काठमाडौं । हरेक दिन पर्सनल लोन, क्रेडिट कार्ड, इन्स्योरेन्स, प्रोपर्टी, मेडिकल असिस्टेन्सजस्ता अनेक म्यासेजहरू फोनमा भरिन्छन् । कतिपय अवस्थामा त हैरान भएर नोटिफिकेशन नै बन्द गर्नुपर्ने हुन्छ । यस्ता म्यासेजबीच टेक्स्ट स्क्यामको पनि खतरा हुन्छ । म्यासेजमा ध्यान नदिँदा ठगी हुने आशंका रहन्छ ।
यससँग सम्बन्धित समाचारहरू पनि बारम्बार चर्चामा आउने गर्छन् । तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, फोनभित्रै लुकेका केही फिचर प्रयोग गरेर अनावश्यक म्यासेजलाई सजिलै फिल्टर गर्न सकिन्छ । धेरैजसो अवस्थामा म्यासेज वैध हो कि होइन भन्ने छुट्याउन गाह्रो हुन्छ । त्यसका लागि सुरक्षात्मक उपायका रूपमा यो फिचर प्रयोग गर्न सकिन्छ, जुन आइओएस र एन्ड्रोइड दुवै फोनमा हुन्छ ।
आइओएसका लागि
फोनको सेटिङ्समा गएर ‘एप्स’मा क्लिक गर्नुहोस् । त्यसपछि ‘म्यासेजेज’मा ट्याप गरेर स्क्रोल डाउन गर्नुहोस् । यहाँ ‘म्यासेज फिल्टरिङ’ सेक्शनलाई एनेबल गरिदिनुहोस् । यसपछि अनजान नम्बरबाट आएका म्यासेजहरू फिल्टर भएर बेग्लै फिल्टरमा जान्छन् ।
एन्ड्रोइड फोनका लागि
एन्ड्रोइड डिभाइसहरूमा गुगलले अनजान नम्बरबाट आएका म्यासेजलाई स्वतः ‘स्पाम’ वा ‘अननोन’ लेबल भएको फोल्डरमा राखिदिन्छ । यद्यपि, तपाईंले ‘स्पाम प्रोटेक्शन’ एनेबल गर्न सक्नुहुन्छ ।
यसका लागि फोनको सेटिङ्समा जानुहोस् । यहाँ ‘एप्स’को अप्शनमा क्लिक गर्नुहोस् । ‘म्यासेजेज’ एपमा गएर ‘नोटिफिकेशन्स’मा क्लिक गर्नुहोस् । यहाँ ‘स्पाम प्रोटेक्शन’लाई एनेबल गरिदिनुहोस् ।
आइफोन र एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध यी फिचरहरूको प्रयोग गरेर तपाईं आफैँलाई स्पामबाट सुरक्षित राख्न सक्नुहुन्छ । यससँगै आफ्नो डाटा पनि सुरक्षित रहन्छ ।
आईसीटी समाचार