काठमाडौं । एभरेष्ट बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउण्टर तानसेन नपा ७ पाल्पामा खोलेको छ । बैंकले सेवा विस्तारको क्रममा भाद्र १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन ७ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
काउन्टरको उद्घाटन बैंकका सिईओ सुदेश खालिङ र लुम्बिनी मेडिकल कलेजका कार्यकारी निर्देशक डा. बलभद्र अधिकारीले संयुक्त रूपमा रिवन काटेर गरेका थिए । यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ ।
उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ ।
आईसीटी समाचार