बैंकिङ
राष्ट्र बैंकको नयाँ नियम : अब मौखिक आदेशमै रोक्का हुन सक्छ बैंक खाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थाका लागि नयाँ व्यवस्था लागू गरेको छ । संशोधित एकीकृत निर्देशन, २०८२ अनुसार अब अनुसन्धान अधिकारीको मौखिक अनुरोधका आधारमा पनि शंकास्पद बैंक खाता अस्थायी रूपमा रोक्का गर्न सकिने भएको छ ।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै वित्तीय अपराधसँग जोडिएका खातामाथि तत्काल कदम चाल्न सकिने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार कुनै कसुरको अनुसन्धान गरिरहेका अधिकारी वा कानुन कार्यान्वयन गर्ने निकायले मौखिक वा लिखित रूपमा अनुरोध गरेमा बैंक तथा वित्तीय संस्थाले सम्बन्धित खाता अल्पकालीन अवधिका लागि रोक्का राख्नुपर्नेछ ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले २४ घण्टा, सातै दिन उपलब्ध हुने समन्वय संयन्त्र बनाउनुपर्नेछ । साथै, यस्ता विषयमा तत्काल सम्पर्क गर्न मिल्ने छुट्टै सम्पर्क नम्बर (डेडिकेटेड कन्ट्याक्ट नम्बर) आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले अनुसन्धान निकायबाट माग भएका विवरण पनि बैंक तथा वित्तीय संस्थाले ढिलाइ नगरी उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कुनै अपराध अनुसन्धान वा कानुनी कारबाहीका क्रममा आवश्यक पर्ने खाता विवरण तथा अन्य सूचनाहरू तत्काल उपलब्ध गराउनुपर्नेछ ।
केन्द्रीय बैंकले वित्तीय अपराध, ठगी, अवैध कारोबार तथा अन्य आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने बैंक खातामाथि छिटो नियन्त्रण कायम गर्न नयाँ व्यवस्था ल्याएको जनाएको छ ।
यसअघि खाता रोक्का गर्न औपचारिक प्रक्रियामा समय लाग्ने अवस्था रहेकोमा नयाँ व्यवस्थाले अनुसन्धान निकायलाई तत्काल कदम चाल्न सहज बनाउने अपेक्षा गरिएको छ ।
बैंकिङ
नेपाल बैंकको वेबसाइट अब अपांगतामैत्री
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवा सम्बन्धी व्यवस्थालाई …
लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयरबीच डिजिटल कर्जा सेवा सम्झौता
काठमाडौं । लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक- टीएसपी) बीच डिजिटल माध्यमबाट…
अब नेपाल-भारतमा पैसा पठाउन झन् सहज : एभरेष्ट बैंकद्वारा रियल-टाइम सेवा शुभारम्भ
काठमाडौं । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै एभरेष्ट बैंक लिमिटेडले आफ्…
राष्ट्रिय वाणिज्य बैंक ई-कमर्स कारोबारको लागि एनसीएचएलको ईएफटीमा आबद्ध
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले ई-कर्मस कारोवारमा 3…
एनआईसी एशिया बैंकले ग्राहकलाई भन्यो- 'खातामा प्यान र ईमेल तुरुन्त अद्यावधिक गर्नुहोस्'
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्…
साना व्यवसायलाई राहत : नेपाल राष्ट्र बैंकले बढायो डिजिटल कर्जाको पहुँच
काठमाडौं । अब लघु, साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन् । …
एनआईसी एशिया बैंक र EFIX Nepal बीच सम्झौता, डाउनपेमेन्ट बिनै स्मार्टफोन खरिद गर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको Authorized reseller…
सिटिजन्स बैंक र र्यापिडबीच सहकार्य : कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट बैंकिङ सुविधा
काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्…
एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । जेठ १…
डिजिटल युगमा वित्तीय सुरक्षा : मोबाइल नम्बर अद्यावधिक किन जरुरी ?
काठमाडौं । आजको डिजिटल युगमा बैंकिङ सेवा, मोबाइल वालेट र अनलाइन भुक्तानी प्रणाली हाम्रो दैनिक जीवनको अभिन्…
एनआईसी एशिया बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न, हकप्रद शेयर निष्कासनलाई स्वीकृति
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंको भद्रकाल…
बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउँदा अब उपहार पाइने
काठमाडौं । बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा उपहार पाइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबा…
राष्ट्र बैंकको निर्देशन : एटीएमदेखि मोबाइल बैंकिङसम्म अपाङ्गमैत्री सेवा अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अपाङ्गता भएका व्यक्तिमैत्री डिजिटल बैंकिङ सेवा स…
डिजिटल बैंकिङमा नयाँ फड्को, मोबाइल बैंकिङमार्फत भारतमा सहजै रकम पठाउन सकिने
काठमाडौं । नेपालबाट भारततर्फ पैसा पठाउने प्रक्रिया अब थप सहज बनेको छ । ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमा…
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा व…