कीवर्डहरू -

अपडेट

स्वाबलम्बन लघुवित्तले इन्फोडेभलपर्सद्धारा निर्मित कोर बैंकिङ सिस्टम प्रयोग गर्ने 

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माइक्रोफाइनान्स कोर बैंकिङ सिस्टम प्रयोग गर्ने भएको छ । नेपाली सफ्टवेयर कम्पनी इन्फो डेभलपर्स प्रालि उत्पादन गरेको एमपावर नामको माइक्रोफाइनान्स बैंकिङ अटोमेशन सफ्टवेयर स्वाबलम्बनले पनि प्रयोग गर्ने भएको छ । हाल नेपालका २५ भन्दा बढी लघुवित्त संस्थाहरुले यो सफ्टवेयर प्रयोग गर्दै आएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फोडेभलपर्स प्रालिबीच सफ्टवसम्झौता भयो । सम्झौतामा स्वाबलम्बनका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फोडेभलपर्स प्रालिबीच सफ्टवसम्झौता भयो ।

सम्झौतामा स्वाबलम्बनका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे ।

सो अवसरमा बोल्दै स्वाबलम्बनका प्रमुख कार्यकारी अधिकृत बस्यालले आफ्नो संस्थाले पनि प्रविधिमा आधारित भई लघुवित्त सेवा प्रदान गर्न सुरु गरेको बताए । उनले कोर बैकिङ सिस्टमका लागि खुला गरेको टेन्डर प्रक्रियाबाट स्वदेशी/विदेशी कम्पनीबीच प्रतिष्पर्धा भई इन्फोडेभलर्सको एमपावर सफ्टवेयर छानिएको र यस सफ्टवेयरमार्फत् थोरै समयमा धेरै काम छिटो छरितो गर्न सकिनेमा आफू विश्वस्त रहेको बताए ।

\"\"

इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत रघुवंशीले नेपालमै लघुवित्त संस्थाका लागि आवश्यक कोर बैंकिङ सिस्टम आफूहरुले उपलब्ध गराइरहेको बताए ।

१६ वर्षदेखि यही क्षेत्रमा सफ्टवेयर सोलुसन्स प्रदान गरेको उदाहरण दिदै उनले पछिल्लो समय केही समूह विदेशी सफ्टवेयर भित्र्याई नेपाली उत्पादनको अवमूल्यन गर्न लागिपरेको गुनासो गरे ।

सफ्टवेयरबारे थप जान्न  : https://www.infodev.com.np/info/solution

अपडेट

एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी

दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गरेको ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सनमा एनसेल बाहेक अरुको निवेदन नपरेपछि स्वतः सो फ्रिक्वेन्सी एनसेलले पाउने भएको छ ।…

कलर ओएस ६ सार्वजनिक रोचकफिचर्स र आकर्षक डिजाइन

चैत्र १३, काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ ।

विश्वका केहीबजारमा भरखरै स…

\'लिभिङ विथ आइसिटी\'का वार्षिक ग्राहकलाई १ लाखसम्मको दुर्घटना बिमा निशुल्क 

नेपालको सूचना प्रविधि विशेष एकमात्र म्यागजिन लिभिङ विथ आइसिटीको वार्षिक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक भएको छ । विगत ८ वर्षदेखि निरन्तर मासिक रुपम…

स्वीच अनले देशभर संजाल फैलाउदै

स्वीच अन एक विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानहरुको खुद्रा शोरुम हो जसले ग्राहकहरुलाई एउटै छानामुनी घरयासी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको…

स्मार्ट ड्राइभिङ लाइसेन्स : अत्यावश्यक भएकाले २४ घण्टामै पाउने

अत्यावश्यक भएका नागरिकले स्मार्ट ड्राइभिङ लाइसेन्स २४ घण्टामै पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले एक सूचना प्रकाशन गर्दै नेपालबाट विदेश जाने…

माइक्रोसफ्टले किन बन्द गर्न चाहन्छ विन्डोज ७ ?

काठमाडौं । सफ्टवेयर जायन्ट माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ७ बन्द गर्दै छ । २०२० को जनवरी १४ देखि विनडोज ७ का लागि सपोर्ट नगर्ने माइक्रोसफ्…

लगातार ४५ दिन पबजी खेलेका एक युवकको मृत्यु

लोकप्रिय अनलाइन भिडियो गेम पबजी खेलेर समस्यामा परेको विभिन्न रिपोर्टहरु आईरहेका छन् । हालै पबजी खेलेर एक जना प्लेयरको मृत्यु भएको समाचार सार्वजनिक भएको …

डेढ करोड सेवाग्राही सहित स्प्यारो एसएमएस दशौँ वर्षमा प्रवेश

मोबाईल मेसेजिङ सेवा मार्फत मानिसमाझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस आजदेखि नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले ड…

इन्स्टाग्रामबाट पनि अब अनलाईन सपिङ गर्न सकिने

काठमाडौं। इन्स्टाग्रामका  प्रयोगकर्ताले  अब इन्स्टाग्रामबाटै अनलाईन सपिङ गर्न सक्नेछन। सोसल …

कोरियन भाषा परीक्षाको फारम अनलाइन बाट भर्न सकिने

काठमाडौं। कोरियन भाषा परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएको छ। अनलाइनमार्फ…

युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगललाई तिरायो जरिवाना

काठमाडौं। युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगलमाथि १ अर्ब ६८ करोड अमेरिकि डलर जर…

अनलाइन सपिङको पेमेन्टको लागि सजिलो प्लाटफर्म \'एनपे\'

नेपालमा अनलाइन सपिङका साईटहरु धेरै छन । ति अनलाइन सपिङका साईटहरुबाट कुनै पनि चिज हरु खरिद गर्दा तपाईलाई  अनलाइन पेमेन्टको आवश्यकता पर्छ ।

‘खल्ती डिजिटल वालेट’ले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । अब देशभर…

सूचना प्रबिधि सम्बन्धि बिधेयकमा बिज्ञहरुको सुझाब, सामाजिक संजाल नेपालमा दर्ता हुनुपर्नेमा मन्त्रीको जोड 


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अग्रगामी परिबर्तन र नया प्रबिधिको प्रयोग बढाउने तर दुरुपयोग रोक्ने हिसाबले नया सूचना प्रबिधि …

दर्ता नगरी सञ्चालन भएका सामाजिक सञ्जाल बन्द गर्नुपर्छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालमा दर्ता नगरी सञ्चालन भएका सामाजिक सञ्जाल बन्द गरिनुपर्ने बताएका छन्…