अपडेट
नेपालमै पहिलोपटक मेगा बैंकले ल्यायो भिडियो कलबाट खाता खोल्ने सुविधा, यसरी गर्नुहोस् प्रयोग
मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा ल्याएको छ । ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले भिडियो कलबाटै खाता खोल्ने सुविधा ल्याएको हो ।
ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको यस सुविधाबाट ग्राहकहरुले घरबाटै आफूले चाहेको खाता खोल्न सक्नेछन् ।
इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई भिडियो कल बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।
आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ ।
यसरी लिनुहोस् सेवा
सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । वेबसाईट खोलेपछि सबैभन्दा माथि बायाँतर्फ ‘अनलाईन अकाउन्ट ओपन मेनु’ आउँछ ।
उक्त मेनुमा क्लिक गरेपछि त्यहाँ मेगा बैंकका विभिन्न बचत खाता योजनाहरु भेटिन्छन् र आफूले कुन खाता खोल्न चाहेको हो, त्यो छान्नुपर्छ । छानिसकेपछि ‘क्रिएट’ ट्याबमा क्लिक गरेर भिडियो कलसम्बन्धी सुविधा रोज्नुपर्छ ।
ग्राहकले त्यसमा क्लिक गरेपछि आफ्नो नाम, मोवाइल नम्बर, इमेल, नजिकको शाखा कार्यालय र भिडियो कलका लागि मिति सहितको विवरण भरी आफ्नो नागरिकता वा पासपोर्टलाई फोटो खिचेर वा स्क्यान भएको भए सोही अनुसार छनौट गरेर अपलोड गर्नुपर्छ । त्यो विवरण प्राप्त गर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।
नेपालको बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राइरहेको हालको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई अत्याधुनिक सुविधा दिने उद्देश्यले भिडियोबाट खाता खोल्ने सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।
यसले इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई खाता खोल्नकै लागि बैंकमै आउनुपर्ने वाध्यताको अन्त्य हुने विश्वास लिएको खुञ्जेलीको भनाइ छ ।
अपडेट
रिचार्जरको क्रिसमस अफर,गिफ्टमा ७० प्रतिशत छुटसँगै १२ रुपैयाँमा आइफोन १२ जित्ने मौका
मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै …
गूगल क्यामेरा गो एपमा अब एचडिआर सपोर्ट
गूगलले गूगल क्यामेरा गो एपका लागी नयाँ फिचर ल्याएको छ । गूगलले यो क्यामेरा एप इन्…
लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग
लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्वेस्टमेन्ट होल्डिंग ग्रुपले संयुक्त रूप…
साइबरपङ्क २०७७ को मोबाइल भर्सनमा र्यान्समवेयर
साइबरपङ्क २०७७ थुप्रै प्लेटफर्महरुमा उपलब्ध छ । यो गूगल स्टाडियामा पनि उपलब्ध छ । तर…
स्काइपले एआई प्रयोग गरेर ग्रुप कललाई अझै वास्तविक बनाउँदैं
स्काइपले एआई प्रयोग गरेर ग्रुप कलहरुलाई अझै वास्तविक बनाउन खोजेको छ । यो माइक्रोसफ्…
बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय …
गूगल मिटमा अब थप चार भाषामा लाइभ क्याप्सन उपलब्ध हुने
गूगलले गूगल मीटमा चार ओटा भाषामा लाइभ क्याप्सन दिने भएको छ । यी भाषहरु फ्रेन्च, ज…
घट्यो कात्तिकमा वालेट मार्फत हुने कारोबार रकम
कात्तिक महिनामा नेपालमा वालेटबाट हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले हाल…
कालीमाटी फलफूल तथा तरकारी बजारको वेबसाइट ह्याक
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कात्तिक महिनामा ईकमर्स मार्फत ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हालै नेपा…
नयाँ भेरिफिकेसन नीति ल्याउँदैं ट्वीटर
ट्वीटरको जनवरी २०२१ मा नयाँ भेरिफिकेसन नीति आउने भएको छ । यसले नयाँ भेरिफिकेसन…
एआईले पहिलो पटक कन्ट्रोल गर्यो अमेरिकाको मिलिटरी एयरक्राफ्ट
अमेरिकाको मिलिटरी एयरक्राफ्टलाई पहिलो पल्ट एआईले नियन्त्रण गरेको छ । अहिले सम्म एय…
‘समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य’
सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको…
बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलमा छु…
भारतीय कम्पनीले कोरोना भाइरसविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने
भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्…