कीवर्डहरू -

अपडेट

ज्योतिषी, योग र मेडिटेसन सेवा दिने एप ‘स्व अध्याय’

मानिसको जीवनशैली राम्रो बनाउन सहयोग पुर्‍याउने उदेश्यका साथ नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) का विद्यार्थीले स्व अध्याय मोबाइल एप निर्माण गरेका छन् ।

२ महिनाको अध्ययन अनुसन्धान र डेभलप पश्चात गत अक्टोबरमा स्व अध्याय एपको बेटा भर्सन सार्वजनिक थियो ।त्यसपछि २ हप्ता अगाडि मात्रै स्व अध्याय मोबाइल एपको फुल भर्सन सार्वजनिक भएको थियो ।

एनसीआईटीमा सफ्टवेयर इन्जिनियर पढिरहेका २ युवा सरोज दाहाल र प्रवेश रिजालले एपलाई बजारमा ल्याएका हुन् । स्व अध्याय एपको डेभलपमेन्टको भाग सरोजले हेर्छन् भने बिजनेशको भाग प्रवेशले हेर्छन् ।

\"\"

उनीहरुले व्यवसायीक रूपमै यसलाई अगाडि बढाउन कोडब्लिस प्रालि नामक कम्पनी समेत दत्ता गरिसकेका छन् ।स्व अध्याय एपबाट मुख्य गरी ज्योतिषी, योग, मेडिटेसन सेवा दिन खोजेको कम्पनीका संस्थापक सरोज दाहालले बताए ।

‘त्यसबाहेक यसमा ब्लगको सुविधा समेत रहेको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘जसमा ज्योतिषी, वेद, ध्यान, योग, धर्म, तन्त्र, योग र जीवन पद्धति, अध्यात्म, आयुर्वेद, वास्तु लगायतका अन्य धेरै कुराहरु पढ्न सकिन्छ ।’

यसमा पूजा तथा ग्रह शान्तिका लागि पण्डित सेवा, मूहर्त, श्लोक लगायतका सुविधा पनि छन् । दाहालका अनुसार अब एपमा काउन्सिलिङ, पोडकास्ट, भिडियोको सुविधा समेत थप गर्ने कम्पनीको योजना छ । एप प्रयोगकर्तालाई नेपाली भाषामै ब्लग, पोडकास्ट, भिडियो लगायतका सुविधा दिने योजना रहेको सरोजले बताए ।

\"\"

उनीहरुको ३ जनाको टिम रहेको छ । यो एप अहिले गूगल प्ले स्टोरमा उपलब्ध रहेको छ । केहि हप्ताभित्रै आईओएसमा पनि एप सार्वजनिक गर्ने कम्पनीको योजना रहेको छ ।

यो एप प्रयोग गर्न शुरूमा एप डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गरेपछि एप खोल्ने र कुन सेवा आवश्यक छ त्यो सेवामा क्लिक गरी त्यहाँ एउटा फर्म भर्नुपर्छ ।

फर्म भरेपछि उताबाट कल ब्याक हुन्छ र सेवा लिन सकिन्छ । यसमा सेवाअनुसार  फरक फरक शुल्क लाग्ने छ । उनीहरुले एपबाट सेवा दिनका लागि अन्य संस्थासँग सम्झौता गरेका छन् । एन्ड्रोइडमा स्व अध्याय एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

अपडेट

निषेधाज्ञामा इन्टरनेटको बिल कसरी तिर्ने ? यस्ता छन् सेवा प्रदायकका विकल्प

मुलुकभर लकडाउन भइरहेको बेला इन्टरेनेटको खपत बढिरहेको छ ।

एनसेलको आकर्षक योजना, हरेक दिन स्मार्टफोन जित्ने मौका

एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफो…

युरोपदेखि भारतसम्म रियलमीको बजार विस्तार उच्च, वार्षिक १८३ प्रतिशतले वृद्धि 

विश्वमा तीव्र बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफलभएको छ ।

<…

फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सी

फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ। नेपालमा…

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । शुक्रबार उक्त इन्धन प…

टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि ताप्लेजुङको घुन्साबस्ती दुई सातादेखि सम्पर्कविहीन

पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन…

राष्ट्रिय आविष्कार केन्द्रलाई जीवन्त राख्न सरकारले सहयोग गर्छः उपप्रधानमन्त्री पोखरेल

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री ईश्वर पोखर…

स्याटेलाइट सम्बन्धि अध्ययन गर्न चार कम्पनीको प्रस्ताव

नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । ने…

नेपालमा पनि सुरु भयो \'सेल्फी विथ डटर\' अभियान

नेपालमा पनि सेल्फी विथ डटर अभियान शुरू भएको छ । आईतबार एक भर्चुअल कार्यक्रम गरी स…

साथी एपबाट अब घरमै पिसिआर टेष्ट गराउन सकिने

राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर प…

कनेक्ट आईपीएसको मोबाइल एपबाट दैनिक २ लाखसम्म कारोबार गर्न सकिने 

देशका विभिन्न ठाउँमा अहिले कोरोना संक्रमण रोक्न निषेधाज्ञा लागु गरिएको छ । निषेधा…

नागरिक एप: ६ लाख २५ हजार डाउनलोड, २ लाख बढी भेरिफाइ 

नागरिक एप सार्वजनिक भएको साढे तीन महिनाको अवधिमा ६ लाख २५ हजार डाउनलोड भएको छ …

नेपाली पब्जी टिम डिआरएस गेमिङ पब्जी मोबाइल विश्व सूचीको टप टेनमा पर्न सफल 

नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइलको विश्व सूचीमा १० नम्…

एनसेलको राहत प्याकेज, १२७ रूपैयाँमा वर्क फ्रम होमका लागि १७ जीबी डेटा

कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहक…

नागरिक एप बनाउन सरकारको एक  रुपैयाँ पनि खर्च भएको छैन– प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली 

नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीले नागरिक एप बनाउन ने…