कीवर्डहरू -

अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी २, मूल्य २ लाख ३९ हजार

अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी २, मूल्य २ लाख ३९ हजार

नेपालका लागि अनरको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले विश्व इन्नोभेसन दिवसको अवसर पारेर अहिलेसम्मकै पातलो र हलुका फ़ोल्डेबल अनर म्याजिक भी २ फाइभजी सार्वजनिक गरेको छ ।

यो अहिलेसम्मको सबैभन्दा पातलो तथा हल्का फोल्ड गर्न मिल्ने पुस्तक शैलीको स्मार्टफोन र विश्व इन्नोभेसन दिवसमा टेक्नोलोजी जगतलाई एउटा उत्कृष्ट उपहारको भएको कम्पनीले जनाएको छ ।
१० वर्षसम्म दिनको १०० पटक फोल्ड गर्दा पनि केही नहुने यसको निर्माण गरिएको अनरलको दावी छ । 

५००० एमएएचको ब्याट्री क्षमता र ६६ डब्ल्यू अनर सुपर चार्जलाई समर्थन रहेको छ । अनर म्याजिक भी २ मा फोल्डेबल ओलेड एलटीपीओ डिस्प्ले राखिएको छ । यसमा ५० मेगापिक्सेल मुख्य क्यामेरा (एफ/१.९), ५० मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा (एफ/२.०) र २० मेगापिक्सेल टेलिफोटो क्यामेरा (एफ/२.४) समावेश भएको ट्रिपल रियर क्यामेरा सेटअप समावेश छ ।

फ्रन्ट-फेसिङ डुअल क्यामेरा सेटअपमा दुई वटा १६ मेगापिक्सेल क्यामेरा (एफ/२.२) रहेका छन् र सिर्जनाकर्तालाई सहजै तस्वीर खिच्न र उत्पादन गर्न विभिन्न क्याप्चर मोडहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

फोनमा क्वालकमको स्न्यापड्रयागन ८ जेन २ र एन्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.२ द्वारा सञ्चालित छ । नेपालको अनर म्याजिक भी २ फोन १६ जीबी र्‍याम र ५१२ जीबी भेरियन्टमा उपलब्ध रहेको छ । फोन पर्पल र भेगन लेदर भएको ब्ल्याक गरी दुई सुन्दर रंगमा बजारमा उपलब्ध छन् ।

फोनको मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ । आकर्षक अफर र उपहारसहित मंगलबारदेखि देशभरि उपलब्ध भएको छ । लन्चिङ अफरहरू अर्ली बर्ड अफर, म्याजिक अफर र गो बियन्ड अफर गरी तीन प्रकारमा विभाजित छन् ।  

ग्राहकहरूले यी तीन अफरमध्ये आफ्नो लागि उपयुक्त एउटा अफर छान्न सक्नेछन् । अर्ली बर्ड अफरमा अनर एक्स ८ बी र अनर च्वाइस इयरबड्स एक्स ५ को निःशुल्क उपहार समावेश छ ।म्याजिक अफरमा अनर वाच ४, अनर च्वाइस इयरबड्स एक्स५ र योयोसो भौचर समावेश छ । त्यस्तै, गो बियन्ड अफरमा भेस्पाको छुट भौचर समावेश छ ।

ग्राहकहरूले यसलाई अफलाइन अधिकृत अनर स्टोरहरू र दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि किन्न सक्नेछन् । कम्पनीका अनुसार यो अफर ५ मे २०२४ सम्म लागु हुनेछ ।