बैंकिङ
कामना सेवा विकास बैंकले ल्यायो एआई सहायक ‘केएस मित्र’, अब डिजिटल माध्यमबाटै बैंकिङ सेवा
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित डिजिटल ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार केएस मित्रमार्फत ग्राहकले बैंकका सेवा तथा सुविधाबारे जानकारी लिनुका साथै खातासम्बन्धी जिज्ञासा राख्न, विभिन्न बैंकिङ सेवा अनुरोध गर्न र आफ्ना गुनासा दर्ता गराउन सक्नेछन् । यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क मित्र’ आइकन, [email protected] इमेल वा ९८५१४६००८५ नम्बरको ह्वाट्सएप प्रयोग गर्न सक्नेछन् ।
यो प्रणालीमार्फत ग्राहकले बैंकको शाखामा उपस्थित नभई शाखाको ठेगाना तथा सम्पर्क नम्बर, बैंकिङ सेवा तथा सुविधा, ब्याजदर, सेवा शुल्कलगायतका सामान्य जानकारी प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकको पहिचान तथा खाताको विवरण प्रमाणीकरण गरेपछि खातामा रहेको मौज्दात, कारोबार विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट र केवाईसीसम्बन्धी जानकारी समेत उपलब्ध हुने बैंकले जनाएको छ ।
केएस मित्रबाट खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेसासम्बन्धी विवरण परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने तथा त्यसको अवस्था बुझ्नेजस्ता सेवा पनि लिन सकिनेछ ।
बैंकका अनुसार ग्राहकले खोजेको जानकारी तत्काल उपलब्ध हुन नसकेमा प्रणालीले स्वचालित रूपमा टिकट सिर्जना गर्नेछ । यसबाट ग्राहकका जिज्ञासा, सेवा अनुरोध तथा गुनासोको अनुगमन गर्न र समाधान प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । केएस मित्रले ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बैंकको विश्वास छ ।
बैंकिङ
दसैँमा नक्कली उपहार र लिंकबाट ठगीको जोखिम, सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । दसैँमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको…
नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, एनबैंक एपबाटै आवेदन दिन सकिने
काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङलाई थप सहज र आधुनिक बनाउने उद्देश्यसहित ‘नबिल भर्चुअल क्…
गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कास्की जिल्लाको पोखरा…
नबिल बैंकको ४२ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्…
चाडपर्वमा साइबर ठगी रोक्न राष्ट्र बैंकको कडाइ, बैंकहरूमा २४ घण्टा निगरानी र फोकल पर्सन अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदामा हुन सक्ने विद्युतीय आर्थिक ठगी निय…
नौ ईआरपी कम्पनीसँग र्यापिडको साझेदारी, एउटै प्रणालीबाट बैंकिङ सेवा लिन सकिने
काठमाडौं । र्यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयरमा जोड्न नौवटा ईआरपी तथा बिज…
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
काठमाडौं । सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ । नेपाल फिन…
एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच सम्झौता, उपचार गराउँदा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य परीक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नया…
एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सञ्चालन
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरूका लागि नेपालमै पहिलो पटक Apple…
एभरेष्ट बैंकको ३२ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन…
नबिल बैंकद्वारा 'नबिल एसएसई फेलोसिप'को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समू…
डिजिटल वित्तीय सेवा विस्तारका लागि राष्ट्र बैंकले बनायो पाँच वर्षे फिनटेक रणनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विस्तारसँगै फिनटेक क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने…
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने
काठमाडौं । अब बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झट केही कम हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथ…
सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहज बनाउन सार्वजन…
बाढीपीडित ग्राहकलाई कागजातबिनै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । प्राकृतिक विपद्का कारण चेक, बैंक कार्ड, मोबाइल फोन तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात …