अपडेट
कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क
सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।
जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उनले बताए ।
विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उनको भनाइ थियो ।
कोराना महामारी सुरु हुनासाथ सरकारले त्यसलाई थप फैलन नदिन बन्दाबन्दी र राहत वितरण गर्ने कार्यलाई सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको, नागरिकको स्वास्थ्य उपचारसमेत निःशुल्क गर्ने गरेको स्मरण गर्दै उनले जनताको जीवन रक्षाका लागि खोप निःशुल्क गर्न लागिएको स्पष्ट गरे ।
‘हामी नागरिकको जीवन र जीविका रक्षाका लागि संवेदनशील छौं’, उनले भने, ‘कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने भएका छौँ, यसका लागि स्रोत व्यवस्थापन भइसकेको छ ।’
खोप जतिसक्दो छिटो नेपाल ल्याउन आयातमा सफल भएका तथा अध्ययन गरिरहेका मुलुकसँग कूटनीतिक रूपमा छलफल भइरहेको उनको भनाइ थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।
अपडेट
रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्दैं एनसेलको ‘जबसप’
एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगा…
नेपालको पहिलो ओटीए प्लेटफर्म एक्सलट्रिप नेपाल दोस्रो बर्षमा
नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप डिसेम्बर १७ बाट दोस्रो बर्षमा प्रवेश गरेको छ।…
जूमले आगामी होलिडेमा पनि निःशूल्क अनलिमिटेड कलको सुविधा दिने
जूमले आउँदो बिदामा पनि असीमित निःशुल्क कलको सुविधा दिने भएको छ । जूमले आउँदो थ्…
वीरगञ्जमा लायन्स क्लब अफ आइटी प्रोफेसनल्स गठन, अध्यक्षमा दीपक साह मनोनित
सूचना प्रविधि क्षेत्र मा आबद्ध रहेर काम गर्दै आएको व्यक्तिहरुको समुहको वीरगञ्जमा लायन्…
‘हटस्पट’ सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने
सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परी…
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा…
माइक्रोसफ्ट अथेन्टिकेटर एपमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने
माइक्रोसफ्ट अथेन्टिकेटर एपटमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने भए…
टेलिकमको ‘एफटीटीएच जाडोमा न्यानो अफर’, ग्राहकलाई १ वर्षसम्म दैनिक ३०० एमबी डेटा निःशूल्क
नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि ‘एफटीटीएच जाडोमा न्यानो अफर’ उपलब्ध…
ब्रोडवे इन्फोसिसले छनौट गर्यो दशैं अफरका विजेता, ३ जनाले पाए पूर्ण छात्रवृत्ति
नेपाल तथा अमेरिकामा आइटी ट्रेनिङ प्रदान गर्दैं आइरहेको संस्था ब्रोडवे इन्फोसिसले दश…
कोभिडपछि आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउदैं
कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदाय (एफपीसीआई) ले ह्व…
सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने
सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने भएको छ । जुन यो फ्ल्यागशिप स…
कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र
नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट
सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरे…
क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन
सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा व…
इसेवा र भाइबरबीच साझेदारी, भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन…