अपडेट
डिजिटल बैंकिङको शुरुवात गर्दै मिर्मिरे, दुई दर्जन बढी सेवा घरबाटै
काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ ।
कोभिडको यो समयमा सदस्यहरुले घरबाट नै आफ्ना कारोवारहरु गर्न सकियोस र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ शुरु गर्न लागिएको र सो कार्यको लागि व्यवस्थापनलाई आवश्यक निर्देशन तथा अख्तियारी दिइएको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले जानकारी दिए ।
उनले नेपाल सरकार तथा नियामक निकाय नेपाल राष्ट्र बैंकले वर्क फ्रम होम र क्यास लेस कारोवारको लागि निरन्तर गरिएको आग्रह तथा निर्देशनको पालना गर्ने क्रममा सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिन लागिएको बताए ।
सोमबार संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहरा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी उमेश रघुवंशी बिच डिजिटल बैंकिङ सेवाको लागि सम्झोता पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।
डिजिटल बैंकिङ अन्तर्गत सदस्यहरुले कारोवारको एसएमएसबाट जानकारी पाउने, सदस्यहरुले घरमा नै बसेर आफ्नो खाताको जानकारी लिने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम राख्न पाउने, मोवाइल, डिसहोम, इन्टरनेट, बिजुली तथा खानेपानीका वीलहरु घरमा नै बसेर भुक्तानी गर्न पाउने लगायत दुई दर्जन बढि सेवाहरु पाउने संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए ।
विश्व आफै प्रविधिमा छलाङ मारिरहेको अवस्थामा मिर्मिरेले पनि आवश्यक प्रविधिहरु अंगाल्दै आगामी दिनमा घरमा नै बसेर सदस्यहरुले कर्जाको लागि आवेदन दिन सकिने टोल टोलमा नै स्पट बैंकिङ अन्तर्गत बचत राख्न र निकाल्न पाउने, लगायतका सेवाहरु विस्तार गर्दै लान सकिने संस्थाका अध्यक्ष बोहराले जानकारी दिए ।
संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहराले अहिले सबै जना घरभित्रै बस्नुपर्ने अवस्थामा संस्थाले ल्याएको डिजिटल बैंकिङ सेवा लिई भरपुर फाइदा उठाउनको लागि सबै सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।
अपडेट
सावधान भएर अक्सिजन कन्सनट्रेटर किन्न महावीर पुनको आग्रह
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले सावधान भएर अक्सिजन कन्सन…
चन्द्रागिरीको एक आइसोलेसन केन्द्रलाई क्लासिक टेकको नि:शुल्क इन्टरनेट
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भू…
आईफोनमा भीओएलटिई खुलाउन एप्पलका सीईओलाई टेलिकमको इमेल
नेपाल टेलिकमले सोमबार नेपालमै पहिलोपटक फोरजी प्रविधिमा आधारित उच्च गुणस्तरीय आवा…
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयलाई करूणा फाउन्डेसनले दियो ११० अक्सिजन कन्सनट्रेटर
करूणा फाउन्डेसन नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयलाई ११० वटा अक्सिजन कन्सनट्रेट…
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा आईटीको प्रयोग गर्न क्यान महासंघको आग्रह
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सु…
एन्ड्रोइड १२ को बेटा डाउनलोड गूगल प्ले स्टोरमा उपलब्ध
आज देखि गूगल प्ले स्टोरमा एन्ड्रोइड १२ सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध भएको छ …
प्रेम सम्बन्धबारे अनुसन्धान चलिरहँदा बिल गेट्सको कम्पनी बोर्डबाट राजीनामा
प्रेम सम्बन्ध बारे अनुसन्धान हुनथालेपछि बिल गेट्सले गत वर्ष माइक्रोसफ्टको कम्पनी बोर्डब…
प्यालेस्टाइनका रकेट आकाश मै नस्ट गर्ने इजरायलको ‘आइरन डोम’, कसरी काम गर्छ ?
इजरायल र प्यालेस्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । इजरायलको आक्रमणमा २ सयभन्दा बढी प्…
एआईबाट सञ्चालन हुने विश्वकै पहिलो इन्टेलिजेन्ट जहाज मे फ्लावर ४०० को विकास
मे फ्लावर ४०० नामक स्वायत्त जहाज मान्छेबिनानै एटलान्टिकमा यात्रा गर्नेछ । यसले बेलाय…
टेलिकमको भीओएलटिई सेवा लिन के कुरा गर्ने दुबै जना यो सेवामा जोडिनु पर्छ ?
नेपाल टेलिकमले सोमबारदेखि भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा सुरू गरेको छ ।
लाइसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेशको घोषणा
विश्वब्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्राण्ड ओपोले लाईसेन्सरका रुपमा एचईभीसी एडभा…
फाइभजीको लागि ६ गिगाहर्जको लाइसेन्स दिन जीएसएमएद्वारा सरकारहरुलाई आग्रह
सरकारहरुलाई ६ गिगाहर्ज स्पेक्ट्रमको लाइसेन्स दिन नसकेमा फाइभजीको ग्लोबल भविष्य जोखिम…
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुँदै
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरु…
ब्रेन इम्प्लान्टले प्यारालाईसिस भएको व्यक्तिलाई आफ्नो दिमागमै सोचेर लेख्न दिने प्रविधि विकास
ब्रेन इम्प्लान्टले प्यारालाईसिस भएको व्यक्तिलाई आफ्नो दिमागमै सोचेर लेख्न दिने प्रविधि …
दोस्रो दिनमा ५ हजार मोबाइलमा चल्यो टेलिकमको भीओएलटिई सेवा, ९० हजार सिममा एक्टिभेट
नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा दोस्रो दिनमा ५ हजार मोबाइल सेटम…