काठमाडौं । इन्टरनेट सेवा प्रदायक स्काइ ब्रोडब्याण्डले नयाँ वर्षको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्राहकहरूले अब केवल रु. ६०० प्रतिमहिनाबाट 500 Mbps सम्मको उच्च-गतिको इन्टरनेट सेवा लिन सक्नेछन् ।
यो अफर विशेष गरी Streaming, Gaming, Office work, Online learning लगायत दैनिक डिजिटल आवश्यकताहरूका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । बढ्दो डिजिटल प्रयोगलाई ध्यानमा राख्दै ग्राहकलाई सस्तो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हो ।
कम्पनीका अनुसार यो “New Year Special Offer” सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ, जुन बैशाख महिनाभरि मात्र लागू हुनेछ । त्यसैले इच्छुक ग्राहकहरुले समयमै सेवा जडान गरी इन्टरनेटको मज्जा लिन सक्नु हुन्छ ।
आईसीटी समाचार