कीवर्डहरू -

अपडेट

अंग्रेजी नयाँ वर्षको अवसरमा दराज नेपालको १.१ सेल, यस्ता छन् छुट र अफरहरू

दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोच सहित दराज १.१ सेल सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल  डिसेम्बर ३१, २०२५ (पुष १६, २०८२) राति ८ बजे सुरु भई जनवरी ५, २०२६ (पुष २१, २०८२) सम्म सञ्चालन  हुनेछ । 

१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्यास सेल, ६०% सम्मको मेगा डिल,  साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्नु हुनेछ । 

यस अभियानमा विशेष साझेदार अफरहरू पनि समावेश छन्। गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६०% सम्मको  छुट उपलब्ध हुनेछ । यसमा एडिदास र रिबक लगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरू समेटिएका छन्। त्यसै गरी,  सिल्भर पार्टनर नाइकका तर्फ बाट ५०% सम्मको छुट उपलब्ध हुनेछ । यसले प्रिमियम ब्रान्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ । 

योसेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ । डिसेम्बर ३१ राति ८ बजेदेखि उपलब्ध गरिने  यी डिलहरु सिमित समय र सिमित स्टकमा उपलब्ध हुनेछन्। साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत सामान्य समय भन्दा कम मूल्यमा अफरहरू पनि उपलब्ध हुनेछन् । यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुट  सहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ ।  

ग्राहकलाई अझ विश्वासका साथ किनमेल गर्न मद्दत पु¥याउने सोचका साथ, “बेष्ट प्राइस” ट्याग भएका  उत्पादनहरूमा विगतमा झैँ यस पटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ । यस अन्तर्गत,  यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा, र योग्यता सर्तहरू समेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।

छुटभन्दा पर, दराज १.१, द नं १ सेलले सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य  लिएको छ । ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न  श्रेणीमा आकर्षक अफरहरू अन्वेषण गर्न सक्नेछन् ।

अपडेट

स्मार्टफोनले तपाईंको हरेक गतिविधि कसरी थाहा पाउँछ ?

तपाईंको फोनले तपाईंको हरेक गतिविधि थाहा पाउँछ भन्ने सुन्दा अचम्म लाग्छ? यसको रहस्य लुकेका साना सेन्सरहरूमा छ।

गएको …

सामसङ इनोभेसन क्याम्पस नेपालको एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न, युवालाई भविष्यमुखी सीप सिकाउँदै

सामसङ इनोभेसन क्याम्पस (SIC) नेपालले डिसेम्बर २७ देखि ३१ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यसै क्रममा नया…

आईटी क्षेत्रलाई विश्व बजारतर्फ ‘पखेटा फैलाउन’ गभर्नर पौडेलको आग्रह, ‘नेपालबाटै संसार जित्न सकिन्छ’

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले पछिल्ला वर्षहरूमा नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्द…

सन् २०२५ मा एआई: नानो बनानादेखि सोरासम्म, प्रविधिमा नयाँ छलाङ

सन् २०२५ मा भएका केही प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) घोषणा र लञ्चहरूले प्रविधिलाई अनुसन्धान प्रयोगशालाबाट बाहिर निकालेर द…

साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी

नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान…

मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षम…

वैज्ञानिकहरूले पत्ता लगाए अनौठो क्रिस्टल, क्वान्टम कम्प्युटिङमा क्रान्ति ल्याउने सक्ने

वैज्ञानिकहरूले भर्खरै यस्तो अनौठो क्रिस्टल पत्ता लगाएका छन् जसले क्वान्टम कम्प्युटिङको दुनियाँमा क्रान्ति ल्याउन सक्छ। यो क्रिस्टलको नाम…

नयाँ शहर बनाउन बिटक्वाइन लगानी गर्दैछ भुटान, नयाँ आर्थिक केन्द्र बनाउने योजना

भूटानले राष्ट्रिय पूर्वाधार र आर्थिक विकासका लागि बिटक्वाइन प्रयोग गर्ने इतिहासमै सबैभन्दा महत्वाकांक्षी कदम चालेको छ। सरकारले आफ्…

चीनको गोप्य ईयूभी चिप मेसिन: पश्चिमी एकाधिकार तोड्ने दिशामा ठूलो कदम

चीनले गोप्य रूपमा आफ्नो पहिलो सेमीकन्डक्टर चिप निर्माण गर्ने ईयूभी (Extreme Ultraviolet) लिथोग्राफी मेसिन को प्रोटोटाइप तयार पा…

टिकटकमा भाइरल भिडियोप्रति यस्तो छ इन्ड्राइभको स्पष्टिकरण

इन्ड्राइभका एक चालकले यात्रुलाई दुर्व्यवहार गरेको आरोपसहित टिकटकमा भाइरल भइरहेको सामग्रीप्रति कम्पनीले आफ्नो आधिकारिक धारणा सार्व…

अब विदेशमा समेत नेपालपे कार्ड चल्ने, डिस्कभरी नेटवर्कसँग सहकार्य

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले डिस्कभरी नेटवर्क सँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, नेपालपे कार्ड, को कमर्शियल रोलआउट शु…

भावनात्मक एआईमाथि चीनको कडाइ: नयाँ नियमको मस्यौदा सार्वजनिक

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीव्र परिवर्तन भइरहेका बेला चीनले उपभोक्ता एआई बजारलाई नियमन गर्ने दिशामा महत्वपूर्ण कदम …

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट चलाउन नपाइने, शेयर र मेन्सनमा पनि रोक

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न नपाइने भएको छ । 

प्रिक्साले अधिग्रहण गर्‍यो एग्रीटेक प्लेटफर्म दैलोकृषि

प्रविधि कम्पनी प्रिक्साले एग्री–टेक प्लेटफर्म दैलोकृषिलाई अधिग्रहण गरेको छ। यो कदमलाई खाद्य मूल्य शृंखलामा दीर्घकालीन र विश्व…

३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता डिशहोम गोबाट हेर्न सकिने

लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुने ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुन…