कीवर्डहरू -

अपडेट

नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेशन्स

नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदारकोरुपमा साझेदारी गर्ने भएको छ । 

आगामी २०८२ साल बैशाख महिनाको ७ गते काठमाण्डौंमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे शुक्रबार वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडकातर्फबाट अध्यक्ष दिलिप अग्रवाल र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्वर अर्फ कमर्ष ( एनसिसि ) नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई )को आयोजना रहने सम्मेलनमा बिभिन्न मन्त्रालय र स्थानीय तहहरु, निजि क्षेत्र र अन्तराष्ट्रिय साझेदार निकायहरुले सम्मेलनमा साझेदारी गर्ने छन् । 

वर्ल्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दिलिप अग्रवालले स्टार्टअप, इनोभसन र सुचना, प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए ।  राष्ट्रियस्तरमा आयोजना हुने यसखाले सम्मेलनले सरकारको नीति निमार्णमा सहजिकरण र निजिक्षेत्र मैत्री बातावरण निमार्णमा सहयोग पुग्ने उनको भनाइ छ । 

त्यसैगरी नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले सम्मेलनमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷संचालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुसहित करिब ५ सयभन्दा बढीको सघन सहभागिता रहने जानकारी दिए । 

‘इकोनोमी फर अ सस्टेनेबल एण्ड रेजिलेन्ट फ्युचर’ भन्ने मुल नाराका साथ आयोजना हुने यो बर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग÷व्यवसायीक तथा अधिक संभावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित विषय÷क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ÷विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकोवीचमा सघन छलफल, बहस तथा अन्तरक्रिया गरिने र उक्त बहस सत्रहरुबाट प्राप्त हुने दुरगामी महत्वका बहुपयोगी सुझावहरु समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ ।

अपडेट

एनसेल नेपाल सुपर लिग: खेल तालिका सार्वजनिक, पहिलो दिन भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएनसल) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेस्रो  सिजनको खेलता…

पाँच महिनामै गूगल प्ले स्टोरबाट ट्रिप टर्बो एप १ लाख बढी डाउनलोड, विशेष छुट र गिभअवे घोषणा

सार्वजनिक भएको पाँच महिनामै ट्राभल मार्केटप्लेस एप ट्रिप टर्बो

सुरक्षाका लागि आवश्यक छ आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट

एप्पलले गत हप्ता आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट जारी गरेको थियो । यो अपडेट प्रयोगकर्ताहरूका लागि निकै महत्त्वपू…

लाखौंले प्रयोग गर्छन् यी कमजोर पासवर्ड, तपाईले पनि गर्नुभएको छ भने तत्काल परिवर्तन गर्नुहोस्

आजको डिजिटल युगमा, हामी सबैले पासवर्डहरू प्रयोग गरेर आफ्नो व्यक्तिगत डेटा र गोपनीयताको सुरक्षा गर्छौँ ।

हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस

हुवावे नेपालले  महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अन्तर्राष्ट्रिय महिला …

नेपालका १२५ भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ।

ग्लोबल आइएमई बैंकको योजना, अनलाइनबाट भाषा परीक्षा शुल्क तिर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०…

काठमाडौँ महानगरपालिकामा चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस हुने

काठमाडौँ महानगरपालिकाले चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस गर्ने भएको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन का…

नयाँ म्याकबुक एयर र आइप्याड सार्वजनिक गरेपछि एप्पलले बजारबाट हटायो पुराना मोडेलहरू

एप्पलले हालै १५ इन्च स्क्रिनसहित नयाँ म्याकबुक एयर सार्वजनिक गरेको छ । साथै, एप्पलले नयाँ आइप्याड र आइप्याड एयर पनि प्रस्तुत गरेको…

ह्वावे डिजिटल पावर नेपाल र सिएनआईको सौर्य पीभी र ऊर्जा भण्डारणमा दिगोपन संवाद

ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाड…

वित्तीय प्रणाली सुरक्षित बनाउन सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता

ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलो…

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने

नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाज…

विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप ‘इन्ड्राइभ’

४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग…

माइक्रोसफ्टले इन-हाउस एआई मोडेल विकास गर्दै, ओपनएआईमा निर्भरता घटाउने तयारी

माइक्रोसफ्ट आफ्नै इन–हाउस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू तयार गर्दैछ । कम्पनीले ओपनएआईलाई टक्कर दिन र य…

अमेरिकी न्याय विभागको कडा पहल: गूगललाई क्रोम ब्राउजर बेच्नुपर्ने माग

अमेरिकी न्याय विभाग (डिओजे) ले गूगलको एकाधिकार कम गर्न अदालतसँग आग्रह गर्दै गूगललाई आफ्नो वेब ब्राउजर क्रोम बेच्नुपर्ने माग गरेक…