काठमाडौं । यदि तपाईं आइफोनमा स्क्रिनसँगै आफ्नै आवाज पनि रेकर्ड गर्न नजानेर हैरान हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । दोस्रो फोन प्रयोग गर्ने वा पछि छुट्टै आवाज थप्ने झन्झट अब अन्त भएको छ । एप्पलले आइफोनमै उपलब्ध गराएको सुविधाको प्रयोग गरेर अब एकै ट्यापमा स्क्रिन र आवाज दुवै एकसाथ रेकर्ड गर्न सकिन्छ ।
युट्युबका लागि ट्युटोरियल भिडियो बनाउन, साथीभाइलाई आइफोनको कुनै फिचर बुझाउन वा कुनै प्रक्रिया देखाउन स्क्रिन रेकर्डिङ निकै उपयोगी हुन्छ । यसबाट स्क्रिनसँगै आफ्नै आवाज पनि रेकर्ड गर्न सकिन्छ ।
आवाजसहित स्क्रिन रेकर्ड गर्ने सजिलो तरिका
- आइफोनको स्क्रिनमा माथिल्लो दायाँ कुनाबाट तलतिर स्वाइप गरेर Control Center खोल्नुहोस् ।
- Screen Recording को गोलो आइकनमा लङ प्रेस (Long Press) गर्नुहोस् ।
- तल देखिने Microphone आइकनमा थिचेर यसलाई ON (रातो) बनाउनुहोस् ।
- Start Recording मा थिच्नुहोस् ।
- ३ सेकेन्डपछि स्क्रिन र तपाईंको आवाज दुवै रेकर्ड हुन थाल्छ ।
याद राख्नुहोस् : रेकर्डिङ रोक्न स्क्रिनको माथि देखिने रातो पट्टी (Red Status Bar) मा थिचेर Stop गर्नुहोस् । रेकर्ड भएको भिडियो स्वत: Photos एपमा सेभ हुन्छ ।
यदि तपाईं स्क्रिन मात्र रेकर्ड गर्न चाहनुहुन्छ र आवाज रेकर्ड गर्न चाहनुहुन्न भने, पुन: Screen Recording को मेनुमा गएर Microphone बटनमा एक पटक थिची OFF गर्न सक्नुहुन्छ ।
आईसीटी समाचार