कीवर्डहरू -

कुकीज र गोपनीयता: “एक्सेप्ट अल” क्लिक गर्नु अघि जान्नुपर्ने कुरा

कुकीज र गोपनीयता: “एक्सेप्ट अल” क्लिक गर्नु अघि जान्नुपर्ने कुरा

काठमाडौं । आजको डिजिटल युगमा इन्टरनेटमा हरेक कदममा तपाईँको जानकारी ट्र्याक गरिन्छ । त्यसै क्रममा कुकीज तपाईँको ब्राउज़िङ अनुभव र प्राइवेसी दुवैमा महत्वपूर्ण भूमिका खेल्छ । धेरै वेबसाइटमा बारम्बार देखिने कुकीज पपअप्सले प्रयोगकर्तालाई झर्को लाग्ने गर्दछ र प्राय: मानिसहरु बिना ध्यान दिई “एक्सेप्ट अल” मा क्लिक गरिदिन्छन् । 

कुकीज के हुन् ?

कुकीज साना फाइलहरू हुन् जसले वेबसाईटलाई तपाईँको फोन वा कम्प्युटरमा सुरक्षित गर्छन् । यी फाइलहरूले सम्झिराख्छन् कि तपाईँले साइटमा के गरिरहनुभएको छ, जस्तै लगइन जानकारी, शपिंगकार्टमा राखिएका सामान वा प्राथमिक भाषा सेटिङ । कुकीजले वेबसाइट प्रयोगलाई सहज बनाउँछ र विज्ञापनदाताहरूलाई तपाईँको अनलाइन गतिविधि ट्र्याक गर्न मद्दत गर्छन् जसले टार्गेटेड विज्ञापन देखाउँछ ।

ब्राउजरमा सामान्यतया निम्न प्रकारका कुकीज पाइन्छन्:

  • आवश्यक कुकीज : वेबसाइट चल्नका लागि अनिवार्य; कुकीजबिना यी साइट ठीकसँग काम गर्दैन ।

  • प्रिफरेन्स/सेटिङ कुकीज : तपाईँको भाषा, स्थान र अन्य प्राथमिकताहरू सम्झेर राख्छन् ।

  • एनालिटिक्स/डेटा सङ्कलन कुकीज : साइटमा तपाईँको व्यवहार ट्र्याक गर्छन् ।

  • विज्ञापन कुकीज : "तपाईँलाई फलो गरेर र तपाईँको रुचिअनुसार विज्ञापन देखाउने काम गर्छन् ।

कुकीज स्वीकार गर्ने कि नगराउने ?

“एक्सेप्ट अल” क्लिक गर्दा साइटले तपाईँलाई अधिक सहज अनुभव दिन्छ, सेटिङहरू याद रहन्छन् र बारम्बार पुनः सेट गर्नुपर्दैन । तर यसको नकारात्मक पक्ष यो हो कि कम्पनीहरू तपाईँको गतिविधि विस्तृत रूपमा ट्र्याक गर्छन् र तिनीहरूको विज्ञापन नेटवर्कमा जानकारी साझा हुन सक्छ ।

विपरीत रूपमा, “रिजेक्ट अल कुकीज” गर्दा तपाईँको गोपनीयता बढ्छ, तर साइटको अनुभव सीमित हुन सक्छ, केही सुविधा वा अनुकूलन काम नहुन सक्छ । यूरोपमा सन् २०१८ मा लागु भएका नयाँ नियमका कारण यस्ता कुकीज पप-अपहरू व्यापक रूपमा देखिन थालेका हुन् । केही कुकीजहरू तपाईँले रिजेक्ट गर्न नपाउने अवस्थामा पनि हुन्छन्, ती प्राय: साइटका आधारभूत कार्यका लागि आवश्यक हुन्छन् ।

गोपनीयता र सुविधा बीच सन्तुलन कसरी गर्ने ?

कुकीजलाई पूर्ण रूपमा नराम्रो मान्नु उपयुक्त छैन, समझदारीपूर्वक छनोट गरिएमा यी धेरै फाइदाजनक हुन सक्छन् ।

  • केवल आवश्यक कुकीज स्वीकार गर्नुहोस्; अन्यलाई ब्लक वा रिजेक्ट गर्नुहोस् ।

  • साइटले कस्तो डाटा संकलन गर्छ भनी कुकी पोलिसी पढ्नुहोस् ।

  • यदि वेबसाइटले रिजेक्ट गर्ने विकल्प नदिएमा त्यस्तो साइटमा व्यवहारिक निर्णय लिनुहोस्; अत्यावश्यक नभए प्रयोग नगर्नुस् ।

  • ब्राउजर सेटिङ्गहरूबाट कुकीज म्यानेज गर्न सिक्नुहोस् र समय–समयमा कुकीज क्लियर गर्नुहोस् ।

  • निजी/इन्कोग्निटो मोड वा ट्र्याकिङ-प्रोटेक्सन एक्सटेन्सन प्रयोग गर्न सकिन्छ ।

कुकीजले इन्टरनेट अनुभव सजिलो बनाउँछ तर यसले गोपनीयता जोखिम पनि ल्याउन सक्छ । त्यसैले “एक्सेप्ट अल”मा अन्धाधुन्द क्लिक गर्नुको सट्टा, केवल आवश्यक कुकीज स्वीकार गर्ने र बाँकीलाई नियन्त्रणमा राख्ने व्यवहार अपनाउन सुझाव दिइन्छ ।

यदि कुनै साइटले गोपनीयतालाई बेवास्ता गर्छ वा रिजेक्ट गर्ने विकल्प दिदैन् भने त्यस्तो साइटको प्रयोगबाट बच्न सकिन्छ, यसरी तपाईँ इन्टरनेटको सुविधालाई उपयोग गर्दै आफ्नो प्राइवेसी पनि सुरक्षित राख्न सक्नुहुन्छ ।