कीवर्डहरू -

कुन मोडले बचाउँछ सबैभन्दा धेरै ब्याट्री ? जान्नुहोस् ब्याट्री बचाउने सबैभन्दा प्रभावकारी सेटिङ्स

कुन मोडले बचाउँछ सबैभन्दा धेरै ब्याट्री ? जान्नुहोस् ब्याट्री बचाउने सबैभन्दा प्रभावकारी सेटिङ्स

काठमाडौं । आजकल स्मार्टफोन हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । सोसल मिडियादेखि लिएर अफिसको काम होस् वा अनलाइन क्लास, धेरैजसो काम अब फोनमै निर्भर हुन थालेका छन् । यस्तो अवस्थामा सबैभन्दा ठूलो समस्या तब हुन्छ, जब मोबाइलको ब्याट्री छिट्टै सकिन थाल्छ ।

धेरै मानिसहरू ब्याट्री बचाउनका लागि फरक–फरक सेटिङ्स प्रयोग गर्छन् । तर प्रश्न यो हो कि आखिर कुन मोडले सबैभन्दा धेरै ब्याट्री बचाउँछ ? आउनुहोस्, आज यसबारे विस्तारमा जानौं...

ब्याट्री सेभिङ मोड

आजकल लगभग हरेक एन्ड्रोइड र आइफोनमा ब्याट्री सेभर वा लो पावर मोड पाइन्छ । यो मोड अन गर्ने बित्तिकै डिभाइसले ब्याकग्राउन्डमा चलिरहेका गैरजरुरी गतिविधिहरू धेरै कम गरिदिन्छ । साथै एप्स को अटो रिफ्रेस बन्द हुन्छ । त्यसैगरी स्क्रिनको ब्राइटनेस कम हुन्छ र प्रोसेसर को स्पीड पनि सीमित गरिन्छ । यसरी यो मोडले ब्याट्रीको खपत नियन्त्रण गर्न सबैभन्दा धेरै मद्दत गर्छ ।

डार्क मोड पनि उत्तम

त्यतिमात्र होइन, यदि तपाईंको फोनमा ओएलईडी वा एएमओएलईडी डिस्प्ले छ भने डार्क मोडले पनि ब्याट्री बचाउन धेरै मद्दत गर्न सक्छ । यस्तो अवस्थामा डार्क मोडले स्क्रिनका धेरै पिक्सलहरू अफ गरिदिन्छ । यसले कम पावर खर्च हुन्छ । रातको समयमा त यो मोड आँखाका लागि पनि राम्रो मानिन्छ ।

एयरप्लेन मोड

यदि तपाईंलाई केही समयसम्म कल वा इन्टरनेटको आवश्यकता छैन भने एयरप्लेन मोडले पनि ब्याट्री जोगाउन धेरै मद्दत गर्न सक्छ । यस मोडमा मोबाइल नेटवर्क, वाई-फाई र ब्लुटुथ जस्ता सेवा बन्द हुन्छन्, जसले गर्दा डिभाइसको ब्याट्री धेरै ढिलो खर्च हुन्छ । यात्रा गर्दा वा कमजोर नेटवर्क भएको क्षेत्रमा यो मोड निकै उपयोगी हुन सक्छ ।

कुन मोड सबैभन्दा राम्रो ?

यदि तपाईंलाई सामान्य प्रयोगका क्रममा ब्याट्री बचाउनु छ भने ब्याट्री सेभर मोड सबैभन्दा राम्रो विकल्प हो । तर अझ धेरै ब्याकअप चाहिएको छ भने एयरप्लेन मोड पनि प्रभावकारी हुन सक्छ । डिभाइसमा डार्क मोड र कम ब्राइटनेस राखेर पनि तपाईंले ब्याट्री बचाउन सक्नुहुन्छ ।