कीवर्डहरू -

राष्ट्रिय एआई नीति बनाउँदै सरकार

राष्ट्रिय एआई नीति बनाउँदै सरकार

सरकारले राष्ट्रिय एआई नीति ल्याउने भएको छ । बिहीबार राष्ट्रिय आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले राष्ट्रिय एआई नीति तर्जुमा गर्ने क्रममा रहेको बताएका थिए । 

‘नयाँ प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्रिय एआई नीति तर्जुमा गर्ने क्रममा रहेको छ,’ सचिव सुवेदीले भने । 

कार्यक्रममा बोल्दै सुवेदीले सूचना प्रविधिको क्षेत्रमा प्रशस्तै सम्भावना रहेकाले आगामी कार्यक्रम डिजिटल रूपान्तरणमा केन्द्रित हुने जानकारी दिएका थिए । 

केही समययता विश्वभर चर्चामा रहेको र सँगसँगै चुनौती समेत खडा गरेको प्रविधि ‘एआई’लाई नियमन गर्ने विषयमा आवाज उठिरहेको छ । विश्वका केही देशले एआई नियमन गर्ने तयारी अगाडि बढाइसकेका छन् । 

केही समय अगाडि युरोपियन युनियनले एआईलाई नियमन गर्ने कानुन संसदबाट पारित गरेको थियो । युरोपियन युनियनले विश्वमै पहिलो पटक एआईलाई नियमन गर्ने कानुन ल्याएको हो ।

यस बाहेक अमेरिका, चीन, भारत, ब्राजिल, इजरायल, इटाली, जापानी, युएई लगायतका देशले पनि एआईलाई नियमन गर्ने प्रक्रिया अगाडि बढाएका छन् । एआईको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन अब नेपाल सरकार पनि अगाडि बढेको छ । 

यो पनि पढ्नुहोस