अपडेट
३१ जिल्लामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।
एकातीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था÷केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।
उनका अनुसार उक्त परियोजनाअन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, अछाम, बझाङ र बाजुरा गरी ६ जिल्लामा मर्कन्टाइल कम्युनिकेशन प्रालिले इन्टरनेट जडान सम्पन्न गरेको हो । बैतडी, डडेलधुरा, दार्चुला र डोटी गरी चार जिल्लामा भायानेट कम्युनिकेशनले जडान सम्पन्न गरेको छ ।
जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वल्र्डलिङ्क कम्युनिकेशनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न गरेको हो ।
त्यस्तै दैलेख, सुर्खेत, सल्यान, मनाङ, मुस्ताङ, बाग्लुङ र म्याग्दी, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ गरी १२ जिल्लामा टेकमाइन्डस् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो । प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्क रुपमा इन्टरनेट उपलब्ध गराउनेछ ।
यसअघि प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुली) दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट सेवा प्रदान गरेको थियो ।
निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिएर २०७७ असोज महिनाबाट शुल्क लिने व्यवस्था गरिएको थियो ।
निःशुल्क अवधि सकिएपछि ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा मात्र सेवा प्रदायकहरुसँग सम्झौता गरी इन्टरनेट सेवाको उपभोग गर्न सक्ने जनाएको थियो ।
रासस
अपडेट
नेपालमा पनि हाइड्रोजन इन्धन उत्पादन हुने
खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ ।…
सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्…
कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना, मोबाइल रेजिस्ट्रेसन शुल्कमा १०० रुपैयाँ फिर्ता
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रो…
नेपाल क्लियरिङ हाउसद्वारा १० थप बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्…
साओमीले ल्यायो रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि, अर्काे कोठाबाट पनि चार्ज गर्न सकिने
साओमीले नयाँ रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि बनाएको छ । यो चार्जरले अर्काे को…
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती मार्फत सबै प्रकारका राजस्व तिर्न सक्ने
काठमाडाैं-राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै सरकारी कर …
एक्सलट्रिपको मोबाइल एप डाउनलोड गर्दा दुवई भ्रमण गर्ने मौका
नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिपले नयाँ अफर सार्वजनिक गरेको छ । एक्सलट्रिप ने…
माेरंग अटाेवर्क्सबाट लिएकाे अटाेलाेनकाे भुक्तानी खल्तीबाटै गर्न सकिने
काठमाडाैं-माेरंग अटाेवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी…
ब्रोडवे इन्फोसेसले जित्यो अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड
ब्रोडवे इन्फोसेस नेपालले नेपालको बेस्ट आइटी लर्निङ सेन्टरको रुपमा अन्तर्राष्ट्रिय अवार्…
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट कृ…
३ अर्ब लगानीमा १४ डेटा सेन्टर निर्माण गर्दैं वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेट…
आइसिटी अवार्डका विजेतासँग सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भेटघाट, डिजिटल नेपालको अभियानमा सहयोग गर्न आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइसिटी अवार्डका विजेताहरूसँग भेटघाट…
कोटेश्वर-कलंकी सडकमा ट्राफिक बत्ती जडान गरिने
सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभाग…
आइएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे…
अब इञ्जिनियरलाई परीक्षा लिएर मात्र इजाजत
नेपाल इञ्जिनियरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनियरिङ विषयको अध्ययन पूरा गरेका…