काठमाडौं । विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए-सेवेन-प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
रेडमी ए-सेवेन-प्रो सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रंगमा उपलब्ध रहेको छ । यसमा ६.९ इन्चको एचडी डिस्प्ले र ८.१५ मिमी स्लिम बडी रहेको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ ।
साथै, १२० Hz सम्मको हाई रिफ्रेस रेट सपोर्ट भएकाले फोन सहज र स्मूथ रूपमा सञ्चालन हुन्छ । ८०० निट्स सुपर सनलाइट डिस्प्लेले घाममा पनि स्पष्ट दृश्य देखाउँछ भने DC डिमिङ प्रविधिले स्क्रिन फ्लिकर कम गरी आँखाको थकान घटाउन मद्दत गर्छ ।
यस स्मार्टफोनमा ६००० mAh क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म टिकाउ प्रयोग सुनिश्चित गर्छ । १५ वाट फास्ट चार्जिङ सपोर्टका कारण फोनलाई एक पटक चार्ज गर्दा करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिन्छ, जसले चार्जिङको झन्झटलाई निकै कम गर्छ ।
रेडमी ए-सेवेन-प्रो मा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । ठूलो सेन्सर तथा नाइट मोड सुविधाका कारण कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ ।
साथै, यसमा २०० प्रतिशतसम्मको भोल्युम बुस्ट सुविधा रहेको छ, जसले अझ सशक्त र इमर्सिभ अडियो अनुभव प्रदान गर्छ । Wet Touch Technology 2.0 का कारण भिजेका, तेल लागेको वा साबुन लागेको हातले समेत फोन सहज रूपमा सञ्चालन गर्न सकिन्छ ।
१२ nm प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोन ब्राउजिङ, भिडियो स्ट्रिमिङ, हल्का गेमिङ तथा मल्टिटास्किङका लागि प्रभावकारी र द्रुत छ । साथै, Xiaomi HyperOS 3 / UFS 2.2 स्टोरेज प्रविधिको संयोजनले एप लोडिङ तथा सिस्टमको कार्यसम्पादनलाई अझ स्मूथ बनाएको छ ।
रेडमी ए-सेवेन-प्रो मा ग्राहकको पूर्ण भरोसाका लागि २ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ भने २ टिबी सम्मको एक्सटेन्डेबल एक्स्टर्नल स्टोरेज सपोर्ट पनि रहेको छ । यो स्मार्टफोन ४ जिबी+६४ जिबी भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा रु. १७,९९९ तोकिएको छ ।
आईसीटी समाचार