अपडेट
विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न र महामारीको चुनौती सामना गर्न मद्दत गर्ने
आठौँ राष्ट्रिय विज्ञान दिवसको पूर्वसन्ध्याको अवसर पारेर मंगलवार विज्ञान कुटनिति (साइन्स डिप्लोमेसी) को बारेमा वेविनार आयोजना गरिएका छ । यो वेविनार सयुंक्त राष्ट्रसङघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को), नेपालका निम्ति नेपाल राष्ट्रिय आयोगको विज्ञान, हाइड्रोलोजिकल प्रोग्राम (आइएसपी) र म्यान एण्ड बायोस्फेर (एमएपी) समितिले नेपाल जर्मन एकेडेमिक एशोसिएशनको सहकार्यमा आयोजना गरिएको हो ।
एक्काइसौँ शताब्दीमा विज्ञान कूटनीतिले नेपालको परिपे्रक्षमा कसरी अवसरहरु सृजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । यो कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
एक्काइसौँ शताब्दीमा विज्ञान कूटनीतिले नेपालको परिपे्रक्षमा कसरी अवसरहरु सृजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । यो कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो । यो वेविनारको अध्यक्षता पूर्व वातावरण, विज्ञान र प्रविधि मन्त्री गणेश शाहले गरेका थिए । कार्यक्रमको मुख्य अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल रहेका थिए । यो कार्यक्रमले विशेष गरी कोभिडको महामारीले पारेको अर्थतन्त्रको नराम्रो प्रभावलाई विज्ञान कूटनीतिको प्रयोगले कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा वक्ताको रुपमा भने यूनेस्को, पेरिसबाट डा भानु न्यौपाने, इजराइलको लागी राजदूत डा. अन्जन शाक्य, जर्मन राजदूत रोल्याण्ड स्कयाफर, नास्टका कुलपति डा.सुनिल बाबु श्रेष्ठ र ग्लोबल इन्सटीटयूट अफ इन्टरडिसिप्लिनरी स्टडिज का डा.उत्तम बाबु श्रेष्ठ रहेका थिए । प्यानलिस्टमा चीनका लागी पूर्व राजदूत डा. महेश के. मास्के, जर्मनका लागी पूर्व राजदूत डा. नोभेल किशोर राई, कृषि र वन विश्वविद्यालयकी कुलपति डा. शारदा थापालिया र त्रिभुवन विश्वविद्यालयको प्लानट बायोटेक्नोलोजीका प्रोफेसर डा. त्रिबिक्रम भट्टराई रहेका थिए ।
शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अनुसार अहिले देशमा विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेर काम भइरहेको, जसको कारण कठिन परिस्थितीमा पनि शिक्षालाई निरन्तरता दिन सकिएको बताए । कोरोनाको महामारीको समयमा धेरै विद्यालय तथा कलेजले भर्चुअल माध्यमको सहयोग लिएर कक्षा तथा परिक्षा लिरहेको पनि उनले बताए । गतवर्ष सरकारले विज्ञान, प्रविधि र इन्नोभेसनलाई समेटेर नीति पनि ल्याइएको र यसको कार्यान्वयनतर्फ अघि बढिरहेको मन्त्री पोखरेलले बताए ।
मन्त्री पोखरेलका अनुसार विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न पनि मद्दत पु¥याएको छ । विज्ञानलाई उनीहरुले समस्या समाधान गर्ने माध्यमको रुपमा लिएका छन् । उनले विज्ञान र कूटनीति सँगसँगै जाने बताए। मन्त्रि पोखरेलले भने "देशको लागी नीति बनाउन र राजनीतिमा पनि विज्ञानको एकदमै ठूलो महत्व हुने गर्दछ ।"
मन्त्री पोखरेलका अनुसार विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न पनि मद्दत पु¥याएको छ । विज्ञानलाई उनीले समस्या समाधान गर्ने माध्यमको रुपमा लिएका छन् । उनले विज्ञान र कूटनीति सँगसँगै जाने बताएका थिए । देशको लागी नीति बनाउन र राजनीतिमा पनि विज्ञानको एकदमै ठूलो महत्व हुने गर्दछ । उनले गत वर्ष राष्ट्रिय विज्ञान र शिक्षा क्षेत्रलाई नीतिगत तहमा उच्च महत्व दिएको जानकारी दिएका थिए । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले आगामी असोज १ गते “स्वास्थय र गुणस्तरीय जीवनका लागी विज्ञान” भन्ने नाराको साथमा आठौँ राष्ट्रिय विज्ञान दिवस मनाउनेछ ।
वेभिनारमा शिक्षा मन्त्रालयका सचिव डा. सञ्जय शर्माले विज्ञान कूटनीतिको मद्दतले विशवव्यापी रुपमा सँगै भएर जलवायुको नकारात्मक प्रभाव कम गर्नुपर्ने बताए । कोरोनाको महामारीमा पनि यो एकदमै जरुरी हुन्छ ।
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी मानव समृद्धि, प्रगति र सभ्यताका लागी विज्ञान कूटनीतिको महत्व रहेको बताए । सरकारले पछिल्लो समय विज्ञान, प्रविधि र इन्नोभेसनलाई महत्व दिदै गएको र यसले साइन्स डिप्लोमेसीलाई बलियो बनाउने वैरागीले बताए ।
नाष्टका उपकुलपति डा. सुृनिलबाबु् श्रेष्ठले नेपालमा साइन्स डिप्लोमेसीको महत्व बढ्दै गएको बताए । हामि यस कुरामा अलि नयाँ नै छौ तरपनि नेपालको बैज्ञानिक इतिहास पुरानो रहेको श्रेष्ठको भनाई थियो । पछिल्लो समय सरकारले बिज्ञान र इन्नोभेसनलाई महत्व दिइरहेको भएपनि अझपनि यसतर्फ लगानी बढाउनुपर्ने उपकुलपति श्रेष्ठले बताए ।
"नेपाल गत साल विज्ञानको ग्लोबल इनोभेसन इन्डेक्स मा १०९ स्थानमा थियो भने अहिले नेपाल ९५ स्थानमा छ जुन भनेको प्रगति हो ।" अहिले हामी औद्योगिक क्रान्तिको चौथो चरणमा बाँचिरहेका बताउदै शाहले विज्ञान कूटनीतिले देशको प्रगतिमा धेरै ठूलो भूमिका खेल्ने बताएका थिए ।
त्यसैगरी पूर्व वातावरण, विज्ञान र प्रविधि मन्त्री गणेश शाहको अनुसार नेपालको अहिले विज्ञानको पक्षमा स्थिति राम्रो नै रहेको छ । शाहले भने "नेपाल गत साल विज्ञानको ग्लोबल इनोभेसन इन्डेक्स मा १०९ स्थानमा थियो भने अहिले नेपाल ९५ स्थानमा छ जुन भनेको प्रगति हो ।" अहिले हामी औद्योगिक क्रान्तिको चौथो चरणमा बाँचिरहेका बताउदै शाहले विज्ञान कूटनीतिले देशको प्रगतिमा धेरै ठूलो भूमिका खेल्ने बताएका थिए ।
डा.उत्तम बाबु श्रेष्ठले विज्ञानलाई कहिले पनि नीतिगत तहबाट उपेक्षा गर्नुहुदैन भनेर बताए । डा. अन्जन शाक्यले विज्ञानलाई रचनात्मक ढङगले अन्तराष्ट्रिय साझा मुद्दाको रुपमा सम्बोधन गर्नुपर्ने बताइन् । त्यसतै नेपालका लागी जर्मन राजदूत रोल्याण्ड शेफरले त्यहाँको शिक्षा मन्त्रालयले शिक्षा र प्रविधिको अवस्था र परिवर्तनको बारेमा प्रस्तुति दिएका थिए ।
युनेस्को मुख्यालयमा कार्यरत विशेषज्ञ भानुराज न्यौपानेले विज्ञानको ज्ञान सबैले पाउनुपर्ने हुदा खुल्ला विज्ञानको अवधारणालाई अघि सार्नुपर्ने बताए ।
अपडेट
मेटलाइफले ल्यायो ग्राहक सेवा एप, एपबाटै विभिन्न सेवाहरु पाइने
इन्स्योरेन्स कम्पनी मेटलाइफले ग्राहक सेवा एप ल्याएको छ । बीमा सम्बन्धी सेवा र सुविधाक…
निन्टेन्डो स्वीचले घोषणा गर्यो युरोपको लागि फोर्टनाइट विशेष इडिसन
निन्टेन्डोले नयाँ फोर्टनाइट थिम भएको विशेष एडिसन स्वीच निकाल्ने भएको छ । यो यूरोपम…
मेरो शेयरको मोबाइल एप सार्वजनिक हुँदै
आगामी भदौ ३१ गते मेरो शेयरको मोबाइल एप सार्वजनिक हुने भएको छ । सीडीएस एण्ड क्लिय…
४९ जना विद्यार्थीलाई स्कलरसीप प्रदान गर्दैं क्यान महासंघ, आवेदन खुल्ला
कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) ले ‘नेशनल आईसीटी स्कलरसीप २०७७’ को लागि आ…
सबै प्रयोगकर्तालाई अब जूमको टु फ्याक्टर अथेन्टिकेसन फिचर
भिडियो कन्फेरेन्सिङ एप जूमले सबै प्रयोगकर्ताहरुको लागि टु फ्याक्टर अथेन्टिकेसन फिचर …
बैंक अफ काठमाण्डूका ग्राहकले सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामान किस्ताबन्दीमा खरिद गर्न सक्ने
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्यु…
आकर्षक फिचर सहित ओप्पो ए ५३ नेपालमा सार्वजनिक हुँदै, कति छ मूल्य ?
ओप्पोले नेपालमा आफ्नो ए सिरिजका फोन अन्तर्गत ओप्पो ए ५३ सार्वजनिक गर्ने तयारी गरेको…
नेशनल योङ एकेडेमी नेपाल गठन, नेपाली यूवा अनुसन्धानकर्ताहरूको आवाजलाई उठाउने
नेपाली युवा वैज्ञानिकहरुको संस्था नेशनल योङ एकेडेमी नेपाल (नयन) गठन भएको छ । ने…
हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित
हुम्लाको सर्केगाड गाउँपालिका-२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र…
व्यवसायलाई निःशूल्क डिजिटल माध्यममा जोडि व्यापार बढाउन ‘वरिपरि एप’
पटक पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक…
एन्ड्रोइड इलेभेन प्रयोगकर्ताले ११७ नयाँ इमोजि पाउने
केही दिन अघि मात्र गूगलले एन्ड्रोइड ११ अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । एनड्रो…
विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी
परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरे…
हालसम्म ७२५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना
नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्…
उदयपुरमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा
नेपाल टेलिकमको टावरले काम नगर्दा उदयपुरको कटारी र आसपासका क्षेत्रका सेवाग्राही मर्…
नेपालको लागि भिजाले सुरुवात गर्यो भुक्तानी सुरक्षा रोडम्याप
विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूव…