कीवर्डहरू -

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिनमा परिवर्तन

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिनमा परिवर्तन

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ । कम्पनीका अनुसार ‘कम्बो २९९’ प्याकको अवधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको थियो ।

सोहीअनुसार अन्य २८ दिने सबै प्याकेजहरू पनि वैशाख ११ गतेदेखि लागू हुने गरी केही मूल्य समायोजनसहित ३० दिन अवधिका बनाइएको एनटिसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।

यस परिवर्तनबाट ग्राहकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ । अब महिनामा एक पटक मात्रै रिचार्ज गर्दा पुग्ने भएकाले सेवा प्रयोग अझ सहज हुने कम्पनीको भनाइ छ । साथै, उही मूल्यमा दुई दिन थप सेवा पाउने भएकाले डेटा, भ्वाइस र एसएमएस प्रयोगमा ग्राहकलाई अतिरिक्त सु विधा प्राप्त हुनेछ ।

एनटिसीले यसलाई उपभोक्तामैत्री सुधारको रूपमा प्रस्तुत गरेको छ । यस्तो व्यवस्थाले खर्च व्यवस्थापनलाई सहज बनाउने र ग्राहक सन्तुष्टि बढाउने विश्वास गरिएको छ । साथै, यसले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धालाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।