कीवर्डहरू -

गुगल म्यापले सडकको ट्राफिक अवस्था कसरी पत्ता लगाउँछ ?

गुगल म्यापले सडकको ट्राफिक अवस्था कसरी पत्ता लगाउँछ ?

काठमाडौं । विज्ञानले मानिसको जीवनलाई सहज बनाएको छ । ठूला समस्याहरू जुन पहिले सामना गर्न धेरै गाह्रो हुन्थ्यो, अब इन्टरनेटको माध्यमले धेरै सजिलो बनाएको छ । यसले जनताको जीवनस्तर सहज बनाएको छ ।

गुगल म्याप एउटा यस्तो सुविधाजनक माध्यम हो । गुगल म्यापले कतै जान कति समय लाग्छ ? कुन बाटो जाम छ र कुन बाटो जानु राम्रो हुन्छ भन्ने कुरामा सहयोग गर्छ ।

गुगल म्याप के हो ?
गुगल म्याप इन्टरनेटमा आधारित सेवा हो जसको माध्यमबाट कुनै ठाउँको सही मार्ग, त्यो ठाउँ कहाँ छ र त्यहाँ पुग्न कति समय लाग्छ भन्ने जानकारी उपलब्ध हुन्छ ।

ट्राफिक जामको बारेमा जानकारी कसरी सङ्कलन गर्छ ?
आजकल प्राय जसो व्यक्तिहरूसँग मोबाइल छ । यस्तो अवस्थामा गुगलले सम्बन्धित स्थानको बारेमा जाँच गर्छ कि त्यहाँ कतिवटा मोबाइल छन् । यसले त्यो बाटोमा उनीहरूको प्रगतिको गति पनि पत्ता लगाउँछ ।

भिडभाड भएको ठाउँमा मोबाइलको संख्याका आधारमा मोबाइल चलाउने गतिले गाडीको गति देखाउँछ । त्यसैको आधारमा डाटा विश्लेषण गर्दा गुगलले कहाँ जाम छ र कहाँ बाटो स्पष्ट छ बताउँछ ।

आगमनको समय कसरी बताउँछ ?
गुगलले सम्बन्धित स्थानको रुट र त्यहाँ जाने मानिसको आगमन समय अहिलेको र पुरानो तथ्यांकका आधारमा उक्त स्थान पुग्ने सम्भावित समय अनुमान गर्छ । योसँगै उसले त्यहाँ जाम र जामको अवस्थाको पनि विश्लेषण गर्ने गर्छ ।