कीवर्डहरू -

व्हाट्सएपको खाता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् सजिलो तरिका

व्हाट्सएपको खाता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् सजिलो तरिका

काठमाडौं । व्हाट्सएपमा Privacy Checkup नामक फिचर उपलब्ध छ । यस फिचरको उद्देश्य प्रयोगकर्तालाई आफ्ना गोपनीयतासम्बन्धी सेटिङहरू सजिलै हेर्न, बुझ्न र आवश्यकता अनुसार परिवर्तन गर्न सहज बनाउनु हो ।

Privacy Checkup मार्फत प्रयोगकर्ताले आफूले सेयर गर्ने जानकारी तथा अरूबाट प्राप्त हुने सन्देशमाथि थप नियन्त्रण राख्न सक्छन् । अज्ञात नम्बरबाट आउने कल म्यूट गर्न, Screen Lock सक्रिय गर्न, Two-Step Verification अन गर्न तथा अन्य सुरक्षा सेटिङहरू मिलाउन तलका चरणहरू अपनाउनुहोस् ।

अपरिचित नम्बरबाट आउने कल म्यूट गर्ने तरिका
- व्हाट्सएप खोल्नुहोस् र Settings मा जानुहोस् ।
- Privacy मा थिच्नुहोस् ।
- तल स्क्रोल गरेर Calls मा जानुहोस् ।
- Silence Unknown Callers विकल्पलाई ON गर्नुहोस् ।

स्क्रिन लक (Screen Lock) अन गर्ने तरिका
- व्हाट्सएप खोल्नुहोस् र Settings मा जानुहोस् ।
- Privacy मा थिच्नुहोस् ।
- तल स्क्रोल गरेर Screen Lock मा जानुहोस् ।
- Require Face ID (आइफोन) वा Unlock with Fingerprint (एन्ड्रोइड) विकल्पलाई ON गर्नुहोस् ।

व्हाट्सएप बन्द गरेपछि कति समयपछि पुन: लक हुने भन्ने समय पनि आफूअनुसार छनोट गर्न सक्नुहुन्छ ।

Two-Step Verification अन गर्ने तरिका
- व्हाट्सएप खोल्नुहोस् र Settings मा जानुहोस् ।
- Account > Two-Step Verification मा थिच्नुहोस् ।
- Enable मा थिच्नुहोस् ।
- ६ अङ्कको PIN राखेर Next मा थिच्नुहोस् ।
- आफ्नो इमेल ठेगाना राखेर Next मा थिच्नुहोस् ।
- इमेलमा प्राप्त भएको भेरिफिकेसन कोड प्रविष्ट गरी प्रक्रिया पूरा गर्नुहोस् ।

खातालाई अझ सुरक्षित र गोप्य राख्न उपयोगी अन्य सेटिङहरू
प्रोफाइल फोटो र स्टाटसको गोपनीयता

आफ्नो प्रोफाइल फोटो र स्टाटस सबैले, सम्पर्क सूचीमा भएका व्यक्तिले मात्र वा कसैले पनि नदेख्ने गरी सेट गर्न सकिन्छ ।

Read Receipts
तपाईंले म्यासेज पढ्नुभएको जानकारी (ब्लु टिक) अरूलाई देखाउने वा नदेखाउने विकल्प मिलाउन सकिन्छ ।

ग्रुपमा थप्ने अनुमति
आफूलाई कसले व्हाट्सएप ग्रुपमा थप्न पाउने भन्ने अनुमति Everyone, My Contacts वा My Contacts Except… मार्फत निर्धारण गर्न सकिन्छ ।

Disappearing Messages
म्यासेजहरू निश्चित समयपछि स्वत: मेटिने गरी Disappearing Messages सुविधा सक्रिय गर्न सकिन्छ ।

End-to-End Encrypted Backup
च्याट ब्याकअपलाई थप सुरक्षित बनाउन End-to-End Encrypted Backup अन गर्न सकिन्छ । यसले ब्याकअपमा रहेका डाटामा प्रयोगकर्ता बाहेक अरू कसैको पहुँच हुन दिँदैन ।

Block र Report
अनावश्यक सम्पर्क वा ग्रुपलाई Block गर्न तथा स्प्याम, ठगी वा दुर्व्यवहार गर्ने व्यक्तिलाई Report गर्न सकिन्छ ।