कीवर्डहरू -

अपडेट

विश्वकै सानो पेसमेकर विकास: इन्जेक्सनबाटै राख्न सकिने, प्रकाशबाट चल्ने

अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका इन्जिनियरहरूले विश्वकै सबैभन्दा सानो पेसमेकर विकास गरेका छन् । यो पेसमेकर यति सानो छ कि जुन सिरिन्जको टुप्पोभित्र अटाउँछ । 

यसको मतलब, यो पेसमेकर सजिलै इन्जेक्सनमार्फत शरीरमा राख्न सकिन्छ, जसले गर्दा बिरामीहरूलाई अपरेशनको पीडा भोग्नु नपर्न सक्छ ।

यो पेसमेकर सुरक्षित रूपमा रक्तप्रवाहमा घुलिन्छ, त्यसैले यो स्थायी नभई अस्थायी समाधान हो । यो खासगरी ती बिरामीहरूका लागि डिजाइन गरिएको हो, जसलाई अल्पकालीन रूपमा मुटुको सहायताको आवश्यकता पर्छ – जस्तै जन्मजात मुटु दोष भएका नवजात शिशुहरू । 

तर यो कुनै पनि उमेर वा मुटुको आकारसँग मिल्न सक्छ । यो पेसमेकर प्रकाशबाट सञ्चालित हुन्छ, जुन साँच्चै नै रोमाञ्चक कुरा हो । यो एउटा वायरलेस पहिरनयोग्य डिभाइससँग जोडिन्छ जुन बिरामीको छातीमा राखिन्छ । यो डिभाइसले मुटुको अनियमित धड्कन महसुस गरेपछि प्रकाश झल्किने छ, जसले पेसमेकरलाई सक्रिय गर्नेछ । यो प्रकाश छाला, हड्डी र मांसपेशीभित्रसम्म पुग्न सक्छ ।

यद्यपि यो पेसमेकर केवल एक मिलिमिटर बाक्लो छ, यसले पूर्ण आकारको पेसमेकरजत्तिकै शक्तिशाली रूपमा काम गर्न सक्छ । यो प्रविधिले मानव र जनावर दुवैको मुटुमा सफल परीक्षण पार गरिसकेको इन्जिनियरहरूको भनाइ छ । उनीहरूका अनुसार यसको मुख्य उद्देश्य बालबालिकाको उपचारमा हो ।

नर्थवेस्टर्नका प्रयोगात्मक मुटरोग तथा यस अध्ययनको सह-नेतृत्वकर्ता डाक्टर इगोर एफिमोभले प्रत्येक सयजना बच्चामध्ये करिब एकजनामा जन्मजात मुटु समस्या हुने बताए । उनले अगाडि भने, ‘अपरेशनपछि मात्र केही दिनको लागि पेसिंग आवश्यक हुन्छ । अब हामीले सानो पेसमेकर राखेर बिना थप सर्जरी सजिलै उपचार गर्न सक्नेछौं।’

यो डिभाइस विकासको सह-नेतृत्वमा जोन रोजर्स पनि थिए, जो जैविक प्रविधिको क्षेत्रमा प्रसिद्ध नाम हो । उनले यसअघि इनभिजिबिलिटी क्लोक, स्वास्थ्य ट्र्याक गर्ने ट्याटु, र शरीरमै घुल्ने सर्किट जस्ता अद्भुत आविष्कारहरू गरेका छन् ।

भविष्यमा धेरै पेसमेकरहरू एकसाथ इन्जेक्ट गरेर मुटुको विभिन्न भागहरूलाई अलग–अलग तरिकाले सिंक्रोनाइज गर्न सकिने उनको सोच छ ।

यसले मुटुको धड्कन सुधार्न, दुखाइ रोक्न र घाउ भरिन समेत सहयोग गर्न सक्ने समेत उनको भनाइ छ । यो प्रविधि केवल पेसिंगको लागि नभई पुरै चिकित्सा क्षेत्रको भविष्यलाई बदल्न सक्ने सामर्थ्य राख्ने छ ।
 

अपडेट

१९७४ एडीको अन्तिम कन्सर्ट शनिबार, टिकट इसेवाबाट किन्न सकिने

नेपालको प्रसिद्ध रक ब्यान्ड, १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट “रक यात्रा २” को आयोजना गर्न लागेको छ । तीन दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा योग…

माइक्रोसफ्टले सन् २०२५ देखि विन्डोज १० को सपोर्ट बन्द गर्ने

यदि तपाईंसँग पुरानो विन्डोज १० ल्यापटप छ भने, अपग्रेड गर्न आवश्यक हुन सक्छ । टेक कम्पनी माइक्रोसफ्टले घोषणा गरेको छ कि यसको पुरा…

जिब्ली शैलीको इमेज ट्रेन्ड: लोकप्रियतासँगै साइबर अपराधको जोखिम बढ्दै

अहिले हरेकजसो मानिस जीब्ली शैली (Ghibli Style) मा आफ्ना तस्बिरहरू बनाइरहेको छ। सुरुवातमा यति धेरै जिब्ली स्टाइल इमेजहरू…

टिकटक प्रतिबन्धको समय नजिकिँदै, कसले खरिद गर्ला अमेरेकी स्वामित्व ?

अमेरिकामा छोटो भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउने मिति नजिकिँदै गर्दा टेक कम्पनीहरूबीच यसलाई किन्ने प्रतिस्पर्धा तीव्र हुँदै गए…

विद्यार्थीलाई निःशुल्क रूपमा नोट्स तथा किताब उपलब्ध गराउने अनलाइन प्लेटफर्म ‘ईनोट्स नेपाल’

विद्यार्थीलाई अनलाइनबाटै नोट्स तथा किताब निःशुल्क उपलब्ध गराउने प्लेटफर्म हो,

एनसेलले ल्यायो आकर्षक एनएसएल अफर, सधैं अन रिन्युअल प्याकमा दोब्बर डेटा पाइने

हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरु अन्…

टिकटकको अमेरिकी स्वामित्व किन्न अमेजन पनि इच्छुक

अमेजन पनि टिकटकको अमेरिकी स्वामित्व किन्न इच्छुक देखिएको छ । टिकटक बिक्री गर्नुपर्ने समयसीमा नजिकिदै गर्दा अमेजन पनि सम्बावित खर…

एमबैंकमा थपियो इन्टरअपरेबल क्यूआर सेवा, अब जुनसुकै क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

एमबैंकले इसेवा रेमिट, समसारा, आईएमई रेमिट, सिटी रेमिट, मिस्ड कल बैंकिङ र इन्टरअपरेबल क्यूआर सेवा शुभारम्भ गरेको छ । ६८ औं र…

एनएसएलको हरेक गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने एनसेलको प्रतिवद्धता

हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्ध…

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकलाई चीनमा ४ वटा अवार्ड

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डि…

दुर्गेश थापाको काठमाडौँमा लाइभ कन्सर्ट हुँदै, खल्ती र आईएमई पेबाट टिकक लिन सकिने

गायक दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुने भएको छ ।

यही वैशाख १८ गते हाया…

एउटाबाट अर्को आईएमई पे प्रयोगकर्तालाई दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने

आईएमई पेबाट आईएमई पेमा दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने भएको छ । चैत २० गतेदेखि यो नियम लागु भएको छ । <…

कनेक्ट आईपीएसबाट हुने ५०० रूपैयाँसम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरु डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ एनसीएचए…

अर्डर गरेको २०-३० मिनेटमै सामान डेलिभर गरिदिने फुडमाण्डु वानमार्टको सेवा कहाँ कहाँ छ उपलब्ध ?

व्यस्त सहर काठमाडौंमा दैनिक आवश्यक सामानहरू किनमेल गर्न समय निकाल्नु झन्झटिलो हुन सक्छ । लामो काम गर्ने घण्टा, भीडभाड र पार्किङको…

च्याटजीपीटी १ घण्टामै १० लाख प्रयोगकर्ता थप्न सफल

च्याटजीपीटी १ घण्टामै १० लाख प्रयोगकर्ता थप्न सफल भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले एक्समा पोष्ट गर्दै एक घण्टामा १ मिलियन …