कीवर्डहरू -

पावर बैंक किन्दा ध्यान दिनुपर्ने तीन मुख्य कुरा

पावर बैंक किन्दा ध्यान दिनुपर्ने तीन मुख्य कुरा

काठमाडौं । मोबाइल फोनमा निरन्तर निर्भरता भएपछि पावर बैंकले पनि हाम्रो जीवनमा प्रवेश पायो । यद्यपि अहिलेका स्मार्टफोनहरूमा तुलनात्मक रूपमा ठूला ब्याट्रीहरु उपलब्ध छन्, जसले पावर बैंकको आवश्यकता खासै धेरै हुँदैन ।

तर यात्राका क्रममा पावर बैंक अति आवश्यक हुन्छ । वर्तमान समयमा अधिकांश स्मार्टफोनमा औसत ५००० एमएएच क्षमताको ब्याट्री हुन्छ, जुन २४ घण्टा निरन्तर साथ दिन सक्दैन । यदि तपाईं पावर बैंक किन्न योजना बनाउँदै हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि अत्यावश्यक छ । यहाँ हामी तपाईंलाई पावर बैंक किन्दा कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने बताउने छौं ।

पावर बैंक किन्दा यसको क्षमता तपाईंको स्मार्टफोनको ब्याट्री क्षमताभन्दा कम्तीमा २.५ गुणा बढी भएको हुनुपर्ने छ । यसले फोनलाई छिटो चार्ज गर्नेछ । साथै पावर बैंकको ब्याट्री पनि लामो समयसम्म टिक्नेछ ।

तपाईंले आफ्नो स्मार्टफोनलाई धेरै पटक चार्ज गर्न सक्नुहुनेछ । पावर बैंक किन्दा त्यसमा कति एमएएच ब्याट्री छ भनेर अवश्यै जाँच गर्नुहोस् । न्यूनतम १०,००० एमएएच क्षमताको पावर बैंक लिनु उत्तम हुन्छ ।

यूएसबी चार्जिङ

पावर बैंकको यूएसबी चार्जिङ क्षमता पनि जाँच्नुहोस् । बजारमा रहेका पुराना पावर बैंकहरू केवल आफूसँगै आएको यूएसबी केबलमार्फतै काम गर्छन् । यस्तो पावर बैंकले तपाईंको एन्ड्रोइड फोन चार्ज गर्न झन्झटिलो बनाउने हुनाले यस्ता पावर बैंकहरूबाट बच्नुहोस् ।

डिभाइसको संख्या अनुसार पावर बैंक लिने

आजकल कामकाजी व्यक्तिहरूको हातमा एकभन्दा बढी स्मार्टफोन हुन सक्छ । दुवै फोन चार्ज नभई बन्द हुन नदिनका लागि उच्च क्षमताको पावर बैंक किन्नुहोस् । यदि तपाईंको एक मात्रै डिभाइस छ भने कम क्षमताको पावर बैंक पनि उपयुक्त हुन्छ ।

आउटपुट भोल्टेज

पावर बैंक प्रयोग गर्दा यसको आउटपुट भोल्टेज तपाईंको फोन चार्जरको आउटपुट भोल्टेजसँग बराबर हुनुपर्छ । यदि बराबर भएन भने फोन चार्ज हुँदैन र फोन चार्जरबाट पावर बैंक पनि चार्ज गर्न सकिँदैन् । अतः पावर बैंकको आउटपुट भोल्टेज हरेक पल्ट जाँच्न नबिर्सनुहोस् ।