कीवर्डहरू -

अपडेट

पब्जी खेलेर नेपाली युवाहरुले जिते ७१ लाख रुपैयाँ 

नेपाली युवाहरुले पब्जी मोबाइल प्रो लिग साउथ एशियाको उपाधि जितेका छन् । युवाहरु माझ लोकप्रिय गेम पब्जी खेलेरै नेपाली युवाहरुले ७१ लाख रुपैयाँ जितेका हुन् ।

पब्जी टीम ‘एबरुष्ट स्लेयर्स’ र ‘दी रियल सोल्जर्स’ ले ‘पब्जी मोबाइल प्रो लिग साउथ एशिया’ को क्रमश विजेता र फस्ट रनरअपको उपाधि हात पारेका हुन् ।

उक्त प्रतियोगितामा विजेता भएको टीम एबरुष्ट स्लेयर्सले ४० हजार डलर अर्थात ४७ लाख ४० हजार रुपैयाँ जितेको छ । भने फस्ट रनरअप भएको टीम दी रियल सोल्जर्सले २० हजार डलर अर्थात २३ लाख ७० हजार रुपैयाँ पुरस्कार पाएको छ ।

दक्षिण एसियाली प्रतियोगितामा सुरुमा २० वटा टीमले प्रतिस्पर्धा जनाएका थिए । जसमा चारवटा टिमको एउटा समूह बनाएर पाँच समूहबीच प्रतिस्पर्धा गराइएको थियो ।

पब्जी मोबाइल प्रो लिग साउथ एसियाको शीर्ष १६ मा दक्षिण एसियाका नेपाल, पाकिस्तान र बंगलादेशका पब्जी टिम छनौट भएका थिए ।

पब्जी मोबाइल प्रो लिग साउथ एसियाको विजेता दुबै नेपाली टीम पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा समेत छानिएका छन् ।

यस ग्लोबल लिगमा विश्वभरका पब्जी टीम सहभागी हुनेछन् । ग्लोबल च्याम्पियनसिप विजेताले २३ करोड ७० लाख रूपैयाँ पुरस्कार पाउनेछ ।

अपडेट

आईओएस १४.२ मा थपिए १०० नयाँ इमोजी

आईओएस १४.२ को नयाँ अपडेटले आइफोन प्रयोगकर्ताहरुलाई १०० ओटा नयाँ इमोजी दिएको छ ।…

स्पोटिफाईले अब एप्पलवाचबाट म्युजिक स्ट्रीम गर्न अनुमति दिने

स्पोटिफाईले अब एप्पलवाचबाट पनि गीत स्ट्रीम गर्न अनुमति दिने भएको छ । प्रयोगकर्ताको ए…

ह्वाट्सएपमा पठाइएका मेसेज अब ७ दिनपछि अटोमेटिक डिलिट हुने 

ह्वाट्सएपले डिसअपेयरिङ मेसेज फिचर सार्वजनिक गरेको छ । ह्वाट्सएप प्रयोगकर्ताले यो फिच…

कोरोना विरुद्धको अभियानमा राष्ट्रिय आविष्कार केन्द्र

‘हेलो ! अँ भन्नुस् ।’ ‘.... ’
‘होला अलिअलि । कति चाहिने हो ?’

कमकास्ट र वालमार्टले सँगै स्मार्ट टीभी बनाउन सक्ने

कमकास्ट र वालमार्टले सँगै स्मार्टटीभी बनाउन सक्ने भएका छन् । अहिले दुवै कम्पनी सन्धिक…

साइबर सुरक्षा तथा डिफेन्समा के छ नेपालको तयारी ?

साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम र नेटवर्कलाई क्षति या चोरी हुनबाट बचाउनु हो । …

अनलाइन मार्फत अर्डर लिएर तिहारमा घरघरमा फूलमाला पुर्‍याउने तयारी

फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घर…

कोभिडको खोप खरिद प्रक्रिया सुरु

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ …

नोभेम्बर ११ मा एप्पलको ‘वान मोर थिङ्ग’ इभेन्ट, आर्म प्रोसेसर प्रयोग भएको म्याक सार्वजनिक हुने

एप्पलले नोभेम्बर १० मा ‘वान मोर थिङ्ग’ इभेन्ट आयोजना गरेको छ । यो कार्यक्रममा पहिलो…

सिजीले सार्वजनिक गर्‍यो ९९.९९ प्रतिशतसम्म स्टेरलाइज गर्ने वासिङ मेसिन

सिजीले नयाँ सिरिजको वासिङमेसिन सार्वजनिक गरेको छ । यो वासिङ मेसिन उच्च गुणस्तर त…

एलजीले सार्वजनिक गर्‍यो मास्क जसरी लगाउन मिल्ने ब्याट्रीबाट सञ्चालित एयर प्यूरीफायर 

एलजीले मास्क जसरी लगाउने खालको ब्याट्रीले चल्ने एयर प्यूरीफायर सार्वजनिक गरेको छ । …

विश्वकै धनी व्यक्ति जेफ बेजोसले बिक्री गरे ३ बिलियन डलर भन्दा बढिको अमेजन स्टक

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले ३ बिलियन अमेरिकी डलर भन्…

आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु, ईसेवा र एसएमएसबाट भोट गर्न सकिने

आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका वि…

गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्री गुरुङको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा…

कोरोना बारे जनचेतना फैलाउन स्वास्थ्य मन्त्रालय र युनिसेफसँग एनसेलको सहकार्य

एनसेल आजियाटाले हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम…