कीवर्डहरू -

अपडेट

‘ओप्पो इन्नो डे २०२० सम्पन्न’, एकीकृत भविष्यको कल्पना गर्दैं तीन उत्पादन प्रदर्शन

‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथ शन्चनमा ओपो ईन्नो डे २०२०को आयोजना गरिएको छ । पछिल्लो बर्ष ईन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यस पटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ र ‘भर्च्युओस ईन्नोभेसन’, परिस्कृत अवधारणाका साथ पहिलो पटक ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्दै आयोजना गरिएको हो ।

कार्यक्रम मार्फत ओप्पोले सार्वजनिकका लागि तयार अवस्थाको ह्याण्डसेट, ओपो एक्स २०२१, ओपो एआर ग्लास २०२१ र ओपो साइबरियल एआर एप्लिकेशन पनि पहिलो पटक प्रदर्शन गरेको छ ।

ओपो ईन्नो डे २०२० मा बोल्दै ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले आफ्नो ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति मार्फत थप उत्कृष्ट उत्पादनहरुको निर्माण गर्दै बहुगुण सम्पन्न नवप्रबर्तन पस्कने दृढता ब्यक्त गरे ।

ओपो  ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ मा विश्वास गर्छ र कर्पोरेट नवप्रबर्तनको एक मात्र उद्देश्य उपभोक्ता हुनु पर्ने सोच राख्छ उनले भने ।

‘ओप्पोले प्रविधिको प्रयोग मानिसहरुलाई सबल बनाउन, तिनका वरपरका सुन्दरता कैद गर्दै भविष्यप्रतिको तिनको कल्पना ब्यक्त गर्न सकुन् भन्ने सोचका साथ सबैले जीवनबाट उत्कृष्ट अनुभव हात पार्न सकुन् भन्नका निम्ति गर्छ । यही उद्देश्यका साथ ओपोको दिर्घकालिन विकासका लागि हामीले  ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति अघि सारेका हौँ’ उनले भने ।

यसमा रहेका तीन अन्तरनिहित प्रविधिहरु हार्डवेयर, सफ्टवेयर र सेवा प्रविधिको प्रतिनीधित्व गर्छ । यिनले ओप्पोलाई आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि एकिकृत स्मार्ट लाइफ उपलब्ध गराउन सघाउँछ ।

‘एन’ ले ओपोका एआई, सेक्योरिटी र प्राइभेसी, मल्टिमिडिया र ईन्टरकनेक्टिभिटी लगायत आवश्यक क्षमताका संख्याको प्रतिनीधित्व गर्छ ।

त्यसैगरी, ‘एक्स’ले अग्रगामी धार र पृथक प्रविधि तथा रणनीतिक श्रोत जस्तै फ्ल्याश चार्ज प्रविधि (जसले नवप्रबर्तनलाई बढावा दिनुका साथै प्रयोगकर्ता अनुभवमा उच्चतम सुधार प्रदान गर्छ) लगायतको प्रतिनीधित्व गर्छ ।

‘प्रविधिक क्षमता विस्तार गर्नु आवश्यक छ, तर तिनलाई नवप्रबर्तनात्मक तरिकाले एकीकृत गर्नु अझ महत्वपूर्ण हुन्छ । सबै कठिनाइको सामना गर्दै उपभोक्तालाई फाइदा मात्र उपलब्ध गराउनु पर्छ भन्ने ओपोको विश्वास छ’, कार्यक्रममा किनोट प्रस्तुत गर्दै ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।

तीन अवधारणा उत्पादनको घोषणा

कार्यक्रम मार्फत नै ओप्पोले तीन अवधारणा उत्पादनहरुपनि सार्वजनिक गरेको थियो । तिनले मानव प्रविधि अन्तरक्रिया र भविष्यको प्रविधि अन्वेषण सम्बन्धि सबै सम्भावना प्रदर्शन गर्छन् ।

ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओपोको फ्लेक्सिबल (लचकदार) डिस्प्ले र स्ट्रक्चरल (संरचनात्मक) स्ट्याकिङ अन्तर्गत प्रयोगकर्तालाई थप प्राकृतिक अन्तरक्रिया अनुभव दिने नयाँ सफल प्रविधिको प्रतिक हो ।

प्रदर्शित कन्सेप्ट ह्याण्डसेटले ओपोको स्वामित्वमा रहेका तीन प्रविधिहरु, रोल मोटर पावरट्रेन, टु इन वान प्लेट र स्व विकसित र्‍याप ट्रयाक हाई स्ट्रेन्थ स्क्रिन लेमिनेट समाहित गरेको छ ।

\"\"

यसमा रहेको कन्टिन्यूओसली भेरिएबल ओलेड डिस्प्लेका कारण फोनले ६.७ ईञ्च सम्म सानो देखि ७.४ ईञ्च सम्म ठूलो मापन गर्न सक्छ । फलस्वरुप प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार डिस्प्लेको आकार समायोजन गर्न पाउँछन् ।

ओपो एआर ग्लास २०२१ ले डिजिटल जगतमा ओपोको छलाङको सफल प्रतिनीधित्व गर्छ । अत्याधुनिक स्प्लिट डिजाइन समायोजित ओपो एआर ग्लास २०२१ कम्प्याक्ट र अल्ट्रा लाइट छ । यो उपकरण पछिल्लो संस्करणका तुलनामा ७५ प्रतिशत हल्का छ ।

\"\"

यसमा रहेका कोर कम्पोनेन्ट्सका कुरा गर्दा ओपो एआर ग्लास २०२१ को निर्माणमा बर्डबाथ अप्टिकल सोलुसनको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई जीवन्त अनुभव प्राप्त हुन्छ ।

ओपो एआर ग्लास २०२१ मा स्टेरियो फिशआई क्यामेरा, एउटा टीओएफ सेनसर र एउटा आरजीबी क्यामेरा सहितको डाइभर्स सेन्सर जडान गरिएको छ । यसले प्रयोगकर्तालाई एआर जगतमा सटिक र प्राकृतिक अनुभव प्राप्त हुन्छ ।

रियल टाइमको विशेष क्याल्कुलेशन प्रविधिद्वारा सञ्चारित साईबरियल एआर एप्लिकेशनले सटिक स्थानियकरण र दृष्य चिन्ने क्षमता बोकेको छ ।

यसलाई थप रोमाञ्चक बनाउन सटिकरुपमा वातावरण निर्माण (सेन्टिमिटर सम्म), तत्समय सटिक स्थानियकरण र ओपो क्लाउड गरी आपोका तीन मुख्य प्रविधिले समेत सुसज्जित गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई दृष्टिकोण निर्माण र वास्तविक संसारको पहिचान गर्ने कार्यमा थप सहयोग मिल्छ ।

\"\"

ओपो ईन्नो डेको आयोजना लगातार दूई बर्ष सफलतापूर्वक भइसकेको छ । समारोहमा बोल्दै टोनी छन्ले उत्कृष्ट नवप्रबर्तनका माध्यमबाट दयाले भरिपूर्ण विश्वको निर्माण गर्नु ओपोको चाहना रहेको बताए ।

‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ अवधारणाबाट प्रेरित ओपोले मानव र  प्राविधिक नवप्रबर्तन विच एकीकृत रुपदिँदै प्रयोगकर्तालाई समयानुकुल ब्यक्तिगत प्राविधिक अनुभव पस्कने प्रयास गरिरहने जानकारी दिइएको छ ।

भविष्यमा पनि ओपोले आफ्ना पार्टनर्ससंग सहकार्य गर्दै मानविय प्रविधिको उज्वल भविष्यका लागि काम गरिरहेने जानकरी दिइएको छ ।

अपडेट

क्वाड क्यामेरा सहित रियलमी सेभेन आई नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा रियलमीको नयाँ स्मार्टफोन ‘रियलमी सेभेन आई’ सार्वजनिक भएको छ । मंगल…

इन्टरनेट गभर्नेन्स फोरमको म्याग सदस्यमा आनन्दराज खनाल पुनः नियुक्त 

इन्टरनेट गभर्नेन्स फोरम (आइजीएफ) को मल्टी स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यम…

कोरोना संक्रमणबाट वर्ल्डलिंकका सिस्टम इन्जिनियर नविन लिम्बुको निधन

कोरोनाभाइरस संक्रमणबाट नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क…

ईसेवाबाट १ हजार रुपैयाँ सम्मको बैंक ट्रान्सफर गर्दा शूल्क नलाग्ने

डिजिटल वालेट ईसेवाबाट जुनसुकै बैंक खातामा १ हजारसम्मको बैंक ट्रान्सफर निःशूल्क गर्…

म्यासेञ्जर र इन्स्टाग्राममा आयो ‘भ्यानिस मोड’, पठाएका म्यासेज अब आफै डिलिट हुने

फेसबुकले म्यासेञ्जर र इन्स्टाग्राममा भ्यानिस मोड फिचर सार्वजनिक गरेको छ । यो फिचरले …

इन्स्टाग्रामले सार्वजनिक गर्‍यो रिल्स र सपिङ ट्याब

फोटो शेयरिङ एप इन्स्टाग्रामले रिल्स र सपिङ ट्याब सार्वजनिक गरेको छ । इन्स्टाग्रामले हो…

‘सुनौलो दशकको लागि वायरलेस नेटवर्कको भ्यालु बढाउनुपर्छ’

२०२० को ग्लोबल मोबाइल ब्रोडब्यान्ड फोरम (एमबीबीएफ) मा ह्वावेका कार्यकारी निर्देशक र …

हङकङबाट अब ईसेवा वालेटमै रकम पठाउन सकिने 

इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी केएमई रेमिटेन्सबीच रेमि…

बलिउड चलचित्र ‘लक्ष्मी’ अब नेट टिभीबाट हेर्न सकिने

नेटटिभीले पहिलोपटक बलिउडको ब्लकबस्टर चलचित्र ‘लक्ष्मी’ ग्राहक र दर्शकमाझ ल्याएको छ । …

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, उत्कृष्ठलाई ५० हजार नगद

माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा डिजिटल दे…

उत्तर कोरिया र रुसका ह्याकरहरुको निशानामा कोभिड भ्याक्सीन

उत्तर कोरिया र रुसका ह्याकरहरुले कोरोना भाइरसबारे काम गरिरहेका संस्थालाई निशानाम…

सिटिजन्स बैंकको तिहार अफर, मोबाइल बैंकिङबाट पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक पाइने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याक…

दराजले तोड्यो ११.११ का सबै पछिल्ला रेकर्डहरू 

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ दराजले कोभिड १९ को बाबजुद ११.११ का सबै पछिल्ल…

टीसीएलका दुई फोरके एन्ड्रोइड टिभी नेपालमा, यस्ता छन् विशेषता

टीसीएल ब्राण्डका उपकरणको माग नेपालमा बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टीसीएल एलइ…

ठूलो डटकम तथा कल्पमार्टबाट सपिङ गर्दा १५ प्रतिशतसम्म छुट दिदैं कनेक्ट आईपीएस

तिहारमा अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआईसी एशिया …