अपडेट
क्वालकमले सार्वजनिक गर्यो शक्तिशाली मोबाइल चिपसेट स्न्यापड्रागन ८ जेन ५
क्वालकमले आफ्नो नयाँ मोबाइल सिस्टम–अन–ए–चिप (SoC) स्न्याड्रयागन ८ जेन ५ सार्वजनिक गरेको छ। यो सेप्टेम्बरमा सार्वजनिक गरिएको जेन ५ इलाइटपछि ‘जने ५’ लाइनअपको दोस्रो मोडेल हो।
स्न्यापड्रागन ८ जेन ५ को अधिकतम क्लक स्पीड 3.8GHz रहेको छ, जुन इलाइट संस्करणको 4.6GHz भन्दा केही कम भए पनि अत्यन्त शक्तिशाली मानिन्छ।
यसमा कम्पनीले निर्माण गरेको कस्टम ओरिओन सीपीयु प्रयोग गरिएको छ, जसले म्याट्रिक्स एक्सेलेरेसनजस्ता प्रविधिमार्फत गति र प्रदर्शन थप उचाइमा पुर्याउँछ।
क्वालकमका अनुसार, यो प्लेटफर्मले अघिल्लो स्न्यापड्रागन ७ को तुलनामा ३६ प्रतिशत उच्च प्रदर्शन र वेब ब्राउजिङमा ७६ प्रतिशत बढी प्रतिक्रियाशीलता उपलब्ध गराउँछ।
यो चिपमा क्वालकम एड्रेनो जीपीयु समावेश छ, जसले उच्च क्लक स्पीडमार्फत गेमिङ तथा ग्राफिक्स क्षमतामा ११ प्रतिशत सुधार ल्याएको बताइएको छ।
आधुनिक स्मार्टफोनका लागि लक्षित भएकाले यस चिपमा एआई क्षमतामा विशेष ध्यान दिइएको छ। यसमा रहेको सेंसिङ हबले माइक्रोफोन र अन्य सेन्सरको इनपुट संयोजन गरेर प्रयोगकर्ताको आवाज वा उद्देश्य सजिलै पत्ता लगाउन सहयोग गर्छ।
यसबाहेक, हेक्सागन एनपीयुमार्फत पूर्ण रूपमा अन–डिभाइस एआई प्रोसेसिङ सम्भव हुने क्वालकमले जनाएको छ, जसले ‘एजेन्टिक एआई असिस्टेन्ट’ मार्फत प्रसङ्गअनुसार सुझाव र प्रतिक्रियाहरू उपलब्ध गराउनेछ।
क्वालकमले स्न्यापड्रागन ८ जेन ५ चिपसमेत भएका स्मार्टफोनहरू केही साताभित्र बजारमा आउने जनाएको छ।
अपडेट
जीमेल सामग्रीहरू एआईलाई प्रशिक्षण गराउन प्रयोग गर्दै भनी फैलिएको दाबी गलत
जेमिनाई एआईले जीमेल स्क्यान गर्छ भनी फैलिएको दाबी गलत भएको पाइएको छ । गूगलले जीमेल सामग्रीलाई जेमिनी एआई वा कुनै पनि ए…
डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा रो…
दिपल एस ०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च
नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्याग…
जेनेस सोलुसनसँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकामा १० दिने सूचना प्रविधिसम्बन्धी तालिम सम्पन्न
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा कागेश्वरी मनोहरा नगर…
विद्युत व्यापारमा प्रवेश गर्ने मेटाको तयारी, डाटा सेन्टरका लागि ऊर्जा आपूर्ति विस्तारको लक्ष्य
एआई र डाटा सेन्टरका बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मेटा अब विद्युत व्यापार व्यवसायमा प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले नयाँ ऊर्ज…
गुगल डीपमाइन्डले ‘नानो बनाना 2 प्रो’ सार्वजनिक, उच्च क्वालिटी इमेज र रियल–टाइम डेटा फेच सपोर्ट सहित
गुगल डीपमाइन्डले आफ्नो नयाँ एआई इमेज जेनेरेसन र एडिटिङ टुल नानो बनाना 2 प्रो सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो संस्करण पहिलोपटक सटीक र पढ्न योग्य मल्टी…
सामसङ नेपालको वार्म विन्टर अफर, वासिङ मेसिन र रेफ्रिजेरेटरमा छुट
सामसङ नेपालले यस जाडो महिनालाई सहज र आरामदायक बनाउनका लागि वार्म विन्टर अफर घोषणा गरेको छ ।
एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एकै ठाउँमा सबै बैंकिङ सुविधा
अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेट…
इनड्राइभको प्लाटिनम ड्राइभर्स गिभअवे: पाण्डेले जिते विद्युतीय ट्याक्सी, तामाङले पाए मोटरसाइकल
राइड शेयरिङ सेवा प्रदायक इनड्राइभ नेपालले आफ्नो प्लाटिनम ड्राइभर्स गिभअवे अभियान अन्तर्गतका विजेताहरूलाई पुरस्कार हस्ता…
फेसबुक ग्रुपमा ‘निकनेम’ र ‘कस्टम अवतार’ प्रयोग गर्ने सुविधा
मेटाले फेसबुकमा वास्तविक नाम प्रयोग गर्ने पुरानो नियमलाई केही हदसम्म लचिलो बनाउँदै अब फेसबुक ग्रुपका सदस्यहरूलाई ‘कस्टम …
चिञ्जिबी अधिकारी ‘चितवन आईसीटी एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित
क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिञ्जिबी अधिकारी ‘चितवन आईसीटी एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित भएका छन् । <…
सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता
इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई …
सबैको फाइदाका लागि एआईको प्रयोग हुनुपर्छ: सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको बताएका छन् ।…
नेपालमा सार्वजनिक भयो ग्यालेक्सी ट्याब ए११, शक्तिशाली प्रदर्शन र पोर्टेबिलिटीको आकर्षक संयोजन
सामसङ नेपालले नयाँ ग्यालेक्सी ट्याब ए११ नेपाली बजारमा भित्र्याएको घोषणा गरेको छ। सबै उमेरका प्रयोगकर्तालाई लक्षित गर्दै डिजाइन ग…
खल्ती ट्रान्सफर लिग - खल्तीबाट फन्ड ट्रान्सफर गर्दा दैनिक, साप्ताहिक र बम्परमा बाइक पुरष्कार जित्ने मौका
आइएमई खल्ती लिमिटेडले 'खल्ती ट्रान्स्फर लिग' नामक नयाँ अफर सार्वजनिक गरेको छ ।