कीवर्डहरू -

होण्डाले आफ्ना ग्राहकका लागि नि:शुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

होण्डाले आफ्ना ग्राहकका लागि नि:शुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा (SRS AirbagInflator) देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न 'नि:शुल्क सेफ्टी रिकल अभियान' सञ्चालन गरिरहेको छ ।

यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन् । जसमा (सिटी),  (सिभिक),  (सि.आर–भि), (ज्याज),  (इन्साइट), (स्ट्रिम) र  (अकर्ड) कारहरू पर्दछन् ।

ग्राहकले आफ्नो गाडी यस रिकलअभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्नेछन् । यस अभियान अन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा नि:शुल्क गरिनेछ ।

यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकहरूलाई आफ्नो नजिकको होण्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ ।