अपडेट
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ
कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ रुबिभ्याली गाउँपालिका-१ बस्ने ५४ वर्षीय खम्ब घले रहेका छन् ।
कृषि विकास बैंक मूख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट अपराधिक समूहका व्यक्तिहरूले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार रहेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।
२०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनिता समेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्याएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो ।
घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
अपडेट
भिडियो शेयरिङ एप टिकटकमा पनि अब प्रधानमन्त्री
शर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वीरगञ्जबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनि डायनामिक टेकनोसफ्टले लुम्बिनी प्रदेशक…
शिखर इन्स्योरेन्सका सेवाहरु अब भाइबर र फेसबुक मेसेन्जरमा
शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिल…
नेपाल क्लियरिङ हाउसले पायो ‘नेसनल पेमेन्ट स्वीच’ सञ्चालनको अनुमति
नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई ‘नेशनल पेमेन्ट स्वीच’ सञ्चा…
एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्ने
एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्न भएको छ । व्यापार तनावको क…
फेसबुकको क्रिप्टोकरेन्सी लिब्रा जनवरीमा सार्वजनिक हुन सक्ने
फेसबुकको क्रिप्टोकरेन्सी ‘लिब्रा’ जनवरीमा सार्वजनिक हुन सक्ने भएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार फेसबुकको ल…
ब्राजिलमा कर्मचारिको गल्तीले लाखौं कोभिड बिरामीहरुको व्यक्तिगत जानकारी बाहिरियो
ब्राजिलमा एक अस्पतालको कर्मचारीको गल्तीले लाखौँ कोभिड बिरामीहरुका व्यक्तिगत जानकारी…
निमाएकेडेमी एपको नयाँ संस्करण उपलब्ध, यस्ता छन सुविधाहरु
अनलाइन शिक्षा हाम्रो शिक्षा प्रणालीको अभिन्न अङ्गको रूपमा विकास हुँदै गईरहेको छ । य…
कोडाकका एसएसडी, युएसबी, एसडी नेपाली बजारमा
कोडाक ब्रान्डका उत्पादनहरु नेपाली बजारमा पनि भित्रिएका छन् । हेभी हेल्प लिंक प्रालिल…
ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुराः यस्ता छन् आकर्षक अफर
अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुरा भएको अवसरमा विभिन्न छु…
एनसेलको नयाँ सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना…
५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने नेपाल राष्ट्र बैंकको तयारी
नेपाल राष्ट्र बैंकले ५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने तयारी गरेको छ ।…
आइसिटी क्षेत्रका विज्ञ तथा उद्योगहरुको रोष्टर निर्माण गर्दैं सरकार, यसरी भर्नुहोस् विवरण
सरकारले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित विज्ञ तथा उद्योगहरुको …
सरकारी कार्यालयमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै, आउँदो २ वर्षभित्र शतप्रतिशत बनाउने उदेश्य
सरकारी कार्यालयहरुमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै हुने गरेको अर्थमन्त्री विष्णु पौड…
अबको युग डिजिटल अर्थतन्त्रको होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग डिजिटल अर्थतन्त्रको भएको बताएका छन् । शनिबार …