालबालिकालाई सशक्त बनाउनुपर्छ, जोखिममा पार्न होइन,” उनले भने, “यस वर्षको एआई–केन्द्रित सन्देशले सरकार, प्रविधि कम्पनी, शिक्षक र परिवारलाई बालबालिकाको अधिकार, संरक्षण र समग्र कल्याणलाई प्रविधिको डिजाइन र निर्णय प्रक्रियाको केन्द्रमा राख्न आह्वान गर्दछ।”
विशेषज्ञहरूका अनुसार बालबालिका तथा युवा वर्ग हाल अनलाइन यौन दुर्व्यवहार तथा शोषण, साइबर बुलिङ, ग्रूमिङ, फिसिङ तथा एआईको दुरुपयोगबाट उत्पन्न जोखिमको सामना गरिरहेका छन्।
यी चुनौतीको सामना गर्न सुरक्षित प्रविधि विकास, डिजिटल साक्षरता शिक्षा तथा सहयोग प्रणालीमा दीर्घकालीन लगानी आवश्यक रहेको उनीहरूको भनाइ छ। साथै, बालबालिकाले प्रयोग गर्ने डिजिटल प्लेटफर्मको विकास प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
एआईद्वारा सिर्जित सामग्रीसँग सम्बन्धित अनलाइन बाल यौन शोषणका उजुरीहरू पछिल्लो समय तीव्र रूपमा बढिरहेको तथ्यांकले देखाउँछ। अमेरिकास्थित नेशनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेन (NCMEC) का अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा एआई–सम्बन्धित सामग्रीका ४ लाख ४० हजारभन्दा बढी उजुरी साइबरटिपलाइनमा दर्ता भएका छन्। यो संख्या सन् २०२४ को सोही अवधिमा दर्ता भएका ६ हजार ८३५ उजुरीको तुलनामा अत्यन्तै उच्च हो।
यसले एआई उपकरणहरूको दुरुपयोग तीव्र गतिमा बढिरहेको र प्रविधि नीति तथा सुरक्षात्मक उपायभन्दा डिजिटल वातावरण छिटो परिवर्तन भइरहेको संकेत गर्ने सरोकारवालाहरूको भनाइ छ। उनीहरू बालबालिकाको सुरक्षा सुनिश्चित गर्न ‘सेफ्टी–बाइ–डिजाइन’ दृष्टिकोण, कडा नियमन र समन्वित कार्य तत्काल आवश्यक रहेको बताउँछन्।
सुरक्षित इन्टरनेट दिवस आज मनाइए पनि, अनलाइन सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू वर्षभर सञ्चालन गरिने चाइल्डसेफनेटले जनाएको छ। संस्थाका अनुसार देशका विभिन्न भागमा अभिभावक, शिक्षक तथा युवालाई लक्षित गरी डिजिटल सुरक्षा सचेतना कार्यक्रमहरू आयोजना गरिनेछन्।
अपडेट
स्टारलिंकले डायरेक्ट-टु-फोन सेवा ल्याउने तयारी? स्पेसएक्सको नयाँ योजनाबारे खुलासा
स्पेसएक्सको स्टारलिंक ब्रडब्यान्ड कनेक्सिभिटीभन्दा पर गई डायरेक्ट-टु-फोन जस्ता नयाँ सर्भिस सुरु गर्न तयार हुँदैछ। एउटा रिपोर्टअनुसार…
मोबाइल ब्याट्री मुखमा राख्नु कति खतरनाक? भाइरल भिडियोपछि विशेषज्ञको चेतावनी
एक्समा भाइरल भिडियोमा एक व्यक्तिले मोबाइल फोनको खराब वा फुलेको ब्याट्री मुखमा राखेर दाँतले थिचिरहेको देखिन्छ। सोही क्रममा ब्याट्…
हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का नियुक्त
विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्…
गुगलले एप्पलको एयरड्रपसँग मिल्ने फाइल सेयर सुविधा विस्तार गर्ने, थप एन्ड्रोइड उपकरणमा उपलब्ध हुने
गुगलले एप्पलको एयरड्रप प्रणालीसँग मिल्ने दुईतर्फी फाइल आदान–प्रदान सुविधालाई सन् २०२६ देखि थप एन्ड्रोइड उपकरणमा विस्तार गर्न…
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध
आउँदो प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शुक्रबार बस…
‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली कम्पनी टिङटिङ, विश्वमञ्चमा नेपालको प्रविधि क्षमता प्रदर्शन
विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलनमध्ये एक मानिने ‘वेब समिट कतार २०२६’ मा सहभागी हुँदै नेपाली एआई कम्पनी …
माई मार्टले सुरु गर्यो अनलाइन किनमेल सेवा, अर्डर गरेकै केही मिनटमै घरमै सामान आइपुग्ने
माई मार्टले आफ्नो सेवा विस्तार गर्दै उपभोक्तामैत्री अनलाइन किनमेल सेवा सुरु गरेको छ। नयाँ मोबाइल एप ‘माई मार्ट – ड…
टिग कन्फेरेन्स २०२६: अकाउन्टिङलाई प्रविधिमैत्री र डेटामुखी बनाउने विषयमा विमर्श
अकाउन्टिङ र व्यवसाय अभ्यासमा केन्द्रित ‘टिगकन २०२६’ माघ १८ गते ललितपुरको पुलचोकस्थित हिमालय होटलमा सम्पन्न भएको छ।&…
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोललाई तोक…
नासाका अन्तरिक्षयात्रीले अब अन्तरिक्षमा स्मार्टफोन लैजान पाउने
अब नासाका अन्तरिक्षयात्रीहरूले अन्तरिक्षमा रहँदा आफ्नै स्मार्टफोन प्रयोग गर्न पाउने भएका छन्। नासाले पहिलो पटक यस्तो अनुमति दिँदै C…
नेपाल–भारत स्टार्टअप संवादले द्विपक्षीय स्टार्टअप सहकार्य सुदृढ गर्ने निक्कीको भनाइ
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपाल–भारत स्टार्टअप संवादमार्फत नीति–निर्माताहरू, नवप्रवर्तन क्षेत्रक…
काठमाडौं उपत्यका खानेपानीको भुक्तानी प्रक्रिया अब डिजिटल प्रणालीबाट, एनसीएचएलसँग सहकार्य
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल) सँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्…
फोटोन धनगढीमा: क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार
फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै “Strengthening Customer Trust Through …
आउँदो चुनावको घोषणापत्रमा ‘डिजिटल एजेन्डा’ विषयमा छलफल
आउँदो चुनावको घोषणापत्रमा डिजिटल एजेन्डाको विषयमा राजधानीमा छलफल भएको छ । आइसिटी फाउन्डेसन नेपालले आगामी निर्वाचनलाई लक्षित …
नक्कली चुनावी घोषणापत्र आएपछि वर्षमानले दिए निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का न…