बैंकिङ
एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सुरु
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्ति सम्बन्धी सम्पूर्ण सूचनाबारे विस्तृत जानकारी समेटिएको छ । यसका लागि ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नम्बर तथा क्षेत्रफल सहित विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्णविवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी लिन आवश्यक भए सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, ईमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति र लिलाम बिक्री सम्बन्धी अन्य सूचना प्रकाशित गरिने बैंकले जनाएको छ ।
बैंकिङ
राष्ट्रिय वाणिज्य बैंक ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’मा आबद्ध
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच ‘नेसनल कार्ड स्विच ‘नेपा…
कर प्रणाली सहज बनाउन एनआईसी एशिया बैंकको सूचना : प्यान र ईमेल अपडेट अनिवार्य
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुर…
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो क्यूआर भुक्तानी सेवामा अन्तर्राष्ट्रिय विस्तार गर्दै नयाँ सुविधा सुरु गर…
राष्ट्र बैंकको नयाँ नियम : एटीएमबाट पैसा निकाल्ने सीमा घट्यो, अब कति झिक्न पाइन्छ ?
काठमाडौं । नगद कारोबारमा निर्भरता घटाउँदै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपा…
ग्लोबल आइएमई बैंकमा अब किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा क…
एनएमबि बैंकले ल्यायो दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड, कुनै पनि एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा
एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट …
ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी, अब एनबैंक एपबाटै बस र हवाई टिकट बुक गर्न मिल्ने
नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस ट्रिप टर्बो र अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडबीच रणनीतिक साझेदारी भएको छ…
एससिटीले ल्यायो ‘माई कार्ड’ सेवा, अब डेबिट कार्डमा आफ्नै फोटो राख्न सकिने
भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्…
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो युनियन-पे कार्ड, ५ वर्षसम्म शुल्क नलाग्ने
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकहरूका लागि 'एनआईएमबी युनियन-पे कार्ड' सेवा सञ्चालनमा ल्…
नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान
नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खा…
एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि 'नेपालपे कार्ड' जारी गर्ने भएको छ। भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्दे…
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय …
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरू
एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आ…
एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य
एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गर्ने भएको छ। नय…
एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा प्रयोगमा ल्यायो सजिलो डिजिटल भुक्तानी
एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै ‘एनएमबि सफ्ट पस&rsqu…