कीवर्डहरू -

फ्लाइट मोडका ५ उपयोगी फाइदा : ब्याट्री बचतदेखि ध्यान केन्द्रित गर्नसम्म

फ्लाइट मोडका ५ उपयोगी फाइदा : ब्याट्री बचतदेखि ध्यान केन्द्रित गर्नसम्म

काठमाडौं । मोबाइल फोनमा ‘फ्लाइट मोड’ वा ‘एयरप्लेन मोड’ एउटा यस्तो सुविधा हो जुन धेरैले प्रायः मात्र हवाई यात्रा गर्दा प्रयोग गर्छन् । यो मोडले सबै वायरलेस कनेक्शनहरू अस्थायी रूपमा बन्द गर्छ, जस्तै मोबाइल नेटवर्क, वाई-फाई र ब्लुटुथ जसले गर्दा विमानको नेभिगेसन प्रणालीमा कुनै बाधा नहोस् ।

तर थोरैलाई मात्र थाहा छ कि फ्लाइट मोड प्रयोग केवल उडानमा मात्र सीमित छैन । यो सुविधा तपाईंको दैनिक जीवनलाई पनि सजिलो बनाउन सक्छ । यहाँ फ्लाइट मोडका पाँच उपयोगी तरिका दिइएको छ, जुन तपाईँका दैनिकीमा काम लाग्न सक्छन् ।

ब्याट्री बचाउने स्मार्ट तरिका
जब नेटवर्क कमजोर हुन्छ, फोन निरन्तर सिग्नल खोज्दै गर्दा ब्याट्री छिट्टै खाँदै जान्छ । फ्लाइट मोड अन गर्दा त्यो खोज बन्द हुन्छ र फोनको ब्याट्री दीर्घकालसम्म टिक्छ ।

छिटो चार्ज गर्न (फास्ट चार्जिङ)
यदि तपाईँ चाहनुहुन्छ फोन छिटो चार्ज होस् भने चार्जिङअघि फ्लाइट मोड अन गर्नुस् । यसले नेटवर्क गतिविधि रोक्छ र फोन करिब २०–२५ प्रतिशत छिटो चार्ज हुन सक्छ ।

बच्चाहरुका लागि सुरक्षित मोड
जब तपाईँ बच्चालाई फोनमा गेम वा भिडियो देखाउन दिनुहुन्छ, फ्लाइट मोड अन राख्नु राम्रो हुन्छ । यसले इन्टरनेट बन्द गर्दछ र बच्चाले कुनै साइट वा एप पहुँच गर्न सक्दैन ।

तातिन नदिन मद्दत गर्छ
कम नेटवर्क भएका स्थानमा फोन सिग्नल खोज्न तत्न थाल्छ । फ्लाइट मोडले त्यो प्रक्रिया रोक्छ र फोनको तापक्रम घट्छ, जसले ब्याट्रीलाई पनि लामो बनाउन सहयोग पुर्‍याउँछ ।

ध्यान केन्द्रित गर्ने उपयुक्त उपाय
पढाइ, काम वा ध्यान (मेडिटेसन) गर्दा पटक पटक आउने कल र नोटिफिकेशनले ध्यान भंग गर्छ । फ्लाइट मोड अन गरेर तपाईँ डिस्ट्र्याक्सन-फ्री वातावरण बनाउन सक्नुहुन्छ ।

के फ्लाइट मोडमा इन्टरनेट चलाउन सकिन्छ ?
हो, फ्लाइट मोड अन भएपनि तपाईँ म्यान्युअली वाई-फाई र ब्लुटुथ अन गर्न सक्नुहुन्छ । यसको अर्थ, मोबाइल नेटवर्क विना नै वाई-फाई मार्फत इन्टरनेट चलाउन र वायरलेस डिभाइसहरू जडान गर्न सकिन्छ ।