अपडेट
कोबिट सिंह बानियाँ बने ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड नेपालको विजेता
पाटन बहुमुखी क्यामपसमा अध्ययनरत कोबिट सिंह बानियाँले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड (जीएसईए) नेपालका विजेता भएका छन् । जीएसईए नेपाल प्रतियोगिता जनवरी ३ मा भर्चुअल रुपमा सम्पन्न गरिएको थियो ।
कोबिट ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड नेपालको विजेता बनेर एकलाख रुपैयाँ समेत जितेका छन् । कोबिटले सन् २०२०/२१ मा हुने जीएसईए ग्लोबल फाइनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
उक्त फाइनल कार्यक्रमले उनले विश्वभरका शिर्ष उद्यमीहरु सँग प्रतिस्पर्धा गरेर २५ हजार अमेरिकी डलर नगद पुरस्कार जित्ने मौका पनि पाउनेछन् । त्यसैगरी प्रतिस्पर्धामा ४० हजार अमेरिकी डलर भन्दा बढिको टोटल भ्यालु पनि प्राप्त गर्ने मौका पाउनेछन् ।
कोबिटको लिफ प्लस नामक सोसियो इकोनोमिक इन्टरप्राइज सञ्चालन गरिरहेका छन् । उनको कम्पनी समाज र वातावरणलाई सुधार गर्ने लक्ष्यका साथ एरेका खजुरको पातबाट बायोडिग्रेडेबल, डिस्पोजेबल प्लेट बनाउने काममा लागेको छ ।
यस्तो थाल भने रुखबाट झरेको पातबाट बनाइन्छ । यसलाई बनाउने प्रक्रिया पनि वातावरण मैत्री नै रहेको छ ।प्रतिस्पर्धामा दोस्रो स्थान इस्लिङ्टन कलेजका अम्रित प्रसाद चौधरीले हासिल गरेका थिए ।
उनको कम्पनी भने एमईडीएक्स एण्ड इन्टरप्राइजेज हो र यो कम्पनीले स्यानिटरी प्याड तथा महिनावारीमा चाहिने अरु सामाग्रीहरुको उत्पादन तथा आयात गर्ने गर्दछ । यसले गर्दा यी सामाग्रीहरु सस्तो मूल्यमा पाउन सकिन्छ ।
त्यसैगरी तेस्रो स्थानमा किङ्गस कलेजकी सपना तिमिलसिना रहेकी छन् । उनको कम्पनीको नाम होस्टेल नेक्स्टडोर हो जसलाई आधिकारिक रुपमा होटेल काठमाडौँ ट्राभलर प्रालि भनेर सूचित गराइएको छ ।
यो कम्पनी १६ जना मिलेर खोलेका छन् जसमध्ये १४ जना महिला छन् । सबैजना घुम्नमा एकदमै रुचि राख्ने गर्दछन् । यो होस्टेलको मार्फत कम्पनीले ग्राहकहरुलाई राम्रो घुम्ने अनुभव दिन खोजेको छ ।
ग्लोबल स्टुडेन्ट इन्टरप्रेनर अवार्ड (जीएसईए) ले करिब ३७ ओटा देशबाट १७ सय विद्यार्थी उद्यमीहरुलाई प्रतिनिधित्व गर्ने गर्दछ । यसले उद्यमीहरुलाई अझै प्रोत्साहित गर्ने गर्दछ ।
अपडेट
तीन फोल्डिङ फोन सार्वजनिक गर्दैं साओमी
साओमीले सन् २०२१ मा तीन ओटा फोल्ड गर्न मिल्ने फोन निकाल्ने भएको छ । यो तीन ओटा फोन…
फिचर फोनमा समेत फोरजीमा आधारित भ्वाइस सेवा परीक्षण गर्दैं नेपाल टेलिकम
नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस सेवा फिचर फोनहरुमा पनि परीक्षण गर्ने भएको छ…
मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल
मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल भएको छ । कम्पनील…
क्लाउड प्रिन्ट बन्द गर्दैं गूगल
गूगलले यो हप्ता देखि आधिकारिक रुपमा क्लाउड प्रिन्टलाई बन्द गर्ने भएको छ । यसले प्रयो…
जनगणनाको तयारी तिब्र रुपमा अघि बढ्यो, यस पटक प्रविधिबाट समेत जनगणना हुने
देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण सं…
कोरोनाको रिपोर्ट किन फरक फरक ? यस्तो छ अध्ययनको निष्कर्ष
कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा नतिजामा भिन्नता देखिएक…
ओम्नी च्यानलबाट सानिमा बैंकको डिजिटल बैंकिङ शुरू
सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ …
स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस
वनप्लसले आफ्नो पहिलो वाच सन् २०२१ को सुरुमा सार्वजनिक गर्ने भएको छ । यस विषयको जान…
बोलेरै खोल्न सकिने नयाँ फ्रिज ल्याउँदैं एलजी
अब एलजीको नयाँ फ्रिजलाई बोलेरै खोल्न सकिने भएको छ । यसलाई इन्स्टाभ्यू फ्रिज भनिन्छ र…
डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन आज हुँदैं, यसरी हुनुहोस् सहभागी
शनिबार अर्थात आज डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन हुने भएको छ । डिजिटल पेमेन्ट…
सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ
सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ…
दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने तयारीमा नेपाल
सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीत…
राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने
राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो ऋण दिने भएक…
टेलिकमको एनटी टिभी आजदेखी शुरू, यस्तो छ प्याकेज तथा मूल्य
नेपाल टेलिकमले आजदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी…