कीवर्डहरू -

टीभीएस मोटरले नेपालमा सार्वजनिक गर्‍यो नयाँ विद्युतीय स्कुटर ‘TVS Orbiter’

टीभीएस मोटरले नेपालमा सार्वजनिक गर्‍यो नयाँ विद्युतीय स्कुटर ‘TVS Orbiter’

काठमाडौं । TVS VENU समूहअन्तर्गतको तथा दुई र तीनपाङ्ग्रे सवारीसाधन उत्पादनमा विश्वव्यापी रूपमा परिचित TVS Motor Company (TVSM) ले नेपाली बजारमा आफ्नो नयाँ विद्युतीय स्कुटर TVS Orbiter सार्वजनिक गरेको छ । कम्पनीले यो स्कुटरसँगै अन्तर्राष्ट्रिय बजारमा विद्युतीय मोबिलिटीलाई प्रवर्द्धन गर्ने आफ्नो रणनीतिलाई थप सुदृढ बनाएको जनाएको छ ।

दैनिक सहरी यात्रालाई लक्षित गरी डिजाइन गरिएको TVS Orbiter मा ३.१ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जसले १५८ किलोमिटर (IDC) सम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज तथा सेग्मेन्टमै पहिलो १४ इन्चको फ्रन्ट ह्विल उपलब्ध गराइएको छ, जसले आरामदायी, सुरक्षित र सन्तुलित राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

TVS Orbiter मा एलईडी हेडलाइट, कलर LCD डिजिटल डिस्प्ले, इनकमिङ कल डिस्प्ले, मोबाइल एप कनेक्टिभिटी, ओभर–द–एयर (OTA) सफ्टवेयर अपडेट, टर्न-बाइ–टर्न नेभिगेसन तथा USB चार्जिङ पोर्ट जस्ता आधुनिक स्मार्ट फिचरहरू पनि समावेश गरिएको छ ।

सुरक्षालाई प्राथमिकता दिँदै स्कुटरमा जियोफेन्सिङ, टाइम फेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, दुर्घटना तथा स्कुटर ढलेको सूचना, चोरी र टोइङ अलर्ट, आपतकालीन सूचना, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट तथा रिजेनेरेटिभ ब्रेकिङ प्रणाली उपलब्ध गराइएको छ । यसमा Eco र Power गरी दुईवटा राइडिङ मोड पनि रहेका छन्, जसले आवश्यकता अनुसार कार्यसम्पादन र ऊर्जा दक्षताबीच छनोट गर्ने सुविधा दिन्छ ।

स्कुटर सार्वजनिक कार्यक्रममा TVS Motor Company का अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष Peyman Kargar ले नेपालमा TVS Orbiter को आगमनले दिगो यातायातलाई प्राथमिकता दिने बजारमा कम्पनीको विद्युतीय सवारी रणनीतिलाई थप मजबुत बनाउने बताए । उनका अनुसार कम्पनीले बदलिँदो ग्राहक आवश्यकता अनुरूप नवप्रवर्तन, उन्नत प्रविधि र दिगो मोबिलिटी समाधानमा निरन्तर लगानी गरिरहेको छ ।

त्यस्तै, कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय उपाध्यक्ष मधुप्रकाश सिहले TVS Orbiter लाई नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर व्यापक परीक्षण गरिएको जानकारी दिए । उनका अनुसार आधुनिक डिजाइन, उन्नत प्रविधि, उच्च कार्यसम्पादन र दैनिक प्रयोगको सहजतालाई ध्यानमा राखेर तयार गरिएको यो स्कुटरले नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले TVS iQube को सफलतापछि TVS Orbiter ले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले देशभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट खरिद तथा बिक्रीपछिको सेवा उपलब्ध गराइने बताए ।

कम्पनीका अनुसार TVS Orbiter मा ३.१ kWh ब्याट्री, १५८ किलोमिटर (IDC) रेन्ज, १४ इन्चको फ्रन्ट ह्विल, ३४ लिटर अन्डर–सिट स्टोरेज, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, Eco र Power राइडिङ मोड, रिजेनेरेटिभ ब्रेकिङ, मोबाइल एप कनेक्टिभिटी, OTA सफ्टवेयर अपडेट, टर्न–बाइ–टर्न नेभिगेसन, जियोफेन्सिङ, चोरी अलर्ट, लाइभ लोकेसन ट्र्याकिङ, USB चार्जिङ पोर्ट तथा LED लाइटिङ सिस्टम जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन् ।

जगदम्बा मोटर्स प्रालिको देशव्यापी बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत उपलब्ध हुने TVS Orbiter ले आधुनिक प्रविधि, आकर्षक डिजाइन, लामो रेन्ज र स्मार्ट कनेक्टिभिटीको संयोजनसहित नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा नयाँ विकल्पका रूपमा आफूलाई स्थापित गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।