अपडेट
आईएमई लाइफ इन्स्योरेन्सले सुरु गर्यो च्याटबट सेवा
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक च्याटबट सेवा संचालनमा ल्याएको छ ।
आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ती तथा संघ संस्थालाई सूचना प्रविधिको उच्चतम् प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरू चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न सहज बनाउन २४सै घण्टा आवश्यक जानकारी उपलब्ध गराउन आईएमई लाइफ ३६० यूअर्स भर्चुअर असिस्ट संचालनमा ल्याएको हो ।
हाल यो सेवा कम्पनीको वेबसाइटमा उपलब्ध रहेको छ भने भविष्यमा कम्पनीको अधिकारीक मोबाइल एप र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यसबाट मूख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।
च्याटबट सेवामार्फत बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं. परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सक्नेछन् ।
यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजत पत्र नवीकरण प्रक्रिया सम्मको जानकारी च्याटबटमार्फत तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् ।
यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत राखी तत्कालै समाधान पाउन सक्नेछन् ।
हालको कोरोना भाइरस रोगका कारण जनजीवन प्रभावित भइरहेको यस विषम परिस्थितिमा यो च्याटबट सेवाले सहजता दिने कम्पनीको विश्वस्त रहेको छ ।
अपडेट
अनधिकृत सोसल मिडिया पेजमा आफ्नो विवरण उपलब्ध नगराउन ग्राहकलाई टेलिकमको आग्रह
नेपाल टेलिकमले ग्राहकहरुलाई अनधिकृत पेजमा आफ्नो विवरण तथा सूचना उपलब्ध नगराउन अन…
सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैं
नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नय…
खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा
विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनी…
सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने ३ जना पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैल…
विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न सक्ने
विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न वा सर्च गर्न सक्ने भएका छन् । माइक्रोसफ्…
६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गर्दै सामसङ
सामसङले ६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गरिरहेको छ । टीपस्टरले यो कु…
मनकामना केबलकारको टिकट अब खल्तीबाटै खरिद गर्न सकिने
मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट ‘खल्ती’ डिजिटल वालेटब…
नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द, अब नयाँ ढंगबाट अगाडी बढ्ने
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्…
काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेका अवस्थामा एकजना पक्राउ
काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँद…
क्युआर स्क्यान गरी सेञ्चुरी बैंकबाट अब पैसा निकाल्न सकिने
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ ।…
सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्याइने प्रस्ताव मन्त्रिपरिषद्मा
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुरूप चार वर्षअघि निर्धारण गरिएका राष्ट्रिय लक्ष्…
बैतडीका १६ ठाउँबाट फोरजी सेवा, विद्युत् नपुग्दा समस्या
तडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दू…
अन्वेषकले बनाए कुनै पनि रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने स्मार्टवाचको एप
स्ट्यानफोर्ड विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अन्वेषकले कुनै रोगको प्रारम्भिक लक्षण प…
सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम वितरण गर्दैं टेलिकम
नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीय…
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई निःशुल्क आइटी ब्रिज कोर्स, उत्कृष्टलाई छात्रवृत्ति
डिजी स्कुलले निःशुल्क आइटी ब्रिज कोर्स सुरु गरेको छ । कक्षा ११ र १२ को परिक्षा दिएर…