कीवर्डहरू -

विश्वकपको माहोलमा मोबाइलमाण्डुको ‘मेगा क्लियरेन्स सेल’, स्मार्टफोनदेखि टिभीसम्म आकर्षक छुट

विश्वकपको माहोलमा मोबाइलमाण्डुको ‘मेगा क्लियरेन्स सेल’, स्मार्टफोनदेखि टिभीसम्म आकर्षक छुट

काठमाडौं । विश्व फुटबलको उत्साहलाई लक्षित गर्दै मोबाइलमाण्डुले ‘मेगा क्लियरेन्स सेल’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार असार २२ गतेदेखि ३२ गतेसम्म सञ्चालन हुने अभियानमा स्मार्टफोन, टिभी, स्मार्टवाच, इयरबड्स, स्पिकर, होम अप्लायन्स, ट्याब्लेट, चार्जर तथा बालबालिकाका विभिन्न उत्पादनमा विशेष छुट उपलब्ध हुनेछ ।

कम्पनीले यस अवधिमा इयरफोन १०० रुपैयाँदेखि, वायरलेस इयरबड्स ५०० रुपैयाँदेखि, ब्लुटुथ स्पिकर ९९९ रुपैयाँदेखि, स्मार्टवाच ९९९ रुपैयाँदेखि तथा स्मार्टफोन पनि ९९९ रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध गराउने जनाएको छ । साथै, ग्राहकले १० हजार रुपैयाँसम्मका आकर्षक उपहार जित्ने अवसर पनि पाउनेछन् ।

मोबाइलमाण्डुले केही उत्पादनमा विशेष कम्बो अफर, वेबसाइटमार्फत खरिद गर्ने ग्राहकका लागि अतिरिक्त छुट तथा २,४९९ रुपैयाँभन्दा माथिको खरिदमा नि:शुल्क डेलिभरीको व्यवस्था गरेको जनाएको छ । कम्पनीले डाइकिन एसीमा विशेष अफर समेत ल्याएको छ ।

अभियानअन्तर्गत ब्ल्याकशार्क, अल्टिमा, ग्रेट एसिया, जेब्लेज, एन्कर, ओरामो, एन्ट्सी, हिट्ज, ओनिकुमा र बाभेनलगायतका ब्रान्डका उत्पादनमा पनि विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, कम्पनीले हिसेन्स स्मार्ट टिभी खरिद गर्ने ग्राहकका लागि ७५ हजार रुपैयाँसम्मको क्यासब्याक अफर उपलब्ध गराएको छ । कम्पनीका अनुसार उक्त अफरअन्तर्गत हिसेन्स टिभीमा अधिकतम २९ प्रतिशतसम्म छुटको सुविधा प्रदान गरिनेछ ।

मोबाइलमाण्डुले स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि निःशुल्क उपहारको व्यवस्था पनि गरेको छ । ३० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोन खरिद गर्दा मोबाइल स्ट्यान्ड, ३० हजारदेखि एक लाख रुपैयाँसम्मका स्मार्टफोन खरिद गर्दा एयरपड्स प्रो ९दोस्रो पुस्ता० तथा एक लाख रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन खरिद गर्दा एन्ट्सी एपी ०९६ पावर बैंक नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले उक्त अफर अनलाइनमार्फत कम्पनीको वेबसाइट वा काठमाडौंको तीनकुनेस्थित मोबाइलमाण्डु स्टोरबाट पनि प्राप्त गर्न सक्नेछन् ।