अपडेट
एनआईसी एशिया बैंक लिमिटेडकोे Missed Call Banking सुचारु
एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
सोहि क्रमलाई निरन्तरता दिदै २०७५ श्रावण १ गतेबाट बैंकले मिस्ड कल बैंकिङ्ग सेवा Missed Call Banking Service संचालनमा ल्याएको छ । यो सेवाको सुरुवात सँगै अब बैंकका आदरणीय ग्राहक महानुभावज्यूहरुले निम्न सेवाहरु मिस्ड कल गरेर प्राप्त गर्न सक्नुहुनेछ ।
१. ब्यालेन्स जानकारी ःमोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
२. मिनी स्टेटमेन्ट जानकारी ःमोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
३. कलब्याक सेवाः मोबाईल नं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
बैंकको वासलातको आकार रू. १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ ।
अपडेट
भोलीदेखि नेपाल टेलिकमको मनसुन अफर, रेट समायोजन
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केहि सेवामा टेलिकम सेवा शुल्क (टि.एस.सि) समायोजन गर्ने भए पनि…
बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला
DishHome ) र सिम्पल मिडिया नेटवर्क प्रा.लि. (
पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य
अगस्ट २०१८ मा पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य जापानको बजारमा आउने भएको छ । यो प्रक्रियात्मक रोबट हो जसलाई प्रक्रियात्मक प्रविधिको उपज भन्न सकिन्छ । य…
मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा
आधुनिक युगमा स्माट्फोन प्रयोकर्ताहरु विश्वमा नै वृद्घि भईरहेको अवस्थामा मोटोरोलाले मोटो इ ५ प्लेको एन्ड्रोई गो भर्जन जुलाईमा युरोप र ल्याटिन अमेरीकाको बजारमा …
आइसिटी अवार्डमा सयभन्दा बढिको नोमिनेशन, छनौट प्रक्रिया सुरु
तेस्रो संस्करणको रुपमा आयोजना भइरहेको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म ख…
ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ आयोजना हुदै
इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल(एनपीसर्ट)ले ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यहि श्रावण ११ र १२, २०७५ मा आयोजना गर्दैछ । काठमाडौंको लाजिम्पाटमा रह…
नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता
सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग…
बार्हौ संस्करणको इक्यान बृहत शैक्षिक मेला आयोजना हुदै, अध्यनको लागि विदेश जाने बिद्यार्थीहरु लाभान्वित हुने
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त स…
सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने
सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । २ वर्षअघि अनलाइन सपिङको रुपमा स्थापित भएको रुपमा सुरु भएको सोच…