कीवर्डहरू -

युरोपमा गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बन्यो ओमोडा

युरोपमा गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बन्यो ओमोडा

अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा, युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ । आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै ओमोडाले युरोपमा गाडी उत्पादन गर्न थालेको हो । 

अहिले विश्वभर विद्युतीय गाडीको प्रयोग बढ्दो छ । विभिन्न देशका सरकारले पनि विद्युतीय गाडीलाई प्रोत्साहन गरिरहेका छन् । गत १९ अप्रिलमा, स्पेनमा आयोजित उद्घाटन समारोहमा स्पेनका राष्ट्रपति ‘पेड्रो सान्चेज पेरेज-कास्टेजन’को प्रत्यक्ष्य उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्रि प्लान(योजना) सार्वजनिक गरिएको थियो ।

यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयुभि ओमोडा ई ५ को स्पेनिस बजारमा सार्वजनिक गरिएसँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।

केही समय अगाडि मात्रै अमोडा नेपाली बजारमा प्रवेश गरेको थियो । गत फेब्रुअरीमा ओमोडा ई फाइभ गाडी सार्वजनिक भएको थियो ।