कीवर्डहरू -

ग्राहकमैत्री डिजिटल सेवाका लागि ग्लोबल आईएमई बैंक सम्मानित

ग्राहकमैत्री डिजिटल सेवाका लागि ग्लोबल आईएमई बैंक सम्मानित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडलाई “बेष्ट म्यानेज्ड बैंक इन डिजिटल बैंकिङ ग्रोथ २०२६” अवार्डबाट सम्मानित गरिएको छ । काठमाडौंमा आयोजित १० औँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्स २०२६ मा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यो सम्मानले नवप्रवर्तन, ग्राहक केन्द्रित डिजिटल रूपान्तरण तथा देशभर र विदेशमा रहेका नेपाली ग्राहकका लागि सहज र पहुँचयोग्य बैंकिङ सेवा विस्तार गर्ने बैंकको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकले GlobalSmart+ जस्ता डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूको दैनिक जीवनशैलीसँग मेल खाने सेवाहरू समेट्दै बैंकिङ सेवालाई अझ आधुनिक र सहज बनाउँदै आएको छ ।

बैंकले यो उपलब्धिका लागि विश्वास र समर्थन प्रदान गर्ने सम्पूर्ण ग्राहक, सरोकारवाला, साझेदार तथा कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । बैंकले भविष्यमा पनि अझ स्मार्ट र डिजिटल रूपमा सशक्त नेपाल निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।