कीवर्डहरू -

बैंकिङ

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ परेका छन् ।

‘स्मार्ट टेलिकम प्रा.लि.’को अनुमतिपत्र रद्द भई नेपाल सरकारको नियन्त्रणमा रहेको सम्पत्तिलाई बेइमानीपूर्वक हानी नोक्सानी पुर्याएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट लुकिछिपी भागिरहेको अवस्थामा मिति २०८३/०१/२९ गते राति पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ ।

अनुसन्धानका अनुसार, स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेपछि सरकारको स्वामित्वमा आएका भौतिक संरचना र प्रणालीहरूलाई लिलामी प्रक्रियामार्फत सरकारी हक टुटाउने उद्देश्यले काम गरेको पाइएको छ । 

पाण्डे लोन रिकभरी कमिटिको अध्यक्षको हैसियतमा उक्त प्रक्रियामा संलग्न थिए । उनले प्रयोग गर्ने मोबाइल फोन स्विच अफ गरी फरार हुन खोज्दा प्रहरीले सवारी चेकजाँचको क्रममा उनलाई फेला पारेको थियो ।

यसका साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२/०६/०३ मा निकालेको लिलामी सूचनामा घरबहाल र विद्युत महसुल वापतको ४० करोड रुपैयाँ समेत कबोल गर्नुपर्ने शर्त राखेको देखिएको छ ।

बैंकले उक्त रकम लिएर पनि हालसम्म घरधनी र विद्युत महसुल नबुझाई ठगी गरेको भन्दै प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको छ । यस घटनामा संलग्न अन्य विषय र प्रमाणहरूका बारेमा ब्यूरोले थप खोजी गरिरहेको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।

बैंकिङ

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो क्यूआर भुक्तानी सेवामा अन्तर्राष्ट्रिय विस्तार गर्दै नयाँ सुविधा सुरु गर…

राष्ट्र बैंकको नयाँ नियम : एटीएमबाट पैसा निकाल्ने सीमा घट्यो, अब कति झिक्न पाइन्छ ?

 काठमाडौं । नगद कारोबारमा निर्भरता घटाउँदै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपा…

ग्लोबल आइएमई बैंकमा अब किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा क…

एनएमबि बैंकले ल्यायो दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड, कुनै पनि एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट …

ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी, अब एनबैंक एपबाटै बस र हवाई टिकट बुक गर्न मिल्ने

नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस ट्रिप टर्बो र अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडबीच रणनीतिक साझेदारी भएको छ…

एससिटीले ल्यायो ‘माई कार्ड’ सेवा, अब डेबिट कार्डमा आफ्नै फोटो राख्न सकिने

 भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्…

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो युनियन-पे कार्ड, ५ वर्षसम्म शुल्क नलाग्ने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकहरूका लागि 'एनआईएमबी युनियन-पे कार्ड' सेवा सञ्चालनमा ल्…

नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान

नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खा…

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि 'नेपालपे कार्ड' जारी गर्ने भएको छ। भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्दे…

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय …

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरू

एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आ…

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य

एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गर्ने भएको छ। नय…

एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा प्रयोगमा ल्यायो सजिलो डिजिटल भुक्तानी

एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै ‘एनएमबि सफ्ट पस&rsqu…

एनएमबि बैंकको सफ्टपोस सेवा सुरू, अब एन्ड्रोइड फोनलाई नै पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने

एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Soft POS) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । …

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालपे कार्डमा आवद्ध

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएल बीच एनपीएस - नेशनल कार्ड स्वीच (एनसीएस) तथा नेशनल/डोमेस्टिक कार्ड स्किम (नेपाल…