कीवर्डहरू -

अपडेट

एलन मस्कद्वारा ग्रोक ३ सार्वजनिक: आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ युगको सुरुवात

एक्स र स्पेसएक्स जस्ता कम्पनीका मालिक एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा हलचल मच्चाएका छन् । मस्कले पृथ्वीको सबैभन्दा स्मार्ट आर्टिफिसियल इन्टेलिजेन्स प्रस्तुत गरेका छन् । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले नयाँ र अझ बढी उन्नत आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट ‘ग्रोक ३’ सार्वजनिक गरेको छ ।

डेमो कार्यक्रमका क्रममा मस्कले भने, “हामी ग्रोक ३ प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौं । यो हाम्रो हिसाबले ग्रोक २ भन्दा धेरै सुधारिएको छ । यसलाई विकास गर्न निकै कम समय लागेको छ ।“

मस्कले आफ्नो टोलीको प्रशंसा गर्दै भने, “एक उत्कृष्ट टोलीसँग काम गर्न पाउँदा मलाई गर्व लागेको छ ।“ ग्रोक ३ को डेमो कार्यक्रममा करिब १,००,००० जना सहभागी थिए । यस क्रममा एक्सएआईले केही मूल्याङ्कन नतिजा देखाएको थियो, जसमा ग्रोक ३ ले जेमिनी २ प्रो, डीपसिक ३ र च्याटजीपीटी ४.० लाई पछि पारेको थियो, विशेष गरी विज्ञान, कोडिङ र गणितका मामिलामा।

मस्कले आफ्नो च्याटबटको नाम ’ग्रोक’ राख्नुको कारण पनि खुलासा गरे । यो शब्द रोबर्ट हाइनलिनको पुस्तक ’स्ट्रेन्जर इन ए स्ट्रेन्ज ल्यान्ड’ बाट लिइएको हो । पुस्तकमा एक पात्रले यो शब्द प्रयोग गर्छ, जुन मंगल ग्रहमा हुर्किएको हुन्छ ।

मस्कका अनुसार, “यसको अर्थ कुनै कुरालाई पूर्ण रूपमा र गहिरो रूपमा बुझ्नु हो ।“ उनले थपे कि ’ग्रोक’ शब्द गहिरो बुझाइको प्रतीक हो, जुन ग्रोक कृत्रिम बुद्धिमत्ताका लागि अत्यन्त आवश्यक पक्ष हो ।
एक्सएआईका अधिकारीहरूले बताए कि “हामीले छिटो ग्रोक ३ सार्वजनिक गर्नुपथ्र्यो, त्यसैले केवल चार महिनामै आफ्नै डेटा केन्द्र निर्माण ग¥यौं ।"

कम्पनीका अनुसार, पहिलो १,००,००० ग्राफिक्स प्रशोधन एकाइ (जीपीयू) सक्रिय गर्न १२२ दिन लागेको थियो, जुन निकै ठूलो प्रयास थियो । त्यसपछि, कम्पनीले आफ्नो एच१०० समूह क्षमतालाई दोब्बर बनाउने निर्णय ग¥यो र यो केवल ९२ दिनमै सम्पन्न ग¥यो ।

एक्सएआईले भने कि “हामीले सम्पूर्ण गणनात्मक शक्ति प्रयोग गर्दै उत्पादनलाई लगातार सुधार ग¥यौं ।“ ग्रोक ३ को सार्वजनिक घोषणा एलन मस्कको ठूलो कदम मानिएको छ ।
ग्रोक ३ को सार्वजनिक घोषणा त्यस समयमा भयो, जब ओपनएआईका प्रमुख साम अल्टम्यान र एलन मस्कबीच तिखो द्वन्द्व चलिरहेको थियो ।

केही दिन अघि मस्कले ओपनएआई किन्न प्रस्ताव राखेका थिए, तर कम्पनीले त्यसलाई अस्वीकार ग¥यो र उल्टै मस्कलाई एक्स बेच्ने प्रस्ताव ग¥यो ।

यसैबीच, गत महिना चीनको डीपसिक कृत्रिम बुद्धिमत्ताले पनि विश्वभर तहल्का मच्चाएको थियो । यसको सार्वजनिक घोषणापछि प्रविधि कम्पनी एनभिडियाका सेयरहरूमा भारी गिरावट आएको थियो ।

कसरी गर्ने प्रयोग?

हाल सबै प्रयोगकर्ताहरूका लागि ग्रोक ३ उपलब्ध छैन, तर ग्रोक २ को प्रयोग गर्न सकिन्छ। तपाईं एक्समा गएर यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यसको लागि एक्समा रहेको खोज आइकनको छेउमा ग्रोक एक्सआईमा ट्याप गर्नुपर्छ। त्यस्तै, ब्राउजरमा गएर ग्रोक खोज गरेर पनि यसमा पहुँच गर्न सकिन्छ। यसलाई प्रयोग गर्न पहिले साइन इन गर्नुपर्नेछ।

एक्सएआईका अनुसन्धानकर्ताहरूका अनुसार ग्रोक ३ को कार्यक्षमता अन्य कृत्रिम बुद्धिमत्ता मोडेलहरूभन्दा निकै अगाडि छ। यहाँसम्म कि यसको सानो संस्करण ग्रोक ३ मिनी पनि उच्च स्तरमा प्रतिस्पर्धा गरिरहेको छ।

कम्पनीका अनुसार, यदि तपाईं ग्रोक ३ प्रयोग गर्दै हुनुहुन्छ भने, हरेक दिन यसमा नयाँ परिवर्तनहरू देख्न सक्नुहुन्छ, किनभने हामी लगातार मोडेललाई सुधार गर्दैछौं। सम्भवतः २४ घण्टाभित्र नै केही नयाँ परिवर्तनहरू देख्न सक्नुहुन्छ।

आफ्नै डेटा केन्द्र निर्माण

एक्सएआईका अधिकारीहरूले भने, "हामीले ग्रोक ३ छिटो सार्वजनिक गर्नुपर्थ्यो, त्यसैले केवल चार महिनामै आफ्नै डेटा केन्द्र निर्माण गर्यौं।"

कम्पनीका अनुसार, पहिलो १,००,००० ग्राफिक्स प्रशोधन एकाइ (जीपीयू) सञ्चालनमा ल्याउन १२२ दिन लागेको थियो, जुन निकै ठूलो प्रयास थियो। त्यसपछि, हामीले हाम्रो एच१०० क्लस्टर क्षमता दोब्बर बनाउने निर्णय गर्यौं र केवल ९२ दिनमै सफलतापूर्वक पूरा गर्यौं।

एक्सएआईले भने, "हामीले सम्पूर्ण गणनात्मक शक्ति प्रयोग गर्दै उत्पादनलाई लगातार सुधार गर्यौं।" ग्रोक ३ को सार्वजनिक घोषणा एलन मस्कको ठूलो उपलब्धि मानिएको छ।

 

अपडेट

डेढ अर्ब बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ

नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत रु डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन्।

भैरव टेक्नोलोजीले सार्वजनिक गर्‍यो ट्राइडेन्ट जीआरसी प्लेटफर्म

भैरव टेक्नोलोजीले ट्राइडेन्ट जीआरसी प्लेटफर्म सार्वजनिक गरेको छ ।

छैठौं वार्षिकोत्सवको अवस…

अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा ‘सूचना प्रविधिमा महिलाको अवस्था’ अनुसन्धान प्रतिवेदन सार्वजनिक

मेटाले समुद्रमुनि ५० हजार किलोमिटरभन्दा लामो फाइबर केबल बिछ्याउँदै, पाँच महादेशलाई जोड्ने

मेटाले ‘प्रोजेक्ट वाटरवर्थ’ नामक ५० हजार किलोमिटरभन्दा लामो समुद्री केबल निर्माण गर्न लागेको पुष्टि लागेको छ । यसले…

एआई नीति सुधारका लागि क्यान महासंघले सरकारलाई बुझायो यस्ता रणनीतिक सुझाव

नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)…

यूट्युब शर्ट्समा वेओ २ एआई, टेक्स्टबाटै भिडियो निर्माण गर्न सकिने

यूट्युब शर्ट्सले अब वेओ २ एआई मोडेलको समर्थन गर्ने भएको छ । यो सुविधा केही दिनअघि मात्र सार्वजनिक गरिएको हो ।

इन्स्टाग्राममा आउँदैछ डिसलाइक बटन, अब मन नपरेको पोष्ट डिसलाइक गर्न सकिने

इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई प्रायः यो एउटा गुनासो हुने गर्छ ।  उनीहरू कुनै पोस्टलाई लाइक त गर्न सक्छन्, तर यदि कुनै सामग्री…

प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष स…

दक्षिण कोरियामा डिपसिक डाउनलोड गर्न प्रतिबन्ध

दक्षिण कोरियाले चिनियाँ एआई एप डिपसिकलाई एप स्टोरबाट डाउनलोड गर्न शनिबारदेखि अस्थायी प्रतिबन्ध लगाएको छ । चिनियाँ कम्पनीले प्रय…

एआई नीति २०८१ प्रभावकारी बनाउन विज्ञ संस्थाहरूको सुझाव

काठमाडौं । राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८१ लाई थप प्रभावकारी बनाउनका लागि तीन विज्ञ संस्थाहरूले सरकारलाई महत्…

आईएमई पे र खल्ती मर्ज हुँदै, नयाँ नाम ‘आईएमई खल्ती’ राखिने

आईएमई पे र खल्ती डिजिटल वालेट एक आपसमा मर्ज हुने भएका छन् । मर्जरका लागि आईएमई पे र खल्तीबीच सम्झौता भएको हो । 

<…

पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?

डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्‍हो हुन्छ ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको चुनौती र सम्भावना विषयमा अनुसन्धान सार्वजनिक गरिँदै

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको चुनौती र सम्भावना विषयक अनुसन्धान सार्वजनिक गरिँदै
अन्तर्राष्ट्रिय महिला…

विश्वका एआई नेतृत्वकर्ताहरुले एआईको प्रयोग के कार्यका लागि गर्छन्?

तपाईं सोच्न सक्नुहुन्छ कि शीर्ष एआई सर्जगहरुले आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग धेरै जटिल तरिकाले गर्छन्, तर आवश्यक छैन कि यो सधैं…

एन्ड्रोइड १६ सार्वजनिक हुने मिति नजिकिँदै, कुन-कुन स्मार्टफोनमा अपडेट उपलब्ध हुनेछ?

गूगलले आफ्नो वार्षिक विकासकर्ता कार्यक्रम गूगल आई/ओ २०२५ को घोषणा गरिसकेको छ । यस कार्यक्रमका अन्तरालमा कम्पनीले आफ्नो मोबाइल सञ्च…