कीवर्डहरू -

नेपाल बैंकका सबै बैंकिङ सेवा सात घण्टा बन्द हुने

नेपाल बैंकका सबै बैंकिङ सेवा सात घण्टा बन्द हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी प्राविधिक कार्य गर्न आफ्ना सम्पूर्ण बैंकिङ सेवा सात घण्टाका लागि बन्द गर्ने भएको छ । बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार राति ११:३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६:३० बजेसम्म बैंकिङ सेवा अवरुद्ध रहनेछ ।

शाखा समायोजनका क्रममा तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) गर्नुपर्ने भएकाले निर्धारित समयमा सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ । प्राविधिक कार्य सम्पन्न भएपछि सबै बैंकिङ सेवा पुन: नियमित रूपमा सञ्चालनमा आउनेछन् ।

सेवा अवरुद्ध रहने अवधिमा ग्राहकले बैंकमार्फत उपलब्ध हुने नियमित बैंकिङ सेवा प्रयोग गर्न पाउने छैनन् । यसबाट आफ्नो कारोबार प्रभावित हुन नदिन बैंकले ग्राहकलाई सेवा बन्द हुनुअघि नै आवश्यक कारोबार सम्पन्न गर्न आग्रह गरेको छ ।

विशेष गरी शुक्रबार राति वा शनिबार बिहान बैंकिङ कारोबार गर्नुपर्ने ग्राहकलाई सेवा अवरुद्ध हुने समयलाई ध्यानमा राखेर आफ्नो कारोबारको योजना बनाउन बैंकले अनुरोध गरेको छ ।