बैंकिङ
वित्तीय अपराध नियन्त्रणमा जोड, स्ट्यान्डर्ड चार्टर्ड र एफआईयू-नेपालद्वारा एकदिने कार्यशाला
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) सँगको सहकार्यमा ‘एफएटीएफ मापदण्डअनुसार एएमएल/सीएफटी/सीपीएफ अनुपालन प्रभावकारिता अभिवृद्धि’ विषयक एकदिने कार्यशाला आयोजना गरेको छ ।
काठमाडौंमा आयोजित उक्त कार्यशालामा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारसँग सम्बन्धित संस्था, बीमा कम्पनी, सहकारी तथा अन्य रिपोर्टिङ संस्थाका गरी १४० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालमा सम्पत्ति शुद्धीकरण (Anti-Money Laundering), आतंकवादी गतिविधिमा वित्तीय सहयोग नियन्त्रण (Countering the Financing of Terrorism) तथा विनाशकारी हतियारको विस्तारसम्बन्धी वित्तीय सहयोग नियन्त्रण (Countering Proliferation Financing) सम्बन्धी प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंकका भारत तथा दक्षिण एसियाका हेड अफ फाइनान्सियल क्राइम कम्प्लायन्स (एफसीसी) जयराम मङ्गलानी र एफसीसी इन्भेस्टिगेसन्स एण्ड रिस्क स्पेसलिस्ट जयेश कदमले प्रशिक्षण दिएका थिए ।
उनीहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा वित्तीय अपराधको जोखिम व्यवस्थापन, एएमएल/सीएफटी/सीपीएफ कार्यक्रमको प्रभावकारिता तथा उत्कृष्ट अभ्यासबारे प्रस्तुति दिएका थिए ।
कार्यशालामा नेपालले वित्तीय कार्यदल (FATF) अन्तर्गतको यात्रा, ग्रे सूची (Grey List) मा समावेश हुँदा पर्ने प्रभाव, अन्तर्राष्ट्रिय अनुभव तथा नेपाललाई ग्रे सूचीबाट बाहिर निकाल्न आवश्यक व्यावहारिक उपायबारे विस्तृत छलफल भएको थियो ।
कार्यक्रमलाई एफआईयू–नेपालका निर्देशक बासुदेव भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंकका हेड अफ फाइनान्सियल इन्स्टिच्युसन्स (जीसीएनए) हिमांशु ध्यानी तथा नेपालका हेड अफ फाइनान्सियल इन्स्टिच्युसन्स राजकमल बस्नेतले सम्बोधन गरेका थिए ।
उनीहरूले सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्य, जोखिममा आधारित सुपरिवेक्षण, प्रभावकारी अनुसन्धान, जवाफदेहिता तथा सामूहिक प्रयासमार्फत नेपालले एफएटीएफ कार्ययोजनाअन्तर्गत गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका राजकमल बस्नेतले वित्तीय अपराध नियन्त्रणका लागि सबै सरोकारवालाबीच सहकार्य, निरन्तर सिकाइ र साझा प्रतिबद्धता आवश्यक रहेको बताए । यस्ता कार्यक्रमले वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्नुका साथै नेपालको वित्तीय प्रणालीलाई थप पारदर्शी, विश्वसनीय र सुदृढ बनाउन योगदान पुग्ने उनको भनाइ थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ज्ञान आदान–प्रदान, क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायसँगको सहकार्यमार्फत नेपालको पारदर्शी र दिगो वित्तीय प्रणाली निर्माणमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।
बैंकिङ
एनएमबि बैंकको सेवा झन् स्मार्ट, नागरिक एपबाटै अनलाइन फाराम भर्न मिल्ने
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवा अझ सहज र छिटो उपलब्ध गराउने उद्देश्यले नेपाल सर…
नबिल बैंकको ४२ औँ वार्षिकोत्सव, ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिमार्फत भविष्यको बैंकिङ यात्रामा जोड
काठमाडौं । नेपालको अग्रणी निजी क्षेत्रको वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्थापनाको ४२ औँ वर्ष पूरा गरेको छ…
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु
काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका ला…
निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सह…
महिला उद्यमीका लागि सिद्धार्थ बैंकको विशेष योजना, १५ लाखसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्ने
काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले सिद्धा…
राष्ट्रिय वाणिज्य बैंकको नयाँ सुविधा, अब घरबाटै अनलाइनमार्फत कर्जा लिन सकिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकलाई कर्जा सेवा अझ सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यल…
सानिमा बैंकले थाल्यो भारत–नेपाल रियल टाइम पी२पी भुक्तानी सेवा
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै भारत-नेपाल रियल टाइम पर्सन टु पर्…
नेपाल बैंक एनपीएस-एनसीएस र नेपालपे कार्ड प्रणालीमा आवद्ध
काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल क्यिरिङ हाउस लिमिटेड (NCHL) बीच राष्ट्रिय भुक्तानी स्विच (National Pa…
एभरेस्ट बैंकको कारोबार एनसीएचएलको ईएफटी कार्ड स्विच मार्फत सुरु
काठमाडौं । एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ…
ग्लोबल आईएमई बैंकको नयाँ सुविधा : एक क्लिकमा खाता ब्लक गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्…
नबिल बैंक लगातार तेस्रो पटक ‘गोल्ड’सहित एकसाथ ३ अवार्डद्वारा सम्मानित
काठमाडौं । नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्र…
स्टार्टअप र साना व्यवसायका लागि ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन आह्वान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले देशमा उद्यमशीलताको विकास गर्ने तथा साना र मझौला उद्योगहरूलाई सहयोग …
सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत अब एसआईपी आवेदन गर्न सकिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट नियमित लगानीको सुविधा उपलब्ध …
राष्ट्र बैंकको नयाँ नियम : अब मौखिक आदेशमै रोक्का हुन सक्छ बैंक खाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थ…
एनआईसी एशिया बैंकको हकप्रद शेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकले २:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडल…