कीवर्डहरू -

बैंकिङ

बढ्दै मोबाइल बैंकिङ कारोबार, एक वर्षमै थपिए ३१ लाख बढी नयाँ प्रयोगकर्ता

एक वर्षमै ३१ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । गत वर्षको तुलनामा यस वर्ष ३१ लाख बढी नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हुन् । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार २०८० असोजसम्म २ करोड २२ लाख ८४ हजार ६२२ मोबाइल बैंकिङ प्रयोगकर्ता पुगेका छन् । 

२०७९ असोजसम्म १ करोड ९१ लाख २ हजार ६५२ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८० असोजसम्म आइपुग्दा ३१ लाख बढी थपिएर २ करोड २२ लाख ८४ हजार ६२२ पुगेका हुन् । 
राष्ट्र बैंकको तथ्यांक अनुसार १ वर्षसम्म (२०७९ असोजदेखि २०८० असोजसम्म) ३१ लाख ८१ हजार ९७० नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थप भएका छन् । 

पछिल्लो समय नगदमा हुने कारोबार डिजिटल माध्यमबाट हुँदै गइरहेको छ । नगदरहित अर्थतन्त्र बनाउने योजना अनुसार विभिन्न बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता दिएका छन् । 

राष्ट्र बैंकका अनुसार २०८० असोजसम्म मोबाइल बैंकिङबाट २ खर्ब ७७ अर्ब ८२ करोड ४० लाख कारोबार भएको छ । मोबाइल बैंकिङ प्रयोगकर्तासँगै कारोबारमा समेत उछाल देखिएको छ । 

मोबाइल बैंकिङबाट २०७९ असोजसम्म १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख कारोबार भएको थियो । एक वर्षको अवधिमा (२०७९ असोजदेखि २०८० असोजसम्म) मोबाइल बैंकिङबाट हुने कारोबार १ खर्ब १५ अर्ब बढीले वृद्धि भएको छ । 


 

बैंकिङ

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ…

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भि…